सातखीरा जिल्ला
सातखीरा बङ्गलादेशको दक्षिण-पश्चिम भागमा रहेको एक जिल्ला हो । यो जिल्ला खुल्ना विभागमा अवस्थित छ । यो जिल्लाले भारतको पश्चिम बङ्गाल राज्यसँग सिमान जोडिएको छ । यो जिल्ला बेतना नदिको किनारमा अवस्थित छ ।[१]
सातखीरा
সাতক্ষীরা | |
---|---|
निर्देशाङ्क: २२°२१′N ८९°०५′E / २२.३५°N ८९.०८°Eनिर्देशाङ्कहरू: २२°२१′N ८९°०५′E / २२.३५°N ८९.०८°E | |
देश | बङ्गलादेश |
विभाग | खुल्ना |
क्षेत्रफल | |
• जम्मा | ३,८१७.२९ किमी२ (१४७३.८६ वर्ग माइल) |
जनसङ्ख्या (२०१३) | |
• जम्मा | २,०७९,८८४ |
• घनत्व | ५४०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
हुलाक अङ्क | ९४०० |
भूगोल
सम्पादन गर्नुहोस्अवस्थिति
सम्पादन गर्नुहोस्यो जिल्ला २१°३६' देखि २२°५४' उत्तर अक्षांश र ८९°५४' देखि ८९°२०' पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्य ३८५८.३३ वर्ग किलोमिटर ओगटेको छ । यस जिल्लालाई जशोर जिल्लाले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिणमा बङ्गालको खाडी रहेको छ । त्यस्तै गरी खुल्ना जिल्लाले पुर्वमा र भारतको पश्चिम बङ्गाल र चौबीस परगन जिल्लाले पश्चिमबाट घेरेको छ । यस जिल्लामा बेतना, इकमती, रायमङ्गल, बेतराबती आदि देशकै प्रमुख नदिहरू रहेका छन् ।
मौसम
सम्पादन गर्नुहोस्यस जिल्लामा वार्सिक अधिकतम तापक्रम ३५.५ डिग्री पुग्छ भने न्युनतम तापक्रम १२.५ डिग्री मापन गरिएको छ । यस जिल्लामा वार्सिक १७१० मिलिमिटर पानी पर्ने गरेको छ । उष्णकटिबंधीय मौसमहरूमा वर्षको हरेक महिनामा तापक्रम १८ डिग्री माथि पुग्छ भने मासिक अर्थको तापमान र सामान्यतया एक सुख्खा मौसम हुन्छ जसमा वर्षको ६० मिलिमिटर पानी पर्ने गरेको छ । [२]
सातखीराको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम औसत °से (°फे) | २५ (७७) |
२८ (८२) |
३३ (९१) |
३४ (९३) |
३४ (९३) |
३३ (९१) |
३१ (८७) |
३१ (८७) |
३२ (८९) |
३१ (८७) |
२९ (८४) |
२६ (७८) |
३० (८६) |
न्यूनतम औसत °से (°फे) | १२ (५३) |
१५ (५९) |
२० (६८) |
२४ (७५) |
२५ (७७) |
२६ (७८) |
२६ (७८) |
२५ (७७) |
२५ (७७) |
२३ (७३) |
१८ (६४) |
१३ (५५) |
२१ (६९) |
औसत वर्षा मिमी (इन्च) | ७.६ (०.३) |
२३ (०.९) |
३० (१.२) |
७१ (२.८) |
१४० (५.७) |
२९० (११.६) |
३५० (१३.९) |
३३० (१२.८) |
२७० (१०.५) |
१४० (५.६) |
२५ (१) |
७.६ (०.३) |
१,६९० (६६.५) |
स्रोत: वेदरबेस[३] |
अर्थतन्त्र
सम्पादन गर्नुहोस्सातखीरा जिल्लाको दक्षिण क्षेत्रमा बसोबास गर्ने जनसमुदायको प्रमुख पेशा माछापालन व्यवसाय हो । यस जिल्लामा विशेष गरी आँप, कटर, काफल, लिची, नरिवल, अम्बा, केरा आदि फलफूलहरूको उत्पादन हुने गरेको छ । यस जिल्लामा ८६ दूध सङ्कलन केन्द्र, ३२२ पोल्ट्रि फारम, ३०४६ मछा पालन गर्ने पोखरी, ६६ ह्याचरी, ३६५० झिङ्गे माछा पालन पोखर र एक गाईबस्तु पालन फारम रहेको छ । यस जिल्लाले दैनिक झिङ्गे माछा, गँहु, धान, जुट, लेदर समाग्री, कोदो आदिको निर्यात गर्दै आएको छ । यो जिल्लाले बङ्गलादेशको अर्थतन्त्रमा १८.५% योगदान दिँदै आएको छ ।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६२.५६% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.३३% मजदुरी, व्यापार र उद्योगमा १.५१%, वाणिाज्यमा १६.२३%, सञ्चार र यातायातमा ३.०३%, रेमिटेन्समा ०.३४%, सरकारी कार्यलयहरूमा ७.३२% ,धर्म सेवामा ०.१९% र अन्यमा ५.९४% रहेका छन् ।
रुचिको विषय
सम्पादन गर्नुहोस्सुन्दरवन यो जिल्लाको सबैभन्दा ठूलो कच्चा भूमिमा उव्जाउ हुने म्याग्रुफ जङ्गल हो जुन ५,७४७ वर्ग किलोमिटरमा फैलिएको छ ।
यस क्षेत्रमा विभिन्न प्राचीन धरोहर र पुराना मठ मन्दिर, मस्जिद, गुम्बा आदि रहेका छन् जस्तै-सुल्तानपुर साहि मस्जिद (५०० वर्ष पुरानो) । हाल यस क्षेत्रमा सबैभन्दा लोकप्रिय म्याङ्ग्रुफ वन कालीगञ्ज उप-जिल्लामा रहेको बसजहर जोहयोर वन हो । यो लोकप्रिय रूपमा बडाको वनको रूपमा चिनिन्छ । जोकर बान बङ्गलादेश र भारतीय सीमाको बीच घर्षणको कारण उत्पत्ति भएको थियो । यो प्राय यसको प्राकृतिक सौन्दर्यको लागि लोकप्रिय छ ।
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्ला कुल साक्षरता दर ४८.६८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.५२% छ भने महिलाको साक्षरता दर ५१.८४% रहेको छ । यस जिल्लामा एक मेडिकल कलेज, ७९ क्याम्पस, १ प्रथमीक शिक्षण विद्यालय, ४२१ उच्च माध्यमिक विद्यालय, ४१ माध्यमिक विद्यालय, ८२२ सरकारी प्रथमीक विद्यालयहरू रहेका छन् जसमध्ये सतखीरा सारकारी क्यामस, खान बहादुर क्याम्पस (१९९५), सतखीरा दिवा-रात्री क्याम्पस, सतखीरा सहर क्याम्पस आदी यहाँका उत्कृष्ट विद्यालयहरू हुन् ।
प्रशासनिक विभाजनहरू
सम्पादन गर्नुहोस्प्रशासनकी सतखीरा उप-विभाग सन् १८५१ मा जशोर जिल्लामा स्थापना गरिएको थियो । यो जिल्ला सन् १८८२ मा खुल्ना जिल्लामा सामेल थियो । सन् १९८४ मा सतखीरा उप-विभाग एक छुट्टै जिल्लामा परिणत भएको थियो त्यसपछि सतखीरा नगरपालिकाको सन् १८८९ मा स्थापना भएको थियो । यो जिल्ला बङ्गलादेशको दक्षिण-पश्चिमा पर्छ । यस जिल्लामा सातवटा उप-जिल्लाहरू रहेका छन् जसमध्ये श्यामनगर (१९६८.२४ वर्ग किलोमिटर) सबैभन्दा ठूलो उप-जिल्ला हो भने देबहाट (१७६.३३ वर्ग किलोमिटर) सबैभन्दा सानो उप-जिल्ला रूपमा रहेको छ । सतखीरा जिल्लामा हाल दुई नगरपालिका, सात उप-जिल्ला, ७९ सङ्घीय परिसद, ८ प्रहरी चौकी र १४३६ गाउँहरू रहेका छन् । [४]
डिजिटल सातखीरा
सम्पादन गर्नुहोस्सन् १९९४ मा यस जिल्लाका केही युवाहरूले व्यवसायीक हिसावले कम्प्युटर विषयमा तालीम केन्द्रको स्थापना गरे र त्यहाँबाट केही प्रतिभा तयार पारे जसले पछि अर्को कम्प्युटर व्यवसाय शुरु भयो र अन्ततः सातखीरा जिल्ला सञ्चार क्षेत्रमा एक ठूलो मञ्चको स्थापना भएको थियो । विस्तारै कम्प्युटरले सरकारी कार्यालय र बैङ्कमा अन्य मेसिनहरूको काम गर्न थाल्यो । त्यसको लगत्तै विभिन्न विद्यालय र क्याम्पसहरूमा कम्प्युटर विषयमा पठनपाठन सुरु भएको थियो । हाल यस जिल्लामा अधिक युवाहरू कम्प्युटरको व्यवसाय सुरु गरेका छन् ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "सातखीरा जिल्लाको जानकारी", बङ्गलापिडिया।
- ↑ मौसमी विवरण वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-२७ मिति
- ↑ "वेदरबेस डट कम", वेदरबेस, २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-१८ मिति ३० मे २०१३
- ↑ बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, २०११ सतखीरा