दीपेन्द्र सिंह ऐरी

(दिपेन्द्र सिंह ऐरीबाट अनुप्रेषित)

दीपेन्द्र सिंह ऐरी (जन्म: २०५७ साउन २८) एक नेपाली क्रिकेट खेलाडी हुन्।[][] अगस्ट २०१८ मा, उनी नेदरल्यान्ड विरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा खेल्ने एघार क्रिकेट खेलाडीहरू मध्येका एक थिए।[]चीनको हाङझोउमा भएको १९औँ एसियाली खेलकुदमा ऐरीले मङ्गोलिया विरुद्ध मात्र ९ बलमा टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका थिए।[] अप्रिल २०२४ मा, उनी एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरमा लगातार ६ छक्का प्रहार गर्ने टी-२० आईमा तेस्रो खेलाडी बनेका थिए। नेपालको उत्कृष्ट अलराउन्डरहरू मध्ये एक मानिएका उनी हाल आइसिसी पुरुष खेलाडी वरियता अनुसार विश्वको दोस्रो उत्कृष्ट टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर हुन्।[] उनको आक्रामक ब्याटिङ कौशलको लागि उनलाई "बाघ" संज्ञा दिइएको छ। उनी नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सको कप्तान समेत हुन्।[]

दीपेन्द्र सिंह ऐरी
व्यक्तिगत जानकारी
जन्म२०५७ साउन २८
तिलाचौर, महेन्द्रनगर, कञ्चनपुर
उचाई५ फिट ५ इन्च (१.६५ मी)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते अफ ब्रेक
भूमिकाअल-राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप )१ अगस्ट १०१८ v नेदरल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय४ नोभेम्बर २०२४ v स्कटल्यान्ड
टिट्वान्टी पहिलो खेल (क्याप १९)१९ जुलाई २०१८ v नेदरल्यान्ड
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय२० अक्टोबर २०१४ v अमेरिका
घरेलु टोली जानकारी
वर्षटिम
सन् २०१६पञ्चकन्या तेज
सन् २०१६-२०१८चितवन टाइगर्स
सन् २०१७-हालनेपाल पुलिस क्लब
सन् २०२२लुम्बिनी अल स्टार
सन् २०२३मोन्ट्रेयाल टाइगर्स
सन् २०२३–हालगल्फ जायन्ट्स
सन् २०२४–हालभ्यानकुभर नाइट्स
सन् २०२४–हालसुदूरपश्चिम रोयल्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता एकदिवसीय टिट्वान्टी प्रथम श्रेणी क वर्ग
खेल ६० ७४ ८१
कुल रन ९४८ १,७२५ १,४०४
ब्याटिङ औसत १८.९६ ३४.५० ०.५० २०.६४
१००/५० १/३ १/९ ०/० १/६
शीर्ष अङ्क १०५ ११०* १०५
कुल बल २०४८ ८३२ २,१५५
विकेट ३८ ४९ ४६
बलिङ औसत ३५.७८ १६.९३ ३२.६३
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट
उत्कृष्ट बलिङ ३/१८ ४/१८ ४/१४
क्याच/स्टम्प २९/– ३५/– ०/– ३५/–
स्रोत: क्रिकइन्फो, ९ नोभेम्बर २०२४
पदक कीर्तिमान

ऐरीले ११ मार्च २०१७ मा केन्या विरुद्ध मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको लागि क वर्गको लागि पहिलो खेल खेलेका थिए।[] यस भन्दा अगाडी उनी सन् २०१६ को अन्डर-१९ क्रिकेट विश्वकपका लागि नेपाली टोलीमा समावेश भएका थिए।[] सन् २०१७ को एसीसी अन्डर-१९ एसिया कपमा उनी नेपाली राष्ट्रिय अन्डर-१९ टोलीका कप्तान थिए। समूह 'क' को खेलमा भारतविरुद्ध ८८ रन बनाउनुका साथै ३९ रन खर्चेर ४ विकेट लिएका उनी खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए।[] उनले कुल रन १८५/८ मा पुर्‍याउनका लागि ८८ रन बनाएका थिए जहाँ उक्त खेलमा भारत विजेता बनेको थियो।[१०]


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Dipendra Singh Airee", ESPN Cricinfo, अन्तिम पहुँच ११ मार्च २०१७ 
  2. "Emerging Players to Watch Under 21: Part 1", Emerging Cricket, १६ अप्रिल २०२०, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  3. "Nepal Cricket Team Records & Stats | ESPNcricinfo.com", Cricinfo, अन्तिम पहुँच ४ अप्रिल २०२२ 
  4. "Nepal smash records with fastest century and fifty in men's T20Is", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-२७ 
  5. "Nepal's Airee makes history by smashing six sixes in an over", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-११-०९ 
  6. "नेपाल प्रिमियर लिग : दीपेन्द्र बने सुदूरपश्चिमको कप्तान", नयाँ सन्देश (नेपालीमा), अन्तिम पहुँच ११ असोज २०८१ 
  7. "ICC World Cricket League Championship, 35th Match: Nepal v Kenya at Kirtipur, Mar 11, 2017", ESPN Cricinfo, अन्तिम पहुँच ११ मार्च २०१७ 
  8. "All 16 squads confirmed for ICC U19 Cricket World Cup 2016", International Cricket Council, मूलबाट २८ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०१६ 
  9. "6th Match, Group A, Asian Cricket Council Under-19s Asia Cup at Kuala Lumpur, Nov 12 2017 - Match Summary - ESPNCricinfo", ESPNcricinfo, अन्तिम पहुँच ६ मार्च २०१८ 
  10. "Nepal upset India in Under-19 Asia Cup", १२ नोभेम्बर २०१७, अन्तिम पहुँच ६ मार्च २०१८ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्