दीपेन्द्र सिंह ऐरी
दीपेन्द्र सिंह ऐरी (जन्म: २०५७ साउन २८) एक नेपाली क्रिकेट खेलाडी हुन्।[१][२] अगस्ट २०१८ मा, उनी नेदरल्यान्ड विरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा खेल्ने एघार क्रिकेट खेलाडीहरू मध्येका एक थिए।[३]चीनको हाङझोउमा भएको १९औँ एसियाली खेलकुदमा ऐरीले मङ्गोलिया विरुद्ध मात्र ९ बलमा टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका थिए।[४] अप्रिल २०२४ मा, उनी एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरमा लगातार ६ छक्का प्रहार गर्ने टी-२० आईमा तेस्रो खेलाडी बनेका थिए। नेपालको उत्कृष्ट अलराउन्डरहरू मध्ये एक मानिएका उनी हाल आइसिसी पुरुष खेलाडी वरियता अनुसार विश्वको दोस्रो उत्कृष्ट टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर हुन्।[५] उनको आक्रामक ब्याटिङ कौशलको लागि उनलाई "बाघ" संज्ञा दिइएको छ। उनी नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सको कप्तान समेत हुन्।[६]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म | २०५७ साउन २८ तिलाचौर, महेन्द्रनगर, कञ्चनपुर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट ५ इन्च (१.६५ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ-हाते अफ ब्रेक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अल-राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप २) | १ अगस्ट १०१८ v नेदरल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ४ नोभेम्बर २०२४ v स्कटल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप १९) | १९ जुलाई २०१८ v नेदरल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २० अक्टोबर २०१४ v अमेरिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०१६ | पञ्चकन्या तेज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०१६-२०१८ | चितवन टाइगर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०१७-हाल | नेपाल पुलिस क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०२२ | लुम्बिनी अल स्टार | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०२३ | मोन्ट्रेयाल टाइगर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०२३–हाल | गल्फ जायन्ट्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०२४–हाल | भ्यानकुभर नाइट्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन् २०२४–हाल | सुदूरपश्चिम रोयल्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ९ नोभेम्बर २०२४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
|
खेल जीवन
सम्पादन गर्नुहोस्ऐरीले ११ मार्च २०१७ मा केन्या विरुद्ध मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको लागि क वर्गको लागि पहिलो खेल खेलेका थिए।[७] यस भन्दा अगाडी उनी सन् २०१६ को अन्डर-१९ क्रिकेट विश्वकपका लागि नेपाली टोलीमा समावेश भएका थिए।[८] सन् २०१७ को एसीसी अन्डर-१९ एसिया कपमा उनी नेपाली राष्ट्रिय अन्डर-१९ टोलीका कप्तान थिए। समूह 'क' को खेलमा भारतविरुद्ध ८८ रन बनाउनुका साथै ३९ रन खर्चेर ४ विकेट लिएका उनी खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए।[९] उनले कुल रन १८५/८ मा पुर्याउनका लागि ८८ रन बनाएका थिए जहाँ उक्त खेलमा भारत विजेता बनेको थियो।[१०]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Dipendra Singh Airee", ESPN Cricinfo, अन्तिम पहुँच ११ मार्च २०१७।
- ↑ "Emerging Players to Watch Under 21: Part 1", Emerging Cricket, १६ अप्रिल २०२०, अन्तिम पहुँच १७ अप्रिल २०२०।
- ↑ "Nepal Cricket Team Records & Stats | ESPNcricinfo.com", Cricinfo, अन्तिम पहुँच ४ अप्रिल २०२२।
- ↑ "Nepal smash records with fastest century and fifty in men's T20Is", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-२७।
- ↑ "Nepal's Airee makes history by smashing six sixes in an over", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-११-०९।
- ↑ "नेपाल प्रिमियर लिग : दीपेन्द्र बने सुदूरपश्चिमको कप्तान", नयाँ सन्देश (नेपालीमा), अन्तिम पहुँच ११ असोज २०८१।
- ↑ "ICC World Cricket League Championship, 35th Match: Nepal v Kenya at Kirtipur, Mar 11, 2017", ESPN Cricinfo, अन्तिम पहुँच ११ मार्च २०१७।
- ↑ "All 16 squads confirmed for ICC U19 Cricket World Cup 2016", International Cricket Council, मूलबाट २८ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०१६।
- ↑ "6th Match, Group A, Asian Cricket Council Under-19s Asia Cup at Kuala Lumpur, Nov 12 2017 - Match Summary - ESPNCricinfo", ESPNcricinfo, अन्तिम पहुँच ६ मार्च २०१८।
- ↑ "Nepal upset India in Under-19 Asia Cup", १२ नोभेम्बर २०१७, अन्तिम पहुँच ६ मार्च २०१८।