थुरगाभा
थुरगाभा दक्षिणपूर्वी एसिया तथा उत्तरपूर्वी दक्षिण एसियामा पाइने सुनगाभाको प्रजातिको वनस्पति हो। यसलाई बगैँचामा लगाउने फूलको रूपमा खेती पनि गरिन्छ।
थुरगाभा | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | एकदलीय वनस्पति |
गण: | एस्पारागेल्स |
परिवार: | अर्किडेसिया |
जनजाति: | एरेथुसिया |
वंश: | सियोजाइन Lindl. (1830) |
प्रजाति: | C. flaccida
|
वैज्ञानिक नाम | |
Coelogyne flaccida Lindl. (1830) | |
पर्याय | |
|
विबरण
सम्पादन गर्नुहोस्थुरगाभा सेतो रङ्गको फूल फुल्ने झाँगिने वनस्पति हो। यसको पात २५ देखि ३० सेन्टिमिटर लामो तथा ६ सेन्टिमिटर चौडा पात हुन्छ।
वितरण
सम्पादन गर्नुहोस्थुरगाभा नेपाल, उत्तर भारत, भुटान, चीन (युनान देखि पश्चिमी ग्वाङ्सीसम्म) तथा म्यानमारको हिमाली क्षेत्रमा पाइन्छ। । यो वनस्पति समुन्द्र सतहबाट १००० देखि १८०० मिटरको उचाइका जङ्गलका रूखहरूमा वा चट्टानहरूमा हुर्कन्छन्।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Pridgeon, A.M., Cribb, P.J., Chase, M.A. & Rasmussen, F. eds.. Genera Orchidacearum vol. 4 - Epidendroideae (Part 1). Oxford Univ. Press (2006) आइएसबिएन ९७८०१९८५०७१२३.