हिन्दु धर्मशास्त्रका मुख्य चार भाग श्रुति, स्मृति, पुराणतन्त्रमध्ये तन्त्र जानेको वा यसमा विशिष्टता हासिल गरेको व्यक्तिलाई तान्त्रिक भनिन्छ । तन्त्रलाई शास्त्रमा पञ्चमवेदको संज्ञा पनि दिइएको छ। तन्त्रशास्त्र (कतैकतै मन्त्रशास्त्र पनि भनिएको)को साधना वा अभ्यास जसले गर्छ, उसलाई तान्त्रिक भनिएको छ ।[] यो हिन्दुबौद्ध धर्मको एक आध्यात्मिक परम्परा पनि हो । लिच्छवि कालमल्ल कालमा तन्त्रविद्याका माध्यमद्वारा तान्त्रिकहरूले सानादेखि ठूला महत्त्वपूर्ण कार्यहरू सम्पन्न गर्दथे । धेरै मन्दिरहरूको स्थापना र देवी नाचहरूसमेत तान्त्रिक साधनामार्फत् अलौकिक तवरमा गराएका कथाहरू प्रचलनमा छन् । पहिलेपहिलेका राजाहरू धेरै नै धार्मिक एवं तन्त्रमा विश्वास गरेर देवताको स्थापना गरेको देखिन्छ । कतिपय राजा आफैंले तान्त्रिक सिद्धि प्राप्त गरेका थिए ।[] तान्त्रिकहरूले यही तन्त्रविद्याकै सहारामा यौन आनन्द लिन्थे पनि भनिन्छ । नेपालका शान्तिकराचार्य, वन्धुदत्त आचाजु, लम्बकर्ण भट्ट, जामनः गुभाःजुजस्ता तान्त्रिकले देवताका उपासना गरेर देवतालाई आफ्नो वशमा राखेर विभिन्न किसिमका काम लिन सफल भएको पनि मानिन्छ ।[][]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्