स्मृतिको अर्थ हो स्मरण योग्य । वेदमा निहित आचार–विचार–पद्धतिहरू सम्झेर मनु आदि महर्षिहरूले स्मृति नामले चिनिने धर्मशास्त्र रचेका छन्् । वैदिक सिद्धान्तको व्याख्या सरल लौकिक संस्कृत भाषामा प्रस्तुत गर्ने हुदा स्मृतिहरू वैदिक धर्मका व्याख्याता ग्रन्थहरू हुन् । यही कुरा महाकवि कालिदासले प्रस्ट्याएका छन् ।[] नारदस्मृतिमा भनिएंको छ– वार्ता र दण्डनीतिको विवेकशील प्रयोग गर्ने राज्य व्यवस्थामा जनता सुखी र सम्पन्न हुन्छन् ।[] नारदले रचना गरेको यो ग्रन्थ विश्वको सर्वाधिक प्राचीन लिखित कानुनको उदाहरण मानिन्छ । राजा जयस्थिति मल्लले गरेको नेवारी यसको अनुवाद समेत विश्वमा सबभन्दा पुरानो लिखित विधानको उदाहरण हो ।[] स्मृतिहरु वेद जस्तो अकाट्य र अनुल्लङ्घ्य मानिंदैन । किनभने स्मृतिहरूमा निरन्तर संशोधन हुने गरेका छन् । स्मृतिहरुमध्ये मनुस्मृति निकै महत्त्वपूर्ण र पुरानो हो तर यसलाई सर्वमान्य नमानेर नै अन्य स्मृतिहरूको रचना गरिएको छ । डा. टीकाराम पन्गीले शंख र लिखितका स्मृतिहरूको उद्दरण दिंदै भनेका छन् यी स्मृतिहरु रापती नदीको किनारमा लेखिएका हुन् ।[] आचार्य चण्डेश्वरको राजनीतिरत्नकर यिनै स्मृतिहरूमा आधारित रहेर रचना गरिएको ग्रन्थ हो । [] मनुले श्रुति तथा स्मृति महत्तालाई समान मानेकाछन्। गौतम ऋषिले पनि यही भनेकाछनः ‘वेदो धर्ममूल तद्धिदां च स्मृतिशीले। हरदत्तले गौतमको व्खाख्या गर्दै भनेकाछन् : स्मृतिको अभिप्राय हुन्छ मनुस्मृतिसित। परन्तु उनको यो व्याख्या उचित भएन किनभनें स्मृति र शील यी शब्दहरूको प्रयोग स्रोतका रूपमा गरिएकोछ, कुनै विशिष्ट स्मृति ग्रन्थ वा शीलको निम्ति होइन। स्मृतिको अभिप्राय हो वेदविदहरूको स्मरण शक्तिमा परेका ती रूढि र परम्पराहरू जसको उल्लेख वैदिक साहित्यमा गरिएकै छैन तथा शीलको अभिप्राय हुन्छ ती विद्वानहरूको व्यवहार तथा आचारमा देखापर्ने प्रमाणहरूसित। र पनि आपस्तम्बले आफ्नो धर्म-सूत्रको प्रारम्भमा नैं भनेकाछन् ‘धर्मज्ञसमयः प्रमाणं वेदाश्च’। अर्थ र धर्मको फल बताउने सन्दर्भमा पुराणहरूले पनि स्मृतिकै अनुसरण गर्दछन् । यसै कारण प्रत्येक संस्कार, पर्व, यज्ञादि कर्महरूमा संकल्प गर्दा श्रुतिस्मृतिपुराणोक्तफलप्रीत्यर्थम् भन्ने गरिन्छ । []

स्मृतिहरूको रचना वेदहरूको रचनाको धेरै पछि लगभग ५०० ईसा पूर्वमा भएको हो। छैंटौं शताब्दी ई.पू.भन्दा पहिला सामाजिक धर्म वेद एवं वैदिक-कालीन व्यवहार तथा परम्पराहरूमाथि आधारित थियो। आपस्तम्ब धर्म-सूत्रको प्रारम्भमा भनिएकोछ कि यसका नियम समयाचारिक धर्मका आधारमा आधारित छन्। समयाचारिक धर्मको अभिप्राय हो सामाजिक परम्परा। सबै सामाजिक परम्पराको महत्त्व यसकारण थियो कि धर्मशास्त्रहरूको रचना लगभग १००० ई.पू.भन्दा पछि भएको हो। पछि शिष्टहरूको स्मृतिमा परेका परम्परागत व्यवहारहरूको सङ्कलन स्मृति ग्रन्थहरूमा ऋषिहरूद्वारा गरियो। यसको मान्यता समाजमा यसकारण स्वीकार गरियो कि जुन कुराहरू त्यसबेलासम्म लिखित थिएनन् केवल परम्परामा नै त्यसको स्वरूप जीवित थियो, अब भनें लिखित रूपमा सामुन्ने आयो। शिष्टहरूको स्मृतिहरूबाट संकलित यी परम्पराहरूका पुस्तकीकृत स्वरूपको नाम स्मृति राखियो। पछि गएर स्मृतिको क्षेत्र व्यापक भयो। यसको सीमामा विभिन्न धार्मिक ग्रन्थहरू—गीता, महाभारत, विष्णुसहस्रनामको पनि गणना हुन थाल्यो। शंकराचार्यले यी सबै ग्रन्थहरूलाई स्मृति भनेर मानेकाछन्।

स्मृतिको भाषा सरल थियो, नियम समयानुसार थियो तथा नवीन परिस्थितिहरूलाई ध्यान राखेर रचिएको थियो। अतः यी अधिक जनग्राह्य तथा समाजको अनुकूल बने। र पनि श्रुतिको महत्ता यी ग्रन्थको अपेक्षा अत्यधिक स्वीकार गरियो। परन्तु पछि गएर यिनीहरूको बीच संधि स्थापित गर्नका निम्ति वृहस्पतिले भने: श्रुति र स्मृति मनुष्यका दुइ नेत्र हुन्। यदि एउटलाई मात्र महत्त्व दिएमा मानिस कानो हुन्छ। अत्रिले ता यहाँसम्म ठोकुवा गरे कि यदि कोई वेदमा पूर्ण पारंगत छ र स्मृतिलाई घृणाको दृष्टिले हेर्छ भनें एक्काइस पल्ट पशु योनिमा उसको जन्म हुनेछ। वृहस्पति र अत्रिको कथनबाट यो स्पष्ट हुन्छ कि वेदको समान स्मृतिको पनि महत्ता अब स्वीकार गरियो। पछि गएर सामाजिक चलनमा श्रुतिभन्दा अधिक महत्त्व स्मृतिलाई दिइयो जसरी दत्तक पुत्रको परम्पराको वेदमा विरोध छ त्यहीं स्मृतिहरूमा यसको स्वीकृति दिएकोछ। यसै प्रकार पञ्चमहायज्ञ श्रुतिहरूको रचना कालको अपेक्षा स्मृतिहरूको रचना कालमा व्यापक भयो। वेदहरूका अनुसार झंझावातमा, अतिथिहरूको आगमनमा, पूर्णिमाको दिनमा छात्रहरूले स्वाध्याय गर्नुपर्छ किनभनें यी दिनहरूमा सस्वर पाठ गर्न मनाही थियो। परन्तु स्मृतिहरूले यी दिनहरूमा स्वाध्याय पनि बन्द गराइदिए। शूद्रहरूको सम्बन्धमा श्रुतिको यो स्पष्ट निर्णय छ कि तिनले मोक्ष प्राप्त गर्न सक्तैनन् परन्तु उपनिषदहरूले शूद्रहरूमाथिको यो बन्धन हटाइ दिए एवं तिनको मोक्ष प्राप्तिको मान्यता स्वीकार गरे। यी सबै तथ्य सिद्ध गर्दछन् कि श्रुतिको निर्धारित परम्पराहरूमाथि स्मृतिहरूको विरोधी परम्पराहरूलाई पछि गएर सामाजिक मान्यता प्राप्त भयो। स्मृतिहरूको यस महत्ताको कारण बताउँदै मारीचिले भनेकाछन् कि स्मृतिहरूका जो वचन निरर्थक अथवा श्रुति विरोधी छैनन् ती श्रुतिका प्रारूप हुन्। वेद वचन रहस्मय तथा छरिएका छन् जसलाई सुविधामा स्मृतिहरूमा स्पष्ट गरिएकोछ। स्मृति वाक्य परम्पराहरूमाथि आधारित छन् अतः यिनकालागी वैदिक प्रमाणको आवश्यकता छैन। यिनको वेदगत प्रामाणिकता स्वतः स्वीकार्य छ। वैदिक भाषा जनमानसलाई अधिक कठिन हुन थाल्यो, जबकि स्मृतिहरू लौकिक संस्कृतमा लेखिएका थिए जसलाई समाजले सरलतासित बुझ्नसक्थ्यो तथा सामाजिक व्यवस्थाको अनुरूप सिद्धांतप्रतिपादित गर्दथे। स्मृति लेखकहरूलाई पनि वैदिक महर्षिहरूकै जस्तो समाजले गरिमा प्रदान गरेको। वैदिक र स्मृति कालका बीच व्यवहार तथा परिस्थितिको परिवर्तन एवं विभिन्न आर्थिक कारणहरू र नवीन विचारहरूको समागमले स्मृतिलाई श्रुतिको अपेक्षा प्राथमिकता मिल्यो। यसको कारण यो पनि बताइन्छ कि समाज शास्त्रीय मान्यताको पक्षमा थियो। यी सब कारणहरूले श्रुतिको मान्यतालाई स्मृतिहरूको मान्यताको सम्मुख ५०० ईसा पूर्वदेखि महत्त्वहीन समझिन थालियो।


मुख्य स्मृतिहरू

सम्पादन गर्नुहोस्

मुख्य स्मृतिहरु २८ वटा बताइउका छन् । जसमा निम्नलिखित बडी प्रचलित छन् ।

याद गर्ने विधि

सम्पादन गर्नुहोस्

यो सुनिश्चित गर्नका लागि भारतका प्राचीन ग्रन्थ एक पीढीदेखि दोस्रो पीढीमा मूल रूपमा हस्तान्तरित भैरहे, प्राचीन भारतीयहरूले धेरै मेहनत गरे। उदाहरणको निम्ति वेदहरूलाई याद गर्नका लागि करीव एघार तरिकाद्वारा तिनको पाठ गर्ने प्रथा थियो। याद गर्नका निम्ति पाठका केही प्रमुख विधिहरू यस प्रकार थिए-

जटा-पाठ
ध्वजा-पाठ
घन-पाठ

बाहिरका लिङ्कहरू

सम्पादन गर्नुहोस्
  1. पन्थी, टीकाराम (वि.सं. २०६५), सांस्कृतिक संवीक्षण, रुपन्देही: विश्व हिन्दु महासङ्घ, पृ: १००। 
  2. नारद–स्मृति, अनु. राम कुमार वर्मा शास्त्री, (मेरठ : डायनेमिक पब्लिकेशन्स, मिति नलेखिएको) ४.१८.६१ ।
  3. प्रकाश वस्ती, कानुन निर्माण, विश्वमै अगाडि, (काठमाडौ“ : हिमाल, पूर्णांक १०८, वि.सं. २०६०)
  4. पन्थी, टीकाराम (वि.सं. २०६५), सांस्कृतिक संवीक्षण, रुपन्देही: विश्व हिन्दु महासङ्घ, पृ: १००। 
  5. ज्ञवाली, बाबु राम (२०१२), कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, रुपन्देही नेपाल: ज्ञानज्योति प्रकाशन, पृ: २, आइएसबिएन 978-9937-2-7362-6 
  6. पन्थी, टीकाराम (वि.सं. २०६५), सांस्कृतिक संवीक्षण, रुपन्देही: विश्व हिन्दु महासङ्घ, पृ: ७०।