तक्षशिला (संस्कृत: तक्षशिला,उर्दु: ٹیکسلا,) प्राचिन दक्षीण एसियामा गान्धार राज्यको राजधानी तथा हाल पाकिस्तानको पन्जाब राज्यको रावलपिण्डी जिल्लामा अवस्थित एक पुरातात्विक स्थान हो । यो स्थान बौद्ध तथा हिन्दु दुबै धर्मको केन्द्र बिन्दु थियो ।

तक्षशिला
तक्षशिला is located in पाकिस्तान
तक्षशिला
पाकिस्तानभित्र देखाइएको क्षेत्र
स्थानपाकिस्तान
निर्देशाङ्क३३°४४′४५″उ॰ ७२°४७′१५″पू॰ / ३३.७४५८३°N ७२.७८७५०°E / 33.74583; 72.78750निर्देशाङ्कहरू: ३३°४४′४५″उ॰ ७२°४७′१५″पू॰ / ३३.७४५८३°N ७२.७८७५०°E / 33.74583; 72.78750
प्रकारव्यवस्थापन
इतिहास
स्थापनालगभग १,००० ई॰पू॰[]
ध्वस्त५औं शताब्दी
आधिकारिक नामतक्षशिला
किसिमसांस्कृतिक
मापदण्डiii, vi
नामाङ्कित१९८० (चौथो सत्र)
सन्दर्भ क्रम सङ्ख्या139
क्षेत्रदक्षिण एशिया

तक्षशिलाको नाम

सम्पादन गर्नुहोस्

तक्षशिलाको नाम रामका भाइ भरतका दुइ छोराहरुमध्ये एकको नामबाट रहेको भन्ने उल्लेख पाइन्छ । भरतका दुइ छोरा थिए तक्ष र पुष्कर । तक्षले सिन्धु नदीको एकातिर तक्षशिला वा तक्षखण्डको स्थापना गरे । पुष्करले नदीको अर्कातिर पुष्करावती राजधानी बनाएर राज्य गरे । यो विवरण रामायणमा पाइन्छ । तक्षशिला गान्धारको राजधानीका रूपमा रहेको कुरा महाभारतमा समेत उल्लेख छ । सर्प यज्ञ गरिएको स्थान पनि त्यही मानिन्छ । त्यसैले परीक्षितले राज्यारोहण गराएको स्थान पनि त्यही हुनुपर्छ । तक्षको एउटा अर्थ हुन्छ तलास्नु वा ताछ्नु र शिलाको अर्थ हो ढुङ्गा, पत्थर । त्यसैले यस स्थानमा ढुंगा कुंद्ने व्यक्तिहरूको बसोबास हुनसक्छ । यस आधारमा के भन्न सकिन्छ भने प्रस्तर कलाको केन्द्र भएकोले पनि यस स्थानको नाम तक्षशिला रहेको हुनसक्छ । हु–एन–त्सांगका अनुसार यस स्थानको नाम तक्षशिला रहने कारण के भने भगवान बुद्धले पूर्व जन्ममा आफ्नो शिर दान गरेका थिए ।

शिक्षाको केन्द् / गुरुकुल

सम्पादन गर्नुहोस्

भगवान बुद्धका मित्र प्रसेनजितले त्यस स्थानमा अध्ययन गरेको उल्लेख पाइन्छ । टोलेमीको ज्योग्राफी ग्रन्थ र जोन हिल्डेसिमको हिस्ट्री अफ थ्री किङ्समा पनि यस स्थानको नाम ससम्मान उल्लेख छ । वराहमिहिरको ज्योतिष ग्रन्थ वृहत् संहिता, रामायण, महाभारत, कौटिल्य ग्रन्थमा यस स्थानको नाम उल्लेख छ । तक्षशिलामा एसियाबाट मात्र होइन यूरोपबाट पनि विद्यार्थी र जिज्ञासुहरु अध्ययन गर्न र आफ्ना समस्याहरु समाधान प्राप्त गर्न आउने गर्थे । ग्रीस देशका अनेक विद्वानहरूले तक्षशिलामा आएर अध्ययन गरेको उल्लेख पाइन्छ । पाइथागोरसले आफ्ना साध्यको पुष्टि यहीं आएर गरेका हुन् भन्ने मान्यता छ । यी सबै कारणले मानिसहरूलाई अत्यन्त उत्सुकता के मा छ भने त्यो स्थानमा विद्यालय वा विश्वविद्यालय थियो ? थियो भने कस्तो ? त्यहांको व्यवस्थापन कसरी हुने गथ्र्यो । हुनत, त्यहा केवल एक विश्वविद्यालय थियो वा अनेक शिक्षण संस्थान, यसबारेमा इतिहासविद्हरूमा निकै विवाद छ । तर पौरस्त्य दर्शनका विद्वान् सातवलेकरको विचारमा प्राचीन समयमा आजको जस्तो विश्वविद्यालय थिएन । बरु त्यहा अनेक प्रकारका स्वतन्त्र गुरुकुलहरु थुप्रै संख्यामा थिए । जहा“ अनेक गुरुहरूले आआफ्ना गुरुकुलमा विभिन्न विषयको ज्ञान प्रदान गर्थे । यदि धेरै विषयहरूको एक स्थानमा अध्ययन अध्यापन हुन्थ्यो भने त्यसलाई एक प्रकारको विश्वविद्यालय भन्न सकिन्छ । जुन दृष्टिले पनि तक्षशिला शिक्षाको विशेष केन्द्र थियो र त्यहा ज्ञानार्जन गर्न युरोप र एसियाबाट शिक्षार्थी जम्मा हुन्थे भन्न सकिन्छ । पहिलो चीनियां यात्रु फाहियानका अनुसार भने त्यहां विद्याको केन्द्र भएको कुनै चिन्ह पाइएन । सम्भवतः त्यस बेलासम्म शिक्षाको यो केन्द्र ध्वस्त भइसकेको थियो । यदि कौटिल्यको समयमा त्यहां शिक्षा केन्द्र थियो भने त्यसको लगभग ६०० वर्षपछि त्यसको अस्तित्व नपाउनु त्यस बेला स्वाभाविक थियो । जुन बेला राज्यहरूको जन्म हुनु र समाप्त हुनु एक स्वाभाविक प्रक्रिया मानिन्थ्यो ।

एलेक्जेन्डरको आक्रमण

सम्पादन गर्नुहोस्

एलेक्जेन्डरको आक्रमणका समयमा त्यहां आम्भी राज्य थियो भन्ने कुरा भारतीय इतिहासकारहरूले प्रमाणित गरिसकेका छन् । वि.पू. ३२६ को समयमा तक्षशिला गान्धारबाट छुट्टिइसकेको थियो भन्ने कुरा इतिहासकार राधाकुमुद मुखर्जीले उल्लेख गरेका छन् । त्यस समयममा पोरसको भतिजा पुरुले त्यहा“ राज्य गरेका थिए भन्ने कुरा जायसवालले पनि स्पष्ट गरेका छन् । संभवतः आम्भीले सिकन्दरका अगाडि आत्मसमर्पण गरेपछि केही समय यो स्थान सिकन्दरको आधिपत्यमा गयो । यो कुरा पनि कौटिल्य वा चाणक्यको असन्तुष्टिको कारण थियो । किनभने कौटिल्यले त्यहा“ गुरुकुलमा लामो समय रहेर अर्थशास्त्र अध्ययन गरेका थिए । पछि त्यहीं सो विषयका आचार्य भएका थिए । कौटिल्य एलेक्जेन्डरका विरुद्ध सङ्गठन गर्नुमा तक्षशिलाको मुक्ति पनि एक कारण हुनसक्छ । चन्द्रगुप्तको सहायताले यस स्थानलाई मुक्त गराएका थिए भन्ने कुरा इतिहासकारहरूले बताएका पनि छन् ।

अशोक र तक्षशिला

सम्पादन गर्नुहोस्

चन्द्रगुप्तको नाति अशोकले राज्य विस्तार गर्दा उत्तरमा तक्षशिला, उज्जैनलाई आफ्नो साम्रँज्यमा मिलाएका थिए । तर उनले त्यहा सधैं असन्तुष्टि खेप्नु पर्यो । यस कुरालाई दिव्यवदन ग्रन्थमा यस प्रकार उल्लेख गरिएको छ– उत्तरापथको तक्षशिला अशोकले गरेको अपमान प्रति रुष्ट थियो । त्यस स्थानको पौर (नगरअध्यक्ष) ले त्यहां राज्य गर्न पठाइएका मन्त्रीहरूको स्वागत गरेनन् । अन्तमा राजा अशोकले त्यहां कुणाललाई पठाए । राजा अशोकले के अपमान गरेका थिए ? र के कारणले तक्षशिला रुष्ट भयो भन्ने कुरा इतिहासकारहरूले स्पष्ट गर्न सकेका छैनन् । कथा र विम्वदन्तीमा पनि सो सम्बन्धमा कुनै कुरा उल्लेख छैन । तर राज्य विस्तार गर्दा अशोकले कलिंग, उज्जैन र तक्षशिलामा विरोध खेप्नु परेको कुरा इतिहासकारहरूले स्पष्टता साथ उल्लेख गरेका छन् ।

 
260 ईशापूर्व, सम्राट अशोक के साम्राज्य मे तक्षिला

राजकुमार कुणाललाई त्यस क्षेत्रको क्षेत्रपाल (गभर्नर) बनाएर पठाएको र कुणालले त्यस क्षेत्रको विकासका लागि लामो समयसम्म योगदान गरेकोले त्यो क्षेत्र त्यस समयमा एक प्रसिद्ध स्थान बनेको थियो भनी अनुमान गर्न सकिन्छ । संभवतः अशोकले त्यस स्थानको पुननिर्माण र नव निर्माण पनि गरेका थिए । यो स्थान बारम्बार आक्रमणकारीहरूले आक्रान्त भइरहने अशान्त र अस्थिर स्थान भएकोले यसको स्थानमा तीस चालीस किलोमीटर यता उता विस्थापन भइ रहन्थ्यो भन्ने कुरा सन् १९२६ देखि सन् १९३० सम्म गरिएको उत्खननबाट स्पष्ट भएको छ । कालान्तर हूणहरूको निरन्तर आक्रमणले यस स्थानलाई पूर्णतः ध्वस्त गरीदियो । एक सभ्य सुसंस्कृत स्थान र विश्वको प्राचीनतम शिक्षा केन्द्रको अस्तित्व समाप्त हुन पुग्यो ।

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Raymond Allchin, Bridget Allchin, The Rise of Civilization in India and Pakistan. वेब्याक मेसिन अभिलेखिकरण १२ मार्च २०१७ मिति कैम्ब्रिज यूनिवर्सिटी प्रेस, 1982, पृ॰ 314 ISBN 052128550X ("The first city of Taxila at Hathial goes back at least to c. 1000 B.C.")

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्