स्तूप (तिब्बती: མཆོད་རྟེན།), बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको चैत्यहरूलाई स्तूप भनिन्छ। काठमाण्डौ उपत्यकामा रहेको स्वयम्भूनाथबौद्धनाथ स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात स्तूपको उदाहरण हुन्।

स्तूपको


अनुवादहरू
पाली:thūpa, cetiya
संस्कृत:स्तूप
चिनियाँ:窣堵坡
(pinyinSūdǔpō)
जापानी:舎利塔
(rōmaji: Sharitō)
कोरियन:솔도파
(RR: Soldopha)
मंगोलियन:Суварга
सिंहाल:දාගැබ්
(dagoba)
तिब्बती:མཆོད་རྟེན།
(mchod rten)
थाई:สถูป , เจดีย์
(ISO 11940:[] s̄t̄hūp, cedīy̒)
भियतनामी:Phù đồ
बौद्ध धर्मको शब्दावली
नेपाल काठमाण्डौमा अवस्थित बौद्धनाथ स्तूप

स्तूपको प्रकारहरू

सम्पादन गर्नुहोस्
  1. शारीरिक स्तूप: शरीर धातु (अस्थि, केश, नङ, दाँत) राखेर बनाइएको स्तूपलाई शारीरिक स्तूप भनिन्छ।
  2. परिभोग स्तूप: बुद्धले जीवनमा प्रयोग गरेका वस्तु (पिन्डपात्र, छत्र, चिवर, बोधिमन्ड) राखेर बनाइएको स्तूपलाई 'परिभोग स्तूप' भनिन्छ।
  3. घटना वा उद्देशिक स्तूप: बुद्धको जीवनकालमा केही न केही महत्त्वपूर्ण घटना भएको स्थानमा बनाइएको स्तूपलाई 'घटना वा उद्देशिक स्तूप' भनिन्छ।
  4. धर्म स्तूप वा पूजा गर्न योग्य स्तूप: धर्म स्तूप वा पूजापरक स्तूप भन्नाले बुद्धको अनुपस्थितिमा बुद्धलाई स्मरण गरी पुज्ने स्तूपलाई भनिन्छ। स्ारनाथको धम्मेक स्तूप पूजापरक स्तूप हो। स्तूपमा प्राणप्रतिस्थापन गरिन्छ।

तथागतको आठ महास्तूपहरू

सम्पादन गर्नुहोस्
 
तथागतको आठ महास्तूपहरू
  1. पद्मराशिस्तूप
  2. बोधिप्रप्तिस्तूप
  3. बहुद्वारस्तूप
  4. महाप्रातिहार्यस्तूप
  5. देवलोकावतरणस्तूप
  6. पुनर्मेलस्तूप
  7. विजयस्तूप
  8. निर्वाणस्तूप

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्