तन्त्र

हिन्दू धार्मीक यन्त्र तथा गणीतीय विज्ञान
(तंत्र साहित्य (भारतीय)बाट अनुप्रेषित)

परिचय

मुदं कुर्वन्ति देवानां मनांसि तारयन्ति च ।

तस्मात् तन्त्र इति ख्यातो दर्शितव्यः कुलेश्वरी : ।। –कुलार्णव तन्त्र

(तन्त्रले मुदिता पार्छ ,देव मानव जसलाई पनि । तन्त्रको दर्शन गर्नै पर्छ । अनि पार लाग्छ ।)

असभ्य जंगली मानिसलाई सभ्य र ज्ञानवान् पौरखी बनाउन पाषाणयुगमा हाम्रै श्लेष्मान्तक वनमा किँरातको भेषमा पार्वती परमेश्वर शिवले प्रकट गर्नु भएको मानव धर्म हो तन्त्र धर्म ।तन्त्र शास्त्र भगवान आशुतोष शिवजीद्वारा निःशृत भएको मान्ने गरिन्छ । यसका तीन हाँगा रहेका छन् । जसलाई आगम, यामल र निगम भनेर चिन्ने गरिएको छ । यामल तंत्र शिव र शक्तिको एकताको प्रतीक हो । शिवको अर्धनारीश्वर स्वरुप तन्त्रस्वरूप मानिएको छ ।


तन्त्र भनेको के ?

तन्त्र, सनातन परम्परासँग गाँसिएको आगम ग्रन्थ हो । शैव सिद्धान्तको ‘कायिक आगम’ मा यसको अर्थ लाउँदै भनिएको छ–“तन्यते विस्तार्यते ज्ञानम् अनेन, इति तन्त्रम् ।”

तन्त्र शब्दको निरुक्ति ‘तन्’ (विस्तार गर्नु ) र ‘त्र’ (ष्ट्रन) (रक्षा गर्नु ), यी धातु एक ठाउँमा जोड्दा त्यस्तो शास्त्र जसद्वारा ज्ञान विस्तार गर्न सकिन्छ भन्ने बुझिन आउँदछ । ‘तन्त्र’ को अर्थ लाउँदा जुन साधनाले प्रकृति र परमेश्वरलाई आफनो अनुकुल बनाउन सकिन्छ । यहाँ ‘तन्’ पदले प्रकृति र परमात्मा तथा ‘त्र’ ले स्वाधीनता बताउँदछ ,त्यसकारणले त्यो तन्त्र हो पनि भन्ने गरिएको छ । तन्त्र शब्दले सन्धी ‘विधि र उपाय’लाई जनाएको हुन्छ ।

व्याकरण शास्त्रका अनुसार “तन्त्र” शब्द “तन्” धातुबाट बनेको हो, जसको अर्थ हुन्छ “विस्तार” । शैव सिद्धान्तको कायिक आगम मा यसको अर्थ गरिएको छ तन्यते विस्तार्यते ज्ञानम् अनेन इति तन्त्रम् ।

तनोति विपुलान् अर्यान् तत्वमन्त्र समविन्तान् ।

त्राणं च कुरुते यस्मात् तन्त्रमित्यभिधियते ।। –तन्त्रान्तर पटक

(तन्त्रले रहस्यका थुप्रै अर्थ छन् ।आमाको काखै त हो तन्त्र,जहाँ सुरक्षै सुरक्षा छ ।)

श्री यन्त्र

तन्त्रको सामान्य अर्थ हो विधि या उपाय । विधि या उपाय कुनै सिद्धान्त होइन । सिद्धान्तलाई लिएर मतभेद हुनसक्छ तर विधि को सम्बन्धमा कुनै मतभेद हुन सक्दैन । तन्त्र अथवा आगम मा व्यवहार पक्ष नै मुख्य हुन्छ । तन्त्रको दृष्टिमा शरीर प्रधान मुख्य निमित्त मात्र हो । त्यस्को बिना चेतनाको उच्च शिखर मा पुग्न सकिँदैन त्यसैकारण तन्त्रको तात्पर्य हो तन को माध्यमले आत्माको त्राण गर्नु । तन्त्र भारतीय उपमहाद्वीपको एक वैविधतापूर्ण एवं सम्पन्न आध्यात्मिक परिपाटी हो। तन्त्रका अन्तर्गत विविध प्रकारका विचार एवं क्रियाकलाप आउँदछन्। यसको इतिहास बहुत पुरानो छ। समयको सँगै यो परिपाटी अनेक परिवर्तन भएर गइरहेछ र हाल अत्यन्त कट्टरवादी विचारहरूदेखि लिएर धेरै उदारवादी विचारहरूको सम्मिश्रण छ। तन्त्र विभिन्न रूपमा भारत, नेपाल, चीन, जापान, तिब्बत, कोरिया, कम्बोडिया, म्यांमार, इन्डोनेसियामंगोलियामा विद्यमान रहेकोछ।

तन्त्रले क्रिया र अनुष्ठानमा बल दिन्छ । वाराही तन्त्रमा यसका सात लक्षणहरु बताइएका छन् जो व्यवहारमा मुख्य छन् । ती सात लक्षण हुन् ।

  1. सृष्टि
  2. प्रत्यय
  3. देवार्चन
  4. सर्वसाधन (सबै सिद्धि प्राप्त गर्ने उपाय)
  5. पुरश्चरण (मारण, मोहन, उच्चाटन आदि क्रिया)
  6. षट्कर्म (शान्ति, वशिकरण, स्तम्भन, विद्वेषण, उच्चाटन र मारण को साधन) तथा
  7. ध्यान (इष्टको स्वरूपको एकाग्र मनले चिन्तन गर्नु ।)

तन्त्रको विषयवस्तु

तन्त्रका विषयवस्तु का रुपम निम्न कुराहरूलाई लिन सकिन्छ ।

  • ज्ञान या दर्शन
  • योग
  • कर्मकाण्ड
  • विशिष्ट साधन पद्धति तथा सामाजिक आचार विचार

तन्त्रको परम्परा

मुख्यतः तन्त्रका तीन परम्पराहरु मानिन्छ

  • शैव आगम या शैव तन्त्र
  • वैष्णव संहिता तथा
  • शाक्त मन्त्र