ढाँचा:प्रमुख लेख/आम निर्वाचन २०१५

विश्वेश्वरप्रसाद कोइराला

आम निर्वाचन २०१५, नेपालको संसद्को तल्लो सदन प्रतिनिधि सभाको लागि १०९ प्रतिनिधिहरूलाई निर्वाचित गर्नको लागि वि.सं. २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत्र २१ सम्म ४५ दिन लगाएर गरिएको नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचन थियो। वि.सं. २०१५ फागुन १ गते लागू गरिएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम यो निर्वाचन सम्पन्न गरिएको थियो।

प्रतिनिधि सभाको लागि तय गरिएको १०९ वटा सिटको लागि जम्मा ७८६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए। देशको कूल जनसङ्ख्या ८५ लाख ५० हजारमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान गर्नको लागि योग्य रहेका थिए। देशभर विभिन्न चरणमा सम्पन्न गरिएको यस निर्वाचानमा जम्मा ४२.१८% मतदान भएको थियो।

यस निर्वाचनमा मतदान गर्न पाउने नागरिकहरूको न्यूनतम उमेर २१ वर्ष कायम गरिएको थियो। १०९ मध्ये ७४ सिट जितेर नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो। नेपाली काङ्ग्रेसले उक्त निर्वाचनमा जम्मा मतदानको ३८% मत प्राप्त गरेको थियो। चुनाव जितेपछि काङ्ग्रेसका सभापति तथा संसदीय दलको नेता विश्वेश्वरप्रसाद कोइराला देशको पहिलो प्रजातान्त्रिक निर्वाचित र २२औँ प्रधानमन्त्री बन्न सफल भएका थिए।(पूरा  पढ्नुहोस्...)