ड्य्रागन त्रिकोण (जापानी: 魔 の 海 हेपबर्न: मा नो उमी) प्रशान्त महासागरको एउटा यस्तो रहस्यमय र घातक मानिने क्षेत्र हो, जुन जापानको राजधानीटोकियोको दक्षिण दिशातिर पर्दछ । प्रशान्त महासागरको बर्मुडा त्रिकोण समेत भनिने ड्य्रागन त्रिकोणको असाधारणपना र रहस्यमय दाबीहरूको सत्यतामाथि प्रश्न पनि उठाइन्छ।

ड्य्रागन त्रिकोण (जापानी: 魔 の 海)
सैतान सागर
ड्य्रागन त्रिकोण भएको ठाउँ

जापानी शब्द मा नो उमी (दुष्ट समुद्र, समस्याग्रस्त समुद्र वा खतरनाक समुद्रका रूपमा अनुवाद गरिएको) खतरनाक समुद्री स्थान वर्णन गर्न व्यापक प्रयोग भएको छ। यो क्षेत्र निकै अशान्त र धेरै जहाजहरूलाई निलेको ठाउँका रूपमा परिचित छ। पृथ्वीमा यस्ता १२ वटा ठाउँ रहेको विश्वास गरिन्छ । विद्युत-चुम्बकीय शक्तिका कारण यस क्षेत्रमा धेरै भीषण दुर्घना हुने गरेको जापान सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ।

सन् १९५५ जनवरी ४ मा जापानी जहाज सिन्यो मारु-१० (第十 伸 洋 丸)ले मिकुरा-जीमा नजिक रेडियो सम्पर्क गुमायो । जापानी अखबारहरूले १५ जनवरीमा जहाज सुरक्षित नभेटिएसम्म उक्त स्थानलाई मा नो उमीको संज्ञा दिन थाले । योमिउरी सिम्बुन पत्रिकाले तत्कालीन केही वर्षहरूमा विभिन्न जहाजहरु हराएका विन्दुहरु अंकित गरी समुद्रको नक्सा देखायो र ती जहाजहरु योकोहामा कोस्ट गार्ड अफिसले विशेष खतरनाक क्षेत्रको रूपमा वर्गीकृत गरेको क्षेत्रभित्र हराएको भन्यो । संयुक्त राज्य अमेरिकामा, न्यु योर्क टाइम्सले यो घटनालाई "द डेभिल्स सी" अर्थात् शैतान समुद्र भन्ने शब्द प्रयोग गर्‍यो, जहाँ ९ वटा जहाज उत्तम मौसममै हराइसकेका थिए ।[] योमिउरी सिम्बुनले मा नो उमीको आकारलाई यसरी वर्णन गरेको थियो- "इजु टापुहरूदेखि ओगासावरा टापुहरूको पूर्वमा २०० माइल पूर्वदेखि पश्चिम, र ३०० माइल उत्तरदेखि दक्षिणमा, जहाँ विगत वर्षमा नौ जहाज हराए ।" यद्यपि नौवटामध्ये दुई जहाजहरू मियाके जीमा र आइवो जीमा नजिकै हराए ।

सन् १९७४ मा अमेरिकी अलौकिक लेखक चार्ल्स बर्लिट्जले आफ्नो पुस्तक द बर्मुडा ट्य्रांगलमा शैतानको समुद्रका रूपमा परिचित गराए । बेर्लिट्जले दावी गरे कि "१९५० र १९५४ को बीचमा पत्ता नै नलागी नौ आधुनिक जहाजहरू र सयौं चालक दल हराइसकेका थिए । १९५५ मा जापान सरकारले काइयो मारू नो-५ लाई बेपत्ता भएका बेग्लाबेग्लै जहाजको अनुसन्धानको लागि समुद्रमा पठायो तर यो जहाज पनि हरायो । त्यसपछि जापानी अधिकारीहरूले समुद्रलाई खतरनाक क्षेत्रको दर्जा दिएका छन् ।

सन् १९८९ मा बर्लिट्जले शैतानको सागरलाई उनको पुस्तक ड्र्यागनको त्रिकोणमा ड्र्यागनको त्रिकोण भनेर उल्लेख गरे। र, यसको सैद्धान्तीकरण गर्न धेरै पुराना पुराना यस्ता घटनाको समेत अभिलेख राखेका छन् । तर कतिपय विद्वानहरूले भने यसलाई अन्धविश्वासको स‌ंज्ञा दिँदै आलोचना समेत गरेका छन् ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्