निर्देशाङ्कहरू: २५°उ॰ ७१°प॰ / २५°N ७१°W / 25; -71

आन्ध्र महासागरको समिपवर्ती ठाउँ मा पानीको चम्किला धार, प्रकाश र फिज देखिन्छ ।आन्ध्र महासागरको यही भागलाई बर्मडा त्रिकोण भनिन्छ। यस समुन्द्री भागलाई रहस्यमय त्रिकोण, शैतान सागर, आन्ध्र महासागरको नर्क जस्ता नराम्रा नामले यो ठाउँ चिनिएको छ।

बर्मुडा त्रिकोण
शैतान सागर
बर्मुडा त्रिकोण भएको ठाँउ

बर्मुडा त्रिकोणको क्षेत्रफल

सम्पादन गर्नुहोस्

यो भागको कुल क्षेत्रफल ३९ लाख वर्ग किलोमिटर र यसको गहिराई १८०० फिट रहेको मान्यता छ ।

वैेज्ञानिक आधारहरू

सम्पादन गर्नुहोस्

धेरै मानिसहरु जो आफ्नो वरिपरि भइरहेको घटनाक्रमलाई ब्याख्या गर्न र प्रष्ट पार्न असक्षम हुन्छन्, उनीहरू यस्ता घटनाहरूलाई दैवी चमत्कार वा अन्य कुनै रहस्यमय बस्तुहरूको परिणाम ठान्दछन् । झन बरमुडा त्रिकोणमा हराएका कुनै पनि बस्तुहरूले कुनै पनि सङ्केत नछाडेको कारणले पनि त्यस्ता सिद्धान्तमा बिस्वास गर्नेहरूलाई थप बल पुगेको छ । यस श्रेणीमा पर्नेहरु कोही यु. एफ. ओ. हरूले त्यस क्षेत्रमा आइपुगेको जहाजहरूलाई अपहरण गरेर लगेको हुन सक्नेमाविश्वास गर्छन् भने कोही त्यस क्षेत्रको समुन्द्र पिँधमा कुनै एकदमै बलियो राक्षसी शक्ति छ जसले ती बस्तुहरूलाई तानेर अन्य कुनै स्थानमा पुर्याउँछन् भन्नेमाविश्वास गर्छन र कतिपय अरु मानिसहरु यसलाई अर्को समानान्तर ब्रमाण्डको द्वार ठान्छन् । तर बैज्ञानिक तथ्यहरुका आधारमा पनि बरमुणा त्रिकोणका रहस्यहरूको ब्याख्या गरिएको धेरै सिद्धान्तहरु छन् ।

भू-चुम्बकीय उत्तरी ध्रुब भौगोलीक उत्तरी ध्रुबदेखि १५०० मी. टाढा पर्छ र २० ड्रि्री जती फरकमा रहेको हुन्छ । नाभीक तथा बिमान चालकहरूले दिशा पत्ता लगाउँने क्रममा ती दूइ ध्रुबबिच को फरक राम्ररी छुट्टाउन सक्नुपर्छ, किनकि उनीहरूले प्रयोग गर्ने कम्पासको सियोले जहिले पनि चुम्बकिय उत्तरी ध्रब तिर देखाउँछ । पृथ्वीमा जम्मा दूइ स्थानहरु मध्ये बरमुडा त्रिकोण पनि एक हो । जहाँ भौगोलीक उत्तर र चुम्बकिय उत्तर एउटै रेखामा पर्छन् । यस्तो अवस्थामा एउटा अनुभवी नाभीक पनि दिशा निर्धारणमा अलमलीन सक्छ र त्यहीँ हराउँन सक्छ । यस्तै अर्को ठाउँ जापानको पुर्वी भागमा पर्छ जहाँ चुम्बकिय उत्तर र भौगोलिक उत्तर एकै ठाउँमा पर्छन् र त्यसलाई जापानी र फिलिपिनी नाभीकहरूले राक्षसी समुन्द्र (डेभिल सि) नाम दिएका छन् । त्यहाँ पनि जहाजहरु हराउने घटनाहरू भैरहेका छन् ।

गल्फ स्ट्रीम (एक किशिमको समुद्री धार) फ्लोरीडाबाट इङ्गल्याण्डतिर उत्तर-पुर्वी दिशातिर बग्ने एउटा अति तुफानी धार हो । जुन बरमुडा त्रिकोणको क्षेत्र हुँदै बहन्छ । धेरै अनुसन्धान कर्ताहरु बरमुडा त्रिकोण क्षेत्रमा यसको तिब्रता अत्यधिक हुनेमा विश्वास गर्छन् । जसले गर्दा त्यहाँ पुगेका नाभीकहरु धार सँगै बहन्छन् । यदि धारको बिपरित दिशामा जान खोजेमा जहाजको इन्जीनमा अत्यधिक बल पर्न जान्छ र इन्जीनले काम गर्न छोड्छ । यसरी तीनीहरु त्यहीँ अल्मलिन्छन् र हराउँछन् ।

धेरैजसो खोज कर्ताहरु बरमुडा त्रिकोण क्षेत्रमा मौसममा हुने आकस्मीक उतार चढाव नै जहाजहरु हराउनुको प्रमुख कारण मान्छन् । यसमा ब्याख्याताहरु त्यहाँ कुनै पनि आर्श्चर्यजनक घटना नभएको कुरामाविश्वास गर्छन् । उनीहरूका अनुसार बरमुडा त्रिकोण अबिश्वस्नीय र भविष्यवाणि गर्न नसकिने मौसमको लागि चिनिन्छ । त्यहाँ अति तीब्र गतिमा बहने आँधि, सँग सँगै चट्याङ्ग पर्ने प्रक्रियाले गर्दा त्यहाँ खतरनाक भूमरिहरु बन्न सक्छन् । जसमा परेका जहाजहरु त्यहीँ हराउन सक्छन् । कहिलेकाहीँ त तीब्र गतिको समुद्री आँधिमा चट्याङ् पर्दा त्यसले बिद्युतिय आँधि पनि उत्पन्न गर्न सक्छ । जसले हवाइजहाज हरूलाई पनि जलाउँन सक्छ । त्यस्तै त्यस क्षेत्रको समुद्री पिँधहरु धेरै भू-कम्प जाने किसिमको भएकाले त्यहाँ धेरै तीब्रताको भू-कम्प आउँदा समुद्री सतहमा तीब्र समुद्री तरङ्ग उत्पन्न हुनसक्छ । जसलाई जापानीहरु सुनामी भन्छन् र यसले गर्दा पनि जहाजहरु हराउँन सक्छन् ।

बर्मुडा त्रिकोणको तल्लो सतहमा पटक– पटक भइरहने भुइँचालोले पृथ्वीको चुम्बकीय क्षत्रमा केही समयका लागि असन्तुलन ल्याउने गर्छ तसर्थ पानी जहाज र उडिरहेको हवाइजहाजमा जडान गरेको कम्पास वा दिशा निर्देशिकाले गलत दिशा निर्देशन गर्छ, जसका कारण वायुयान र जलयानहरु दुर्घटनाग्रस्त भएको पाइन्छ । यी यानहरूको अवशेष नपाउनुको अर्को कारण भुइँचालोबाट निर्माण भएको खाडलभित्र उत्त यानहरु फसेर गाडिएको हुनसक्छ ।

बर्मुडा त्रिकोणमा भइरहने वायुमण्डलीय चापले गर्दा शत्तिmशाली आँधीबहेरी उत्पन्न हुन्छ जसले उत्त दुर्घटनाहरू घटाउन अहं भूमिका खेलेको छ ।

मिथेन ग्याँस

सम्पादन गर्नुहोस्

बर्मुडा त्रिकोण अवस्थित ठाउँको पानीमुनी प्रशस्त रूपमा मिथेन ग्याँस उत्पन्न भइरहेको छ । यो ग्याँस ज्वलनशील र मानिसको शरीरभित्र लागे खण्डमा आलस्य र बेहोसी हुन सकछ । यो ग्याँसको उत्पादन समुद्रमुनी कसरी भइरहेको छ भने समुद्रमुनी प्रशस्तरूपमा परेको जीवजन्तुको र विरुवाको अवशेषबाट बन्न जान्छ । यो ग्याँस धेरेमाथिसम्म जान सक्ने भएकाले हवाइजहाजलाइ पनि असर गर्दछ ।

कार्बन अक्साइड

सम्पादन गर्नुहोस्

मिथेन ग्याँस उत्पन्न भए जस्तै कार्बनडाइअक्साइड ग्याँस पनि यहाँ ठूलो मात्रामा उत्पन्न भइरहेको छ ।

यस क्षेत्रमा हराएका चर्चित जहाजहरू

सम्पादन गर्नुहोस्
 
बर्मुडा त्रिकोणमा हराएको अमेरिकी Flight 19 जहाज

विश्व युद्धको दौरानमा यु.एस.को साइकोल्पस नाम गरेको युद्ध जहाज ब्राजीलतिर गइरहेको थियो ।बारबोड्स भन्ने ठाउँमा आउँदासम्म उत्त जहाजको जानकारी छ । तर, त्यसपछि यो जहाज र यसमा रहेको कर्मचारी र यात्रुहरूको बारेमा अहिलेसम्म कुनै खबर छैन ।

सन् १९४५ मा पाइलट लेफ्टिनेन्ट चाल्सै केरोलले अमेरिकी वायु सेनाको Mig 4 नामको युद्ध विमान उडाउँदै यस क्षत्रमा आउँदा यो जहाज दुर्घटनाग्रस्त भयो र अमेरिकी जनसेनाले यसको खोज तलासी गर्दा कुनै पनि कारण र जहाजको अवशेष भेटिएन ।

यसैगरी १८०२ मा जहाजको अवशेष भेटिएन । यसैगरी १८०२ मा म्यारी सेलेस्टी नामक पानी जहाज दुर्घटनाग्रस्त भइ गायब भयो । तर, यसको अवशेषहरु दुइ वर्षपश्चात्पो र्चुगलको किनारामा भेटिएको थियो ।

१९४९ जनवरी १७ मा यात्रुवाहक हवाइजहाज स्टार टाइगर अनौठो रूपमा यो क्षत्रमा आउँदा गायब भयो। यसरी गायब हुने जहाजहरूमा मराइन सल्फर क्वीन, पोल स्टार, अमेरिकी नौ सेनाको लडाकु जहाज “अपरेशन रेड सेकेन्ड” इत्यादि हुन् ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्