डा. रेवत बहादुर कार्की नेपाल धितोपत्र बोर्डका छैटौ अध्यक्ष हुन्। उनको पदावधि २०७२ कार्तिक देखि २०७६ असोज ३० सम्म रह्यो। उनको कार्यकालमा नेपालको शेयर बजारले धेरै ठूलो फड्को मार्यो। सिमित ब्रोकरलगानीकर्ताको हातमा रहेको बजार अहिले आम सर्वसाधारणको पहुँचमा पुग्न सकेको छ।

डा. रेवतबहादुर कार्की
नेपाल धितोपत्र बोर्डका अध्यक्ष
कार्यकाल
२०७२/०७/०१–२०७६/०६/३०
पूर्वाधिकारीबाबु राम श्रेष्ठ
उतराधिकारीभिष्मराज ढुंगाना
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धक[१]
कार्यकाल
२०६३/०३/३०–२०६५/०९/२८
पूर्वाधिकारीमुकुन्दनाथ ढुङ्गेल
उतराधिकारीशंकरमान श्रेष्ठ

सेवा वृती सम्पादन गर्नुहोस्

डा. कार्की नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट सेवा निबृत्त भएका थिए । कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)को एक कार्यकालका लागि महाप्रबन्ध पनि बनेका थिए । उनी राष्ट्रिय बाणिज्य बैङ्क सञ्चालक समितिका अध्यक्ष पनि हुन् । [२]

धितोपत्र बोर्ड अध्यक्ष सम्पादन गर्नुहोस्

कार्यहरू सम्पादन गर्नुहोस्

  • भौतिक प्रमाणपत्रलाई अभौतिकिकरण गरेर पूर्ण रूपमा डिजिटलाइज बनाउनु । यसले प्राथमिक बजारदेखि दोस्रो बजारका सम्पुर्ण हातको कामको अन्त्य भयो। लगानीकर्ताले प्राथमिक तथा दोश्रो बजारबाट सजिलै प्रविधिको सहायताले शेयर खरिद तथा बिक्री गर्न सक्षम भए।[३]
  • दोस्रो बजारका लगानीकर्ताले मार्केट डेप्थ हेर्न पाउनु
  • न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्ने नियम
  • सानो पूँजी भएकालाई समेत प्रोत्साहित गर्न प्राथमिक बजारमा १० कित्तादेखि आवेदन दिन पाउने नियम
  • आस्वा प्रणाली

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. नेप्से स्मारिका रजत उत्सव, २०७४
  2. "DR. REWAT BAHADUR KARKI" 
  3. "कार्यकालभर आलोचना खेपेर पदमुक्त भए सेबोन अध्यक्ष कार्की, सुधारमा यस्तो रह्यो योगदान", अक्टोबर १७, २०१९, अन्तिम पहुँच अक्टोबर १७, २०१९