नेपाल धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डको स्थापना वि.सं. २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई प्रथम संशोधन गरी धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न नेपाल सरकारबाट वि.सं. २०५० जेष्ठ २५ मा धितोपत्र बजारको नियमनकारी निकायको रूपमा धितोपत्र बोर्डको स्थापना भएको हो।[१] यसरी धितोपत्र बजारमा एक स्वायत्त नियमन निकायको रूपमा बोर्ड स्थापना भएको समयलाई नेपालको धितोपत्र बजारको दोश्रो चरणको रूपमा हेर्न सकिन्छ। बोडको स्थापना कालमा धितोपत्र बजारको आकार अत्यन्त सानो थियो भने धितोपत्र सम्बन्धी ऐन, नियम तथा व्यवस्थाहरुसमेत पयार्प्त थिएनन्। धितोपत्र कारोबारको लागि आवश्यक बजार मध्यस्थ संस्थाहरूको प्रवेश नभएको तथा धितोपत्र विनिमय कारोबारसमेत व्यवस्थित हुन नसकेको पृष्ठभूमिमा बजारको समयसापेक्ष विकास तथा विस्तारका लागि बोर्ड सामु मुख्यतः दुई(२) प्रकारका चुनौतीहरु रहेका थिए। अपयार्प्त रूपमा रहेको कानूनी तथा नीतिगत व्यवस्थामा संरचनात्मक परिवतर्न ल्याउने र नयाँ कानूनी तथा नीतिगत व्यवस्था माफर्त् सानो आकारमा रहेको धितोपत्र बजारको अवस्थामा सुधार गरी बजारलाइ उपर्युक्त दिशा प्रदान गर्ने पहिलो चुनौती तथा जिम्मेवारी बोर्डलाई थियो भने स्थापनाकालको प्रारम्भमा दुई(२) टेलिफोन लाइन, तीन (३) थान कम्प्युटर र दुई महाशाखा अन्तर्गत छ (६) जना कमर्चारी मात्र रहेको अवस्थामा सीमित श्रोत र साधनबाट पनि धितोपत्र बजार रेखदेख गर्ने सक्षम नियमन निकायको रूपमा स्थापित हुन आन्तरिक व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनु पर्ने अर्को चुनौती रहेको थियो। [२]
नेपाल धितोपत्र बोर्ड | |
![]() | |
निकाय विवरण | |
---|---|
गठन | वि. सं. २०५० जेष्ठ २५ गते |
अधिकार क्षेत्र | नेपाल सरकार |
प्रधान कार्यालय | खुमलटार ललितपुर ठाकुर म्यान्सन |
निकाय कार्यकारीहरू |
|
वेबसाइट | sebon |
विकसित पूँजी बजारमार्फत दिगो आर्थिक वृद्धी गर्न सघाउ पुर्याउने।
लक्ष्य
सम्पादन गर्नुहोस्राष्ट्रिय बचत तथा लगानी एवं अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै अर्थतन्त्र पूँजी लगायत कमी ल्याउने गरी पूँजी बजारलाई सक्षम्, गतिशील र विश्वसनीय बनाउने।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को स्थापना
सम्पादन गर्नुहोस्नेपालमा धितोपत्रसम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको "सेक्युरिटी खरिद विक्री केन्द्र"लाई स्थापना भएको करिब १७ वषर्पछि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा परिवर्तन गरी धितोपत्रको दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन गर्ने छुट्टै दोस्रो बजारको व्यवस्था भयो । यसरी परिवतर्न भएको नेप्सेको पूँजी संरचनामा समेत परिवर्तन भई कुल चुक्ता पूँजी रु. ३० करोड कायम भयो । नेप्सेको पूँजी संरचना देहाय अनुसारको रहेको छ ।
स्वामित्व साझेदारी
सम्पादन गर्नुहोस्हिस्सा | ||
---|---|---|
नेपाल सरकार | ५८.६६ प्रतिशत | |
नेपाल राष्ट्र बैङ्क | ३४.६० प्रतिशत | |
नेपाल आैद्योगिक विकास निगम | ६.१२ प्रतिशत | |
इजाजतप्राप्त ब्रोकरहरू | ०.६२ प्रतिशत | |
कुल | १०० प्रतिशत |
पूँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न, धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण र विनिमय कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको काम, कारबाहीलाई नियमित तथा व्यवस्थित गर्नको लागि नेपाल सरकारबाट वि. सं. २०५० जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको थियोे।
अध्यक्षहरू
सम्पादन गर्नुहोस्Former Chairman[३]
सि.नं. | अध्यक्षको नाम | देखी | सम्म |
---|---|---|---|
१. | डम्बर प्रसाद ढुङ्गेल | २०५०-०२-२५ | २०६०-०५-१४ |
२. | दीपक राज काफ्ले | २०६०-०५-१५ | २०६४-०५-१० |
३. | डा. चिरञ्जीवी नेपाल | २०६४-०५-११ | २०६५-०८-११ |
४ . | सुरबिर पौड्यल् | २०६५-०९-०९ | २०६८-०५-१० |
५ . | बाबु राम श्रेष्ठ | २०६८-०६-३० | २०७२-०६-२९ |
६ . | डा. रेवत बहादुर कार्की | २०७२-०७-०१ | २०७६-०६-३० |
७. | भिष्मराज ढुंगाना | २०७६ पुस २३ | २०७८/०६/१९ |
८. | रमेश हमाल | २०७८/११/०८ | २०८०/०९/२० |
९. | सन्तोषनारायण श्रेष्ठ | २०८१/०८/१० | - |
यो पनि हेर्नु होस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ धितोपत्र अध्यादेश २०६२
- ↑ २.० २.१ नेपाल धितोपत्र बोर्ड रजत जयन्ती वर्ष स्मारिका २०७५
- ↑ "Former Chairman", नेपाल धितोपत्र बोर्ड।