भिष्मराज ढुङ्गाना

नेपाल धितोपत्र बोर्डका सातौ अध्यक्ष

भीष्मराज ढुङ्गाना नेपाल धितोपत्र बोर्डका सातौँ अध्यक्ष हुन्।[१] उनी विक्रम सम्बत २०७६ पुसमा सो पदमा नियुक्त भएका थिए।[२] उनको नियुक्तिको कार्यकाल ४ वर्षको रहेको थियो, तथापि २०७८ असोज १९ मा सरकारले उनलाई बर्खास्त गरेको थियो।

भिष्मराज ढुङ्गाना
नेपाल धितोपत्र बोर्डका अध्यक्ष
कार्यकाल
२०७६ पुस २३ – २०७८ असोज १९
पूर्वाधिकारीडा. रेवतबहादुर कार्की

मोरङ जिल्लामा विक्रम सम्वत २०१९ साल माघ १० गते जन्मिएका ढुङ्गाना २०४२ सालदेखि २०४६ सालसम्म नेपाल राष्ट्र बैङ्कमा काम गरेका थिए। विक्रम सम्वत २०४६ सालमा राष्ट्र बैङ्कमा जागिर सुरु गरेका थिए। नेपाल राष्ट्र बैङ्कमा ३० वर्ष काम गरेर ढुङ्गानाले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए। उनले कार्यकारी निर्देशक हुँदा विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा कलामा स्नातकोत्तर र बेलायतबाट व्यापार वित्तमा व्यवसाय प्रबन्धनमा स्नातकोत्तर गरेका उनले धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए।

बर्खास्ती सम्पादन गर्नुहोस्

भीष्मराज ढुंगानामाथि सर्वोत्तम सिमेन्टको संस्थापक सेयर छोरीको नाममा खरिद गरेको आरोप लागेको थियो। ढुंगानाले "सेयर बजारमा सूचीकृत भइनसकेको कम्पनी बोर्डको नियमनभित्र नपर्ने र विवाहित छोरीले नै खरिद गरेकाले कानुन विपरीत कुनै कार्य नभएको" भन्दै आफ्नो सफाइ व्यक्त गरेका थिए।

२०७८ असोज १९ मा सरकारले भीष्मराज ढुंगानालाई धितोपत्र बोर्डका अध्यक्षको पदबाट बर्खास्त गरेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुङ्गानाद्धारा पदभार ग्रहण"। रातोपाटी। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  2. "धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना"। नागरिक खबर। सङ्ग्रह मिति १० नोभेम्बर २०२०