जेम्स पीस
केनेथ जेम्स पीस (अंग्रेजी: Kenneth James Peace) को जन्म पेस्लेमा २८ सितम्बर, १९६३ भएको हो। उनी एकजना स्कटिस संगीतकार, पियानोवादक एवम् मञ्च कलाकार हुन्।
जीवनी
सम्पादन गर्नुहोस्जेम्स पीसको जन्म २८ सितम्बर, १९६३ मा स्कटल्यान्डको पेस्लेमा (अंग्रेजी: Paisley) भएको थियो। उनले आफ्नो बाल्यकालको अधिकांश समय स्कटल्यान्डको पश्चिममा अवस्थित समुद्री किनारको रिसोर्ट हेलेन्सबर्गमा (अंग्रेजी: Helensburgh) बिताएका हुन्।[१][२]
उनका परिवारमा धेरै कलाकारहरू थिए (जस्तै जोन म्याकघी, अंग्रेजी: John McGhie), र उनी २० औं शताब्दीको पूर्वाद्धमा लोकप्रिय रहेको नृत्य संगीतको रचनाकार फेलिक्स बर्न्ससँग (अंग्रेजी: Felix Burns) पनि सम्बन्धित छन्।[१][३] उनले आठ वर्षको उमेरबाट पियानोको तालिम ग्रहण गरे। उनले आफ्नो पहिलो सार्वजनिक प्रदर्शन चौध वर्षको कलिलो उमेरमा स्कट जोप्लिनको संगीतमा (अंग्रेची: Scott Joplin) सहभागी कलाकारका रूपमा प्रदर्शन गरेका हुन्। सोह्र वर्षको उमेरमा उनी रोयल स्कटिस संगीत नाटक अकादमी (अहिले Royal Conservatoire of Scotland भनिन्छ)[१][२][३][४] मा सबैभन्दा कान्छो पूर्णकालिक विद्यार्थीको रूपमा भर्ना भएका थिए। सन् १९८३ मा उनले ग्लासगो विश्वविद्यालयबाट पियानो शिक्षण बीए डिग्रीसहित स्नातक गरे।[४][५] अर्को वर्ष उनले RSAMD[६] अर्केस्ट्रासँग मेन्डेलसोनको (चर्मन भाषा: Mendelssohn) पियानो कन्सर्टो नम्बर १ जादूमय पियानो बजाएर संगीत प्रदर्शनमा डिप्लोमा प्राप्त गरे।[१] औपचारिक शिक्षा पूरा गरेपछि उनको पियानोवादकको रूपमा धेरै माग हुनथल्यो र उनी १९८८-१९९१-मा एडिनबर्गमा (अंग्रेची: Edinburgh) बसे।[१][२]
जेम्स पीस १९९१-२००९ मा ब्याड नेउहेम (जर्मन भाषा: Bad Nauheim), जर्मनी (जर्मन भाषा: Bundesrepublik Deutschland)[६][७][८] मा बस्नपुगे। १९९८ बाट उनले ट्याङ्गोको अध्ययन गरे, आफ्नै ट्याङ्गो-प्रेरित पियानो रचनाहरूको सीडी ट्याङ्गो एस्कोस ʺस्कटिस ट्याङ्गोʺ (Tango escocés)[८][९] उत्पादन गर्नथाले। २००२ मा उनी भिक्टोरिया संगीत कलेजको मानद सदस्य (अंग्रेची: ʺFellowʺ)[३][८] बने। उनी सोही वर्ष सितम्बर/अक्टोबरमा उत्तरी जर्मनी र नोभेम्बरमा सुदूर पूर्व एकल कन्सर्ट टूरमा गए,[१०] हङकङमा आफ्नो ʺट्याङ्गो XVIIʺ को पहिलो प्रदर्शन गरे।[८][९][१०][११][१२]
त्यसपछिका वर्षहरूमा उनको प्रदर्शन युरोपमा केन्द्रित भयो। उनले आफ्नै ट्याङ्गोहरू आम्सटर्डम, एथेन्स,[१३] बर्लिन,[१४] ब्रुसेल्स, हेलसिङ्की,[१५] लिस्बन,[१६] लन्डन, म्याड्रिड,[१७] ओस्लो,[१८] रेक्जाभिक[१९] अनि भियना[२०] जस्ता राजधानी शहरहरूमा प्रदर्शन गरे ।
२००८ मा उनको ट्याङ्गो सेवालाई कदर गर्दै उनलाई लन्दन संगीत कलेजमा मानद सदस्यता (अंग्रेची: ʺFellowʺ) प्रदान गरियो।[१] एडिनबर्गमा अल्पअवधि बिताएपछि उनी फरवरी २०१० मा जर्मनी फर्के अनि र विस्बाडेनमा (जर्मन भाषा: Wiesbaden) बस्न थाले ।[१][३] यसले नयाँ सिर्जनात्मक कार्यका लागि उनलाई उत्प्रेरित गऱ्यो र उनले आफ्नै केही रचनाहरूका लघु फिल्महरू निर्माण गरे। ʺजेम्स पीस इन विस्बाडेनʺ वृत्तचित्र उनका सिर्जनाहरू मध्ये प्रमुख हो।[२१][२२]
पुरस्कार तथा सम्मान
सम्पादन गर्नुहोस्● प्रथम पुरस्कार, ʺAgnes Millar Prize for Sight Readingʺ प्रतियोगिता, ग्लासगो, १९८३[४]
● प्रथम पुरस्कार, ʺDunbartonshire E.I.S. Prize for Piano Accompanimentʺ प्रतियोगिता, ग्लासगो, १९८४[४]
● सिबेलियस निबन्ध पुरस्कार, ग्लासगो, १९८५[४]
● मानद डिप्लोमा, ʺT.I.M.ʺ अन्तर्राष्ट्रिय गीतलेख प्रतियोगिता, रोम, २०००[१][२][५]
● मानद डिप्लोमा, ʺIBLAʺ फाउन्डेशन, न्यूयोर्क, २००२[१][२][५]
● स्मारक पदक (प्रथम श्रेणी), अन्तर्राष्ट्रिय पियानो डुओ संघ, टोकियो, २००२[१][२][५][२३]
● स्वर्ण पदक, "लुटेस" अन्तर्राष्ट्रिय अकादमी, पेरिस, २००८[१][२]
प्रमुख कृति
सम्पादन गर्नुहोस्झरना (अंग्रेजी: The Waterfall)[२१][२४]
• काव्य (अंग्रेजी: Idylls)
• बिहानीको प्रेम संगीत (प्फ्रान्सेली: Aubade)
• साैन ऑंसुहरू (अंग्रेजी: Silent Tears)
• बिर्सिएका पातहरू (अंग्रेजी: Forgotten Leaves)
• ओबो सोनाटा (अंग्रेजी: Sonata for oboe and piano)
• बालाट (फ्रान्सेली भाषा: Ballade)
• औपचारिक सार्च नं. १ (अंग्रेजी: Ceremonial March No.1)
• औपचारिक सार्च नं. २ (अंग्रेजी: Ceremonial March No.2)
• शरद सुन (अंग्रेजी: Autumn Gold)[२५]
• अनन्त गीत (अंग्रेजी: Eternal Song)
• ʺजर्जियाका लागिʺ (चर्चिस स्प्रेच: საქართველოსთვის)
(गीत : तमर चिक्भाइडेज्, जुराब चिक्भआइडेज अनि जेम्स पीस)
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ Birgitta Lampert. ʺʹकॉंटेदारʹ आवाच बिनाʺ। Wiesbadener Tagblatt (चर्मन अखबार), १० फेब्रुअरी, २०११
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ २.६ Julia Anderton. ʺट्यङ्गाे जस्तै एउटा तीतो मिठो कथाʺ। Wiesbadener Kurier (चर्मन अखबार), २४ मार्च, २०१२
- ↑ ३.० ३.१ ३.२ ३.३ Sabine Klein. ʺमेरो संगीत म चस्तै छʺ – अेरै मनाेमʺ। Frankfurter Rundschau (चर्मन अखबार), १९९२, नं. २५४, पु: २
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ G. Müller. ʺपियानाेको आत्माले ट्याङ्गो नाज्छʺ. Kulturspiegel Wetterau (चर्मन पन्रिका)। १७ मार्च, २००१, पु: ५
- ↑ ५.० ५.१ ५.२ ५.३ Deutsche Nationalbibliothek. ʺ James Peace ʺ
- ↑ ६.० ६.१ FRIZZ (चर्मन पन्रका)। चनवरी, २००१, पु: ५
- ↑ Manfred Merz. ʺएक मर्चुओसिक र संवेदनशील रंगीरम संसारʺ. Wetterauer Zeitung (चर्मन पन्रका), १२ डिसेम्बर, १९९२, page १९
- ↑ ८.० ८.१ ८.२ ८.३ The Tango Times (न्य याेर्क पनन्रिकामा)। संस्करण २००२/२००३ (३९). पु: १ - ५
- ↑ ९.० ९.१ ९.२ National Library of Scotland. ʺTango escocésʺ
- ↑ १०.० १०.१ La Cadena (डच पन्रिका)। सेप्टेम्बर, २००२, पु: २६
- ↑ TangoTang (हङकङ). समाचार पन्र, ८ अक्टोबर, २००२
- ↑ ʺ James Peace ʺ. South China Morning Post (हङकङ अखबारमा)। ९ अक्टोबर, २००२
- ↑ कन्सर्ट कार्यक्रम पुस्तिका {Για σένα, Αγγελική}। एथेन्स, १६ मे २०१६
- ↑ Tangodanza (चर्मन पन्रिका)। संस्करण १-२००२ (९)
- ↑ कन्सर्ट पोस्टर (फिनल्यणडको कन्सर्ट थ्रमण, २०१४)
- ↑ कन्सर्ट पोस्टर (पुर्तणाल, २०१६)
- ↑ कन्सर्ट पोस्टर «¡Feliz cincuenta cumpleaños, 2013!» (स्पेन, २०१३)
- ↑ Listen.no. Konsert, James Peace (flygel). Munch Museum, ओस्लो, १६ अक्टेबर, २००४
- ↑ Ríkarður Ö. Pálsson. “Skozir Slaghörputangoár”. Morgunblaðið (आइसल्यणडको अखबार). १४ ओस्लो, २००४
- ↑ कन्सर्ट कार्यक्रम पुस्तिका (भियना), २३ जनवरी, २००५
- ↑ २१.० २१.१ Deutsche Nationalbibliothek. ʺK. James Peace in Wiesbadenʺ
- ↑ २२.० २२.१ National Library of Scotland. ʺK. James Peace in Wiesbadenʺ
- ↑ International Piano Duo Association (टोकिया)। पुरस्कार विचेताहरूको सूची, २००२
- ↑ Staatstheater Wiesbaden. कन्सर्ट कार्यक्रम पुस्तिका, सेप्टेम्बर १२-१९, २०२१
- ↑ Schwäbische Post (जर्मन अखबार)। ʺभायाेलिनको आवाज आकैस्ट्रा माथि उड्छʺ. ४ जुन, १९९४