जामुन
जामुन (वैज्ञानिक नाम : Syzygium cumini) एक सदाबहार वृक्ष हो जसको फलहरू बैंगनी रंगका हुन्छन् ( लगभग एक देखि दुई से.मी. व्यास को)। यो वृक्ष नेपाल लगायत भारत एवं दक्षिण एसियाको अन्य देशहरू एवं इन्डोनेसिया आदिमा पाइन्छ।
Jambul(জাম) | |
---|---|
Jambul (Syzygium cumini) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. cumini
|
वैज्ञानिक नाम | |
Syzygium cumini (L.) Skeels. | |
पर्याय[स्रोत नखुलेको] | |
|
यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदिको नामबाट चिनिन्छ। प्रकृतिमा यो अम्लीय र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई नुनको साथ खाईन्छ।
जामुनको फल ७० प्रतिशत खाने योग्य हुन्छ। यसमाग्लूकोज र फ्रक्टोज दुई मुख्य तत्वहरू हुन्छन्। फलमा खनिजको संख्या अधिक हुन्छ। अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ। एक मध्यम आकारको जामुन ३-४ कैलोरी दिन्छ। यस फलको बीजमा काबरेहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिकता हुन्छ। यो फलाम तत्वको ठूलो श्रोत हो। प्रति १०० ग्राममा एक देखि दुई मि.ग्रा. आइरन हुन्छ। यसमा विटामिन बी, कैरोटिन, मैग्नीशियम र फाइबर हुन्छ।