जगन्नाथ मन्दिर, पुरी
पुरीको श्री जगन्नाथ मन्दिर एउटा हिन्दु मन्दिर हो, जुन भगवान जगन्नाथ (श्रीकृष्ण) मा समर्पित रहेको छ । यो भारतको उडिसा राज्यको तटवर्ती शहर पुरीमा अवास्थित रहेको छ । जगन्नाथ शब्दको अर्थ जगतको स्वामी हुन्छ । भगवान श्रीकृष्ण नगरीलाई नै जगन्नाथपुरी वा पुरी भन्ने गरिन्छ । [१][२] यस मन्दिरलाई हिन्दुहरूको चार धाम मध्ये एकको रूपमा गनिन्छ । यो वैष्णव सम्प्रदाय को मन्दिर हो जुन भगवान विष्णुको अवतार श्रीकृष्णमा समर्पित छ । [३] यस मन्दिरको बार्षिक रथयात्रा उत्सव बिश्व प्रसिद्ध रहेको छ । रथयात्रामा मन्दिरका तीनै मुख्य देवता, भगवान जगन्नाथ, उनको ठुलो भ्राता बलभद्र र भगिनी सुभद्रा तीनटै, तीन बेग्ला-बेग्लै भव्य र सुसज्जित रथमा विराजमान भएर नगरको यात्रामा निस्किने गरेका छन् । भारतको इतिहासमा मध्य-काल देखिनै यो उत्सव साह्रै हर्षोउल्लासका साथ मनाउने गरिएको छ । यो संगै यो उत्सव भारतको अन्य धेरै वैष्णव कृष्ण मन्दिरहरूमा मनाउने गरिन्छ र तिनको नगर परिक्रमा गराउने गरिन्छ । [४] यो मन्दिर वैष्णव परमपरा र सन्त रामानन्द सँग जोडिएको छ । यो गौडीय वैष्णव सम्प्रदायको लागि अत्यन्त महत्त्व राख्दछ । [५]
जगन्नाथ मन्दिर, पुरी | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | पुरी |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | पुरी |
राज्य | उडिसा |
देश | भारत |
वेबसाइट | http://jagannath.nic.in/ |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | कलिंग वास्तुकला |
निर्माता | अनन्तभरमन छोडगंगा देब |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ वैदिक कॉन्सेप्ट्स"
- ↑ सिंबल ऑफ नेश्नलिज्म वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-१४ मिति
- ↑ "जगन्नाथ मन्दिर", अन्तिम पहुँच २००६-०९-१२।
- ↑ "Juggernaut", अन्तिम पहुँच २००६-०९-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
- ↑ "भाक्तिवेदांत वेद बेस", अन्तिम पहुँच २००६-०९-१२। वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-३० मिति