जगतसुन्दर मल्ल

नेपाली शिक्षाविद र लेखक
(जगत सुन्दर मल्लबाट अनुप्रेषित)

जगत सुन्दर मल्ल (सन् १८८२ - सन् १९५२) एक नेपाली शिक्षाविद र लेखक थिए जसले साधारण जनतालाई शिक्षा दिनमा आफ्नो जीवन समर्पित गरे ।[१][२]

जगत सुन्दर मल्ल
सन् १९१५ मा प्रकाशित जगत सुन्दर मल्लद्वारा इसपका दन्तकथाहरूको नेपाल भाषामा अनुवाद

आधुनिक शिक्षाको विरोधी राणा शासनको बेला उनले सरकारको विरुद्ध गई आफ्नै घरमा पाठशालाको स्थापना गरेका थिए ।[३][४][५] उनले अङ्ग्रेजी सिक्नुको महत्त्वमा जोड दिन्थे र बालबालिकाले मातृभाषामा छिटो सिक्छन् भन्ने विश्वास राखी अङ्ग्रेजी पुस्तकहरूलाई नेपालीनेपाल भाषामा अनुवाद गर्थे ।[६][७] उनलाई नेपाल भाषाका चार स्तम्भमध्ये एकको रूपमा सम्मान गरिएको छ ।[६]

बाल्यकाल र व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

मल्लको जन्म भक्तपुरको खौमामा पिता विष्णुधर र माता जगत लक्ष्मीको छोराको रूपमा भएको थियो । १० वर्षको उमेरमा दरबार हाई स्कुलमा भर्ना हुन उनी आफ्नो परिवारसित काठमाडौँको असनमा सरेका थिए । दरबार हाई स्कुलमा कक्षा १० पुरा गरेपछि उनी कोलकाताको स्कटिश चर्च स्कुलमा पढ्न गए । उनको विवाह जनक लक्ष्मी मल्लसँग भएको थियो ।

कार्य जीवन सम्पादन गर्नुहोस्

मल्लले सन् १९१३ मा भक्तपुरको खौमामा पाठशालाको स्थापना गरे जहाँ उनी अङ्ग्रेजी र नेपाल भाषा सिकाउँथे ।[८] सन् १९१६ मा मल्ल र उनका भाइ, पद्म सुन्दर मल्ल नेपालमा अनुपलब्ध उच्च शिक्षा पाउन जापान गएका थिए । दुबै जनाको लागि पर्याप्त पैसा नभएकाले उनी भारत फर्के ।[२]

पहिलो विश्वयुद्धको बिचमा भारत फर्केका मल्ललाई जासूसीको आरोपमा ब्रिटिश भारतीय सरकारले पक्राउ गरेको थियो । नेपाल सरकारले उनी नेपाली नागरिक भएको प्रमाण नदिनुसम्म उनलाई डेढ वर्षका लागि दरभंगामा कैद गरिएको थियो । सन् १९१७ मा नेपाल फर्केका मल्ललाई आधिकारिक अनुमतिबिना नेपाल छोडेको हुनाले सजाय दिएको थियो ।[९] मानसिक तनाव सहनुपरेपनि उनले पढाउने र किताब लेख्ने कामलाई निरन्तरता दिइराखे ।

कृति सम्पादन गर्नुहोस्

  • अङ्ग्रेजी-नेपाल भाषा-अङ्ग्रेजी शब्दकोश
  • ईसोपं दएकातगु बाखं (सन् १९१५ मा प्रकाशित इसपका दन्तकथाहरूको नेपाल भाषामा अनुवाद)
  • पर्वतियामा अङ्ग्रेजी व्याकरण
  • गोर्खाली अङ्ग्रेजी प्रथम पुस्तक
  • नेपाली अङ्ग्रेजी प्रथम पुस्तक (नेपाल भाषा)

विरासत सम्पादन गर्नुहोस्

अक्टोबर २५, १९९२ मा उनको सम्मानमा भक्तपुर नगरपालिकाद्वारा भक्तपुरमा एक शालिक खडा गरिएको थियो ।[२] सन् १९९१ मा काठमाडौँमा खुलेको नेपाल भाषा विद्यालयको नाम उनको सम्मानमा जगत सुन्दर व्यनकथि राखिएको छ ।[१०] काठमाडौँ महानगरपालिकाले काठमाडौँको एक सडकको ऐतिहासिक खण्डलाई जगत सडक मार्ग नाम दिएको छ ।[११]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. डन मेसरश्मित (जून २००९), "कोइलाको टुक्रा र कविको जन्म", इसिएस नेपाल, मूलबाट डिसेम्बर १८, २०११-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-१८ मिति
  2. २.० २.१ २.२ एडम्स, बर्बरा (सन् २००४), "मास्टर जगत सुन्दर मल्ल: आफ्नो समय अघिको भविष्यवक्ता", बर्बराको नेपाल, एड्रोइट पब। आइएसबिएन ८१८७३९२४४४
  3. सावद, आन्ड्रेया मेटल्स, सम्पादक (सन् १९९१), "राणा शासनमा शिक्षा", नेपाल: देशको अध्ययन, संयुक्त राज्य कांग्रेस पुस्तकालय। 
  4. होएक, बर्ट भान डेन; श्रेष्ठ, बाल गोपाल (जनवरी १९९५), "मातृभाषामा शिक्षा: नेपाल भाषा", सिएनएएस जर्नल, पृ: ७४। 
  5. हृदय, चित्तधर (सन् १९८२, तेस्रो संस्करण), झिगु साहित्य ("हाम्रो साहित्य"), काठमाडौँ: नेपाल भाषा परिषद, पृ: ८४ ।
  6. ६.० ६.१ "नेपाली अध्ययनमा योगदान, २२ औँ संस्करण", त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन केन्द्र, सन् १९९५, पृ: ७४। 
  7. तुलाधर, प्रेम शान्ति (सन् २०००), 'नेपाल भाषा साहित्यया इतिहास: नेपाली साहित्यको इतिहास, काठमाडौँ: नेपाल भाषा परिषद, आइएसबिएन ९९९३३-५६-००-X, पृ: ८८ ।
  8. हृदय, चित्तधर (सन् १९८२, तेस्रो संस्करण), झिगु साहित्य ("हाम्रो साहित्य"), काठमाडौँ: नेपाल भाषा परिषद, पृ: ८५ ।
  9. तुलाधर, कमल रत्न (अप्रिल २६, २००९), "अमेरिका पुग्ने पहिलो नेपाली", द काठमाडौँ पोस्ट, पृ: ६। [dead link]
  10. गेल्नर, डेभिड एन. (सन् २००४), "काठमाडौँ र ललितपुरका बालबालिकाका आवाज", एसियाली र अफ्रिकी अध्ययन पत्रिका, पृ: ८।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  11. "सडक नेटवर्क नक्सा", काठमाडौँ महानगरपालिका, मूलबाट अक्टोबर ६, २०११-मा सङ्ग्रहित।