इसपका दन्तकथाहरू
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख सेप्टेम्बर २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (सेप्टेम्बर २०१२) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
इसप युनान (ग्रिस) देशमा जन्मेका थिए । उनको जन्म झण्डै छब्बिस सय वर्षअघि इसापूर्व ६२० मा भएको थियो । त्यस बेला ग्रिसमा दासप्रथा थियो । इसप पनि दास थिए । उनले पालैपालो दुई जना मालिकको घरमा काम गरेका थिए । उनको साहित्यमा रुचि र विद्वत्ता देखेर दोस्रो मालिकले इसपलाई दासबाट मुक्ति दिएका थिए ।
त्यसबेला ग्रिसमा गणतन्त्र थियो । नागरिकहरू सार्वजनिक विषयमा भाग लिन स्वतन्त्र थिए । इसपले पनि यस्तै सार्वजनिक चासोका सभाहरूको उपयोग गरेर दासको जीवनबाट सम्मानित जीवन पाउन सफल भएका थिए । उनले छिमेकी देशहरू घुमे । उनले त्यसबेलाका दार्शनिकहरू र विद्या र कलाको सम्मान गर्ने व्यक्तिहरूसँग भेटने सभा र वादविवादहरूमा भागलिने अवसर पाए र सम्मानित भए ।
त्यस बेला ग्रिस धेरै गणतन्त्रहरूमा बाँडिएको थियो । इसप प्रायः सबै गणतन्त्रहरूमा घुमिरहन्थे । उनलाई उच्चस्तरको राजकीय कामको जिम्मा पनि दिइन्थ्यो । यस्तो काम अहिलेको राजदूतको जस्तो हुन्थ्यो । एक पटक उनलाई डेल्फीमा गएर त्यहाँका नागरिकहरूलाई पैसा बाँडने जिम्मा दिइयो । यो कामले उनलाई मृत्युको मुखमा पुर्यायो ।
डेल्फीका मानिसहरूको लोभीपन देखेर इसपलाई यति रिस उठ्यो कि उसले आफूले ल्याएको असर्फी नबाँडिकन त्यसको मालिकलाई नै फर्काइदिए । यो घटनाले डेल्फीबासीहरू उग्र भए । उनीहरूले इसपमाथि निर्दयी भएको आरोप लगाए । उनको राजदूतको हैसियतको बाबजुद पनि डेल्फी बासीहरूले उनलाई सामान्य नागरिक सरह मृत्युदण्ड दिए ।
यो जघन्य अपराधको डेल्फीबासीहरूले धेरै पटक र ठूलो मोल चुकाउनु पर्यो । इसपको हत्या गर्नेहरूले भोग्नु परेको दुःखबाट अपराधीले सजाय पाएरै छोड्छ भन्ने भनाइ प्रचलित भयो ।
मृत्युपछि पनि इसपको सम्मान भयो । महान मूर्तिकार लिसिपसले उनको मूर्ति बनाए र एथेन्समा त्यसको स्थापना गरियो ।
इसपका बारेमा धेरै खालका किंवदन्तीहरू प्रचलित छन् । कोही उनलाई दास होइन विद्वान दार्शनिक मान्छन् । उनका कथाहरू पढदा उनी पशुपन्छीको भाषा बुझ्नसक्थे भन्ने लाग्छ । तर मानिसलाई शिक्षा दिनका लागि पशुहरूलाई पात्र बनाएर उनले रचेका कथाहरू साह्रै घतलाग्दा छन् । रचनाकालदेखि यी कथाहरूले संसारभरिका मानिसलाई मनोरंजन र ज्ञान दिइरहेका छन्
इसपका नीति कथा भनेर विश्वमा सैयौँ कथाहरू प्रचलित छन् । कैयन कथाहरू एकअर्कासँग मिल्छन् । विभिन्न देश र समुदायमा एउटै कथाका पनि बेग्लाबेग्दै रूप र उपदेश पाइन्छ । कसैकसैले विभिन्न देशका लोक कथा पनि इसपको नामसँग जोडिँदै उनकै कथाको रूपमा प्रचलित भयो भनेका छन् । कतिपय साहित्यकारहरूले इसपका नीति कथाको आधारमा आफ्नै परिवेशमा ढालेर कथाहरू रचेका छन् ।[१]