चित्रशिर बगेडी
चित्रशिर बगेडी नेपालमा पाइने एक प्रकारको चराको नाम हो।
चित्रशिर बगेडी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | E. rustica
|
वैज्ञानिक नाम | |
Emberiza rustica Pallas, 1776 |
शारीरिक विबरण
सम्पादन गर्नुहोस्चित्रशिर बगेडी टड्कारो देखिने टाउकोको बुट्टाहरू (चौडा आँखीभौँ, तालुछेउ र कानढकनीको गाढा किनारा) छातीमा कैला ठाडा धर्सा, सेता पेट, कैलो गर्दन र स्पष्ट सेतो मध्य ढकनीरेखी भएको हुन्छ । तालुका प्वाँखहरु बारम्बार उठाउँदा कल्की परेकको देखिने हुन्छ ।
भौगोलिक वासस्थान
सम्पादन गर्नुहोस्चित्रशिर बगेडी उत्तरी युरोप तथा एसियाका १४ वटा देशहरूमा पाइएको अभिलेख छ । यो चरा हिउँदको समयमा नेपाल लगायत दक्षिण-पूर्वी एसिया, पूर्वी चिन र जापानमा बसाई सर्ने गर्छ ।
प्रमुख वासस्थान
सम्पादन गर्नुहोस्चित्रशिर बगेडी खेतबारीका झाडी तथआ जङ्गलका खुल्ला भागहरूमा पाइने गर्छ । यो प्रजातीले सल्ला, भोजपत्र तथा बैँश भएका अथवा अन्य पतझड रूखहरू भएका तल्लो ओसिलाभूभागमा प्रजनन् गर्दछ ।
खतराहरू तथा संरक्षण अवस्था
सम्पादन गर्नुहोस्विश्वमै दुर्लभ मानिने यो प्रजाती संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । वासस्थानको विनासका कारण पनि यिनीहरूको संख्यामा गिरावट आएको छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Emberiza rustica", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- ओबिसी वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२० मिति चित्रशिर बगेडीको ११ तस्वीरहरू