चाउमिन (/ˈ ˈmn//ˈ ˈmn/, सरलीकृत चिनियाँ: 炒面; परम्परागत चिनियाँ: 炒麵) एक चिनियाँ प्रचलित खानाको परिकार हो। यो सागसब्जी, मासु, अण्डा वा टोफुसँग बनाइने एक परिकार हो। समयकालसँगै चीनका धेरै क्षेत्रहरूमा चाउमिनको विभिन्न भिन्नताहरू विकसित भएका थिए।[१] यो चिनियाँ आप्रवासीहरूद्वारा विश्वका अन्य देशहरूमा परिचित गरिएको थियो।[२] यो परिकार चिनियाँ क्षेत्र भरि लोकप्रिय छ र विदेशमा अधिकांश चिनियाँ रेस्टुरेन्टहरूको खाना तालिकामा देखा पर्दछ। यो विशेष गरी भारत[३], नेपाल[४], बेलायत[५], र अमेरिकामा लोकप्रिय छ।

चाउमिन
चाउमिनसहितको प्लेट
परिकारमुख्य खाना
उत्पत्ति स्थानचीन
क्षेत्र वा राज्यग्वानडोङ
खान उपयुक्ततातो
मुख्य सामग्रीहरूनुडल्स, सोय सस, सागसब्जीहरू

उत्पति सम्पादन गर्नुहोस्

'चाउमिन' चिनियाँ शब्द 'चाओमियन' (सरलीकृत चिनियाँ: 炒面; परम्परागत चिनियाँ: 炒麵)को अमेरिकीकरण हो।[६] यसको उच्चारण क्यान्टोनेली उच्चारण चाओमिनबाट आउँछ। यो शब्द पहिलो पटक अङ्ग्रेजी (संयुक्त राज्य अमेरिका)मा सन् १९०६ मा प्रयोग गरिएको थियो।[७] चाउमिन शब्दको अर्थ 'तारेको चाउचाउ' हो, जसलाई अङ्ग्रेजीमा 'फ्राइड नुडल्स' भन्ने गरिन्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Smith, Andrew F. (२०१३), The Oxford encyclopedia of food and drink in America 1 (2 संस्करण), Oxford University Press, पृ: 403–404, आइएसबिएन 978-0-19-973496-2, ओसिएलसी 781555950 
  2. Cho, Lily (२०१०), Eating Chinese, University of Toronto Press, पृ: ५१, आइएसबिएन 9781442659995 
  3. Ahuja, Aashna (२०१५-११-२७), "Indian Chinese Cuisine: India's Love Affair with Chinese Food", NDTV, मूलबाट २०१६-०१-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०३ 
  4. Bindloss, Joseph (२०१०), Nepal: Country Guide Series, Lonely Planet guidebooks, Lonely Planet, पृ: ६५, आइएसबिएन 9781742203614 
  5. Mason, Laura (२००४), Food Culture in Great Britain, Greenwood Publishing Group, पृ: १६३, आइएसबिएन 9780313327988 
  6. Smith, Andrew F. (२०१३), The Oxford encyclopedia of food and drink in America 1 (2 संस्करण), Oxford University Press, पृ: 403–404, आइएसबिएन 978-0-19-973496-2, ओसिएलसी 781555950 
  7. Wilkinson, Endymion Porter (२०००), Chinese history : a manual (Rev. and enl संस्करण), Cambridge, Mass.: Published by the Harvard University Asia Center for the Harvard-Yenching Institute, पृ: 648, आइएसबिएन 0-674-00247-4, ओसिएलसी 42772193