ग्यारेथ बेल

वेल्स फूटबल टिमका खेलाडी

ग्यारेथ फ्र्याङ्क बेल (जन्म १६ जुलाई १९८९) वेल्सबाट खेल्ने फुटबल खेलाडी हुन् । उनी हाल व्यावसायिक रूपमा रियल म्याड्रिडबाट विङ्गरबाट खेल्छन । ग्यारेथले व्यावसायिक फुटबलको सुरुवात सन् २००६ मा साउथह्याम्प्टनबाट लेप्ट ब्याक्क का रूपमा गरेका थिए ।छिट्टै वहाँ इङ्गलिस प्रिमीयर लिगमा फ्री-किक विशेसज्ञको रूपमा चर्चित भएका थिए । सन् २००६/२००६ सिजन पछि टोटन्ह्याम हट्स्पर कलबमा आबद्ध भए र २०१२/१३ सिजन सम्म सोहि क्लबमा खेले ।टोटनह्याम हट्स्परमा हुदा १४६ खेलमा ४२ गोल ३१ असिस्ट गरेका थिए र १५ पहेलो कार्ड र १ रातो कार्ड पाएका थिए ।

ग्यारेथ बेल
बेल २०१८ मा रियल म्याड्रिडको तर्फबाट
व्यक्तिगत जानकारी
पुरा नाम ग्यारेथ फ्र्यांक बेल[१]
जन्म मिति (1989-07-16) १६ जुलाई १९८९ (उमेर ३४)[१]
जन्म स्थान कार्डिफ, वेल्स
उचाइ १.८६ मी (६ फिट १ इन्च)[२]
खेल्ने स्थान(हरू) विङ्गर
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या ११
युवा करियर
कार्डिफ जनसेवा
१९९९-२००६ साउथह्याम्पटन एकेडमी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६-२००७ साउथह्याम्प्टन ४० (५)
२००७-२०१३ टोटनह्याम हट्स्पर १४६ (४२)
२०१३– रियल म्याड्रिड १७१ (८०)
२०२०– → लाेन टोटनह्याम हट्स्पर (०)
अन्तर्राष्ट्रिय करियर
२००५-२००६ वेल्स राष्ट्रिय अन्डर-१७ फुटबल टिम (१)
२००६ वेल्स राष्ट्रिय अन्डर-१९ फुटबल टिम (१)
२००६-२००८ वेल्स राष्ट्रिय अन्डर-२१ फुटबल टिम (२)
२००६– वेल्स ८५ (३३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ६ सेप्टेम्बर २०२०
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ सेप्टेम्बर २०२०

उनी सन् २०११ तथा २०१३ मा एपिएफ प्लेयर अफ द इअर र यङ प्लेयर अफ द इअर घोषित भएका छन् । इङगल्याण्डको प्रोफेसनल फुटबलर एशोसिएसनले २३ वर्षिय बेललाई प्लेयर अफ द इयर र यङ प्लेयर अफ द इअरबाट सम्मान गरेको थियो ।[३]

सन् २०१३ मा दुई महिनाको लामो कसरतपछि अन्ततः स्पेनी क्लव रियल म्याड्रिडले ग्यारेथ बेललाई इङ्गलिस क्लव टोटनह्याम हट्स्परबाट कीर्तिमानी रकममा ९९ सय मिललियन युरो तिरेर क्लवमा आबद्ध गरेको हो ।[४]

रियल म्याड्रिडमा उनी ११ जर्सी लगाउछन् र दाहिने अग्रपंङतीमा (राइट विंगर) खेल्दछन् ।रियल म्याड्रिडमा अहिले सम्म सबै २३१ खेलमा १०२ गोल गरेका छन् , ला लिगामा १५५ खेलमा ६८ गोल ४३ असिस्ट गरेका छन् ।

उनी राष्ट्रिय फुटबल टिममा सन् २००६ मेबाट खेल्न सुरू गरेका थिए र वेल्स राष्ट्रिय टिमबाट धेरै गोल गर्ने खेलाडि उनी हुन् ।

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

ग्यारेथ फ्र्याङ्क बेलको (बेल) जन्म सन् १९८९ जुलाइ १६ मा कार्डिफ,वेल्समा भएको थियो । उनी कार्डिफ सिटिका पुर्व फुटबलर्र किर्स पिकेका भदा हुन् ।

उन्ले प्राथमिक स्कूल व्हीचर्चमा गरेका थिए र हाई स्कूल व्हीचर्च हाई स्कूल कार्डिफमा अध्ययन गरेका थिए ।

क्लव इतिहास सम्पादन गर्नुहोस्

साउथेम्प्टन सम्पादन गर्नुहोस्

टोटनह्याम हट्स्पर सम्पादन गर्नुहोस्

रियल म्याड्रिड सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ Hugman, Barry J., सम्पादक (२०१०), The PFA Footballers' Who's Who 2010–11, Mainstream Publishing, पृ: ३१, आइएसबिएन 9781845966010 
  2. "FIFA World Cup Qatar 2022™: List of Players: Wales", FIFA, २०२२-११-१५, पृ: ३२, मूलबाट २०२२-११-३०-मा सङ्ग्रहित। 
  3. "ग्यारेथ बेल एपीएफ प्लेयर अफ दि इयर र योङग प्लेयर अफ दि इयर घोषित", हिमालय टेलीभिजन, २९ अप्रिल २०१३। [dead link]
  4. "ग्यारेथ बेल रियाल मड्रिडमा आबद्ध", इमेज खबर, १४ सेप्टेम्बर २०१३।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्