गोकर्णेश्वर महादेवको मन्दिर नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वाग्मती अञ्चलमा पर्ने काठमाडौ जिल्लाको गोकर्ण गाविसमा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । यो मन्दिर काठमाडौँको ५ माइल पूर्व गोकर्ण गाउँमा पवित्र वाग्मती नदीको किनारमा अवस्थित छ । बौद्धनाथको उत्तरपूर्व केही दूरीमा साखु जाने सडक र सुन्दरीजल जाने बाटो भएर यस तीर्थमा पुग्न सकिन्छ । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान् गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो ।

गोकर्णेश्वर मन्दिर
गोकर्णेश्वर मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाडौँ
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा
गोकर्णेश्वर महादेवको मन्दिर

नामकरणः काठमाडौलाई वराहपुराणमा पशुपति क्षेत्र भनिएको छ। यस गोकर्ण तीर्थको नामकरण 'गोकर्ण' कसरी रहन गयो भन्नेबारेमा निश्चित प्रमाण पाइएको छैन। गोकर्ण भन्नाले गाईको कान भन्ने बुझिन्छ। यति हुदाहुदै पनि यसको विभिन्न अर्थ लगाइएको पाइन्छ। नेपाली बृहत् शब्दकोशमा गोकर्णको विभिन्न अर्थहरू दिइएको छ, जसमा काठमाडौँको पूर्वोत्तरमा रहेको एक प्रसिद्ध शैव तीर्थ, भागवत् प्रसिद्ध धुन्धुकारीका भाइको नाम, गाईको जस्तो कान हुने एक मृग, गाईकाने बराठे आदि अर्थहरू लगाइएको छ। गयामा जस्तै तीर्थ भएकोले यस उत्तर गया क्षेत्रको नाम 'गोकर्ण' रहन गएको हो। यसै नामबाट भाद्रकृष्ण औसीमा मेला लाग्ने कारणले 'गोकर्ण औसी' पनि भन्ने गरिएको छ। कुनै भाषावंशावली अनुसार पाञ्चल देशका राजा वृषकर्णका छोरा गोकर्णले आˆना बाबु र आफ्नो समेत मुक्तिका लागि गोकर्णेश्वर महादेवको स्थापना गरेको ठाउ हुनाले गोकर्ण भनिएको हो।

गोकर्णेश्वरको उत्पत्तिः भगवान् गोकर्णेश्वर महादेवको उद्भवसम्बन्धी अनेक लोकोक्ति, जनधारणा र विश्वास नेपाली जनजीवनमा व्याप्त छन्। नेपाल महात्म्यमा शिवरूपी मृगको सिङलाई पितामह ब्रहृमाले महालिङ्गका रूपमा गोकर्ण वाग्मती तटमा गोकर्णेश्वरको नामले स्थापना गरेको उल्लेख छ। देवमाला वंशावली, भाषावंशावली, पशुपति पुराण आदिमा गोकर्णेश्वरको उत्पत्तिबारे चर्चा गरिएको छ।

गोकर्णको ऐतिहासिकताः गोकर्णको इतिहास केलाउँदै जाने हो भने निकै प्राचीन कालसम्म पुग्न सकिन्छ। पुरातात्विक प्रमाणको आधारमा यस क्षेत्रको इतिहासलाई राजा मानदेवको शासनकाल अर्थात् लिच्छविकालसम्म पुर्‍याउन सकिन्छ भने साहित्यिक प्रमाणको आधारमा निकै अगाडिसम्म लैजान सकिन्छ। पहिले काठमाडौँ उपत्यका उपत्यका नागदह (पोखरी)को रूपमा रहेको बेला चीनबाट आएका बोधिसत्व मञ्जुश्रीले भगवान् र मानव प्राणी दुवैको फाइदा हुनेदेखि गोकर्ण, चोभार आदि स्थानका पहाडलाई खड्गले काटी पानी बग्न सजिलो पारेका थिए। परिणामस्वरूप काठमाडौँ उपत्यकाको पोखरीको पानी बाहिर निस्की सुख्खा बस्तीयोग्य हुन पुग्यो। प्राचीन समयमा जलमग्न रहेको काठमाडौँ उपत्यकाको गोकर्णमा कहिले बस्ती बस्यो भन्नेबारे प्रमाणको अभाव छ। चागुमा प्राप्त ऐतिहासिक प्रमाणको आधारमा वि. सं. ५२१ तिर गोकर्णमा पनि बस्ती बसी सकेको मान्न सकिन्छ।

यतिमात्र नभएर किरात कालदेखि नै यस क्षेत्रमा बस्ती भई विकसित रूपमा रहेको भन्ने इतिहासकारहरूको भनाइ रहेको छ। त्यस्तै लिच्छवि राजाको दरबार मानगृह कहा थियो भन्नेबारे विभिन्न अड्कल गरिए तापनि हालसम्मको खोजबाट गोकर्णमा नै थियो भन्ने यकिन भएको छ। त्यस्तै इतिहासकारहरूले अंशुवर्माको कैलाशकूट भवन विभिन्न ठाउमा रहेको अड्कल गरेको पाइन्छ। श्यामसुन्दर राजवंशीका अनुसार साम्बपुर नै कैलाशकूट भवन भएको ठाउ हो। प्रबल मानेश्वर भनेर गोकर्णेश्वर महादेवलाई नै भनिएको हुनुपर्छ। सोही कुरालाई पुष्टि गर्ने अर्को आधार हो अंशुवर्माको संवत् ५३६ को गोकर्ण बालुवा गाउको अभिलेख हो। कैलाशकूट भवन गोकर्णको आसपास हुनुपर्छ भन्ने कुरा अभिलेखमा प्रयोग भएको अहिन्दूकोट्ट शब्दबाट स्पष्ट सङ्केत प्राप्त भएको देखिन्छ।

गोकर्णेश्वरको ऐतिहासिकताः नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर मन्दिर सत्य युगदेखि नै एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ। शक्तिसंगमतन्त्र एवं वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको महात्म्यको वर्णन गरिएकोले यहाको गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ। रावणले यही तपस्या गरी त्रैलोक्य विजय गर्ने वर पाएका थिए। त्यस्तै गोकर्ण प्राचीन तथा महत्त्वपूर्ण तीर्थ भएकोले बङ्गाली राजा धर्मपाल यहा आएका थिए। गोकर्णेश्वर महादेवको प्रस्तरलाई हेर्दा यो एउटा कालो प्राकृतिक प्रस्तर हो र यसको अवधि प्राग्ऐतिहासिक नै हो।

यो मन्दिर राजा जयस्थिति मल्लले इ.स. १४२२ मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका थिए तर सो पूर्व कसले कुन समयमा बनाएको हो अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन। यहा नेपाली संवत् ७०३ मै गोपीराना भारोले गजुरमा सुवर्ण कलश ध्वजा चढाए भने लिच्छवि राजा मानदेव प्रथमले निर्माण गराएको 'मानगृह' पनि गोकर्णमा नै रहेको, साथै मन्दिरको कलाकौशल, टुाडालमा रहेका कलाकृतिका आधारमा यो मन्दिर लिच्छविकालीन हो भन्ने पुरातत्वविद्हरूको दाबी छ। यस मन्दिरलाई १९९० सालको महाभूकम्पले विध्वंस गर्न नसक्नु पनि महत्त्वकै कुरा छ। पछि ७५ प्रतिशत दाता र २५ प्रतिशत तत्कालीन श्री ५ को सरकारबाट खर्च बोक्ने सिद्धान्तमा पुरातत्त्व विभागद्धारा जीणोद्वार कार्य गरिएको थियो। गोकर्णेश्वर मन्दिरको हेरविचार, मर्मत-सम्भार र जीर्णोद्वार कार्य विभिन्न समयमा विभिन्न संस्थाहरूबाट हुादै आएको छ।

कला र वास्तुकला: गोकर्णेश्वर मन्दिरलाई कला र वास्तुकलाको भण्डार भने पनि हुन्छ। काष्ठकलाले भरिपूर्ण यो मन्दिर कुनै पनि मल्लकालीन राम्रा मन्दिरहरू भन्दा कम छैन्। यहाका काष्ठ तोरण, टाुडाल पनि प्रशंसनीय छन्। तीन तले यो विशाल मन्दिरको माथिल्लो एक छाना तामाको पातायुक्त सुनको मोलम्बा गरिएको छ। गजुर पनि तामाको स्वर्ण मोलम्बायुक्त रहेको यो मन्दिरको तल्ला दुईवटा छाना चाहिा झिागटीले छाइएको छ। तेस्रो तथा माथिल्लो छानाको चार सुरमा शुभको प्रतीक मानिने चारवटा पूर्ण कलश झुण्ड्याइएको छ। मन्दिरको दक्षिणतर्फ प्राङ्गण छेउमा ललितत्रिपुरासुन्दरीले राखेको विशाल घण्ट रहेको छ। गोकर्णेश्वर महादेव मन्दिर ढुङ्गा, इटा र काठबाट बनेको छ।

टुँडाल: मन्दिरका टुाडालहरूले नैतिकथा, चिन्हृहरू सामाजिक क्रियाकलापको प्रस्तुति सागसागै सौन्दर्यानुभूति पनि गराइरहेको हुन्छ। यस मन्दिरको तीनवटै छानालाई काठका टुाडालले अड्याइएको छ। टुाडालमा देवी देवताका सुन्दर आकृति शैवधर्मसाग सम्बन्धित दृश्यहरू अङ्कित गरिएका छन्। यस मन्दिरमा प्रयुक्त टुडालहरूमा अश्लील र कामुक आकृतिहरू नकुदिएबाट यहाका टुडाल प्राचीन हुन् भन्न सकिन्छ। यस मन्दिरमा प्रयुक्त जम्मा ६० वटै टुडालका उच्च स्तरीय काष्ठकला भने ज्यादै प्रशंसनीय छ।

तोरण: नेपाली शैलीका मन्दिर लगायत विहार, पुराना दरबार, झ्याल आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ। गोकर्णेश्वर मन्दिरको बाहिर पूर्व मूल ढोकामाथिको साथै मन्दिरको मूल ढोकाभित्रको अर्को खण्डको चारैतिरका चार ढोकामाथि पनि एक-एकवटा गरी जम्मा चारवटा तोरण रहेका छन्। यी सम्पूर्ण तोरण मन्दिर प्रवेशद्वारको बाहिरी ढोकामाथि रहेको तोरणजस्तै स्वर्ण नै छन् भने ती तोरणहरूको केन्द्रमा पनि शिव र पार्वती उमामहेश्वरकै अवस्थामा रहेका छन्।

ढोका,झ्यालः गोकर्णेश्वर मन्दिरमा पनि चारैतर्फ तीन-तीनवटा गरी जम्मा बाह्रवटा ढोका निर्माण गरिएका छन्। चारै दिशाका बाहिरी ढोकाहरूको दाया बाया दुवैतर्फ तल भित्तामा काष्ठभैरवका भिन्न-भिन्न स्वरूप र आयुध लिएका मूर्तिहरू कुदिएका छन्। अष्ट काष्ठ भैरव मूर्ति पखेटामा रावणले बोकी हिडेका कथामा आधारित भई कुदिएका छन् र अर्कोतिर गजेन्द्रमोक्ष, वासुकीलगायतका मूर्ति काुदिएका छन्। गजेन्द्र मोक्षमाथि इन्द्राकृति, त्यससागै शवमाथि रहेको भैरव, वीरभद्र र ग्रह आदि काष्ठ मूर्तिहरू छन्। यो मन्दिरको मूल पूर्वी ढोकाभित्र अर्को खण्ड छ जहा चारैतिर चारवटा ठूल्ठूला स्वर्ण द्वारहरू र सुनको मोलम्बा गरिएका ढलोटका कार्नेस छन्। मन्दिरको गर्भगृहमा जलहरीसहितको अण्डाकार कालो ढुङ्गाको गोकर्णेश्वर शिवलिङ्ग स्थापना गरिएको छ जसलाई शिवरूपी मृग सिङको एक टुक्राको रूपमा ब्रहृमाले प्रतिस्थापन गरिएको विश्वास गरिन्छ। मन्दिरको तीनवटै तलामा गाह्रोको बीचमा मिलाएर झ्यालहरू राखिएका छन्। गोकर्णेश्वर मन्दिरको पहिलो र दोस्रो तलाको चारै दिशामा बीचमा एउटा केही ठूलो र दाया बाया एकएकवटा गरी जम्मा २८ वटा झ्याल कलाका नमूना रहेका छन्।

मन्दिरको भित्री खण्डः यस मन्दिरको ढोका, द्वार, तोरण, टुाडाल, झ्याल, ढोकाका दुवैपट्ट रहेका आठ-आठवटा काष्ठ भैरव गङ्गा, जमुना, नागकन्या र शिवगणका मूर्तिहरू, नागबेली आकृति आदि नेपालका अन्य मन्दिरहरूको तुलनामा चाखलाग्दा उत्कृष्ट र मनमोहक छन्।

यस गोकर्ण क्षेत्रमा विभिन्न धार्मिक तथा लौकिक वास्तुकलाका नमूनाहरू यत्रतत्र छरिएर रहेका छन्। गोकर्णेश्वर मन्दिरको पश्चिमोत्तर वायण्य कोणमा आठौ शताब्दीको एक पुरानो मूर्ति रहेको एउटा पार्वतीको मन्दिर रहेको छ। त्यसमा पनि प्रसिद्ध गोकर्ण मन्दिरको इशानकोणतर्फ मिश्रति शैलीको श्री ३ जङ्गबहादुरकी आमा रक्षाकुमारीले वि.स. १९११ मा निर्माण गरेको एक महìवपूर्ण गदाधर नारायण मन्दिर रहेको छ। शास्त्रमा विष्णुपादुकालाई विष्णुले पितृको उद्धार गरेको पवित्र स्थल मानिन्छ। यस मन्दिरमा रहेको विष्णुपादुकामा राखी पिण्डदान गर्‍यो भने सबैभन्दा ठूलो पुण्य मिल्ने कुरा वराह पुराणमा उल्लेख छ। पितृकृत्यको लागि गदाधरको सानित्य अत्युत्तम मानिन्छ। आˆनै महìव रहेको विष्णुपादुका स्थानमा श्राद्ध गर्दा मृतकहरूले स्वर्गमा बास पाउछन् भनी विश्वास गरिन्छ।

गोकर्णेश्वर मन्दिर वरपर पनि यात्रु, बटुवा, गुरू, साधु, पुजारी आदि विविध प्रकारका व्यक्तिहरूको विश्रामस्थल राति बास बस्न सजिलोको लागि निजी तथा सरकारी दुवैतर्फबाट थुप्रै पाटी, धर्मशाला र सतल आदि लौकिक वास्तुकलाको निर्माण हुदै आएको पाइन्छ।

कला: गोकर्णेश्वर मन्दिर वरपर प्रशस्त कलाकृतिहरू छरिएर रहेका छन्। यहा लिच्छविकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन विभिन्न कलाकृतिहरू पाइएका छन्। वि.स १९१२ मा गोकर्णेश्वर क्षेत्र वरपर बलभञ्जन पाण्डेले स्थापना गर्न लगाएका करिब ३०/३२ वटा विभिन्न देवदेवी तथा गणहरूका मूर्तिहरूमध्ये सरस्वाती, चन्द्रमा र महाकाल भैरवका मूर्ति अति नै सुन्दर छन्। यहाका केही मूर्ति त हजार वर्षभन्दा पनि पुराना छन्। मन्दिर परिसरमा चारमुखे ब्रहृमा र चित्रगुप्तका मूर्तिहरू पनि छन् जसलाई अमूल्य मूर्तिका रूपमा लिइन्छ। साथै मन्दिरको प्राङ्गण वरिपरिका जन्ती देवताहरूसमेत बलभञ्जन पाण्डेले बनाएको उल्लेख छ।

गोकर्णेश्वर मन्दिर आसपास रहेका विष्णुपादुका तीर्थ, त्रिवेणी धाम, पितामहमहातीर्थ, सप्तषिर्तीर्थ, पिङ्गला योगिनी, वाग्मती उत्तरवाहिनी तीर्थस्थल र गोकर्ण वनले महìवपूर्ण स्थान राख्छन्। गोकर्णेश्वर महादेव मन्दिर पूर्वतर्फ पवित्र उत्तरवाहिनी स्थान रहेको छ। पञ्चमुखी हनुमान र कान्तिभैरव मन्दिर बीच भएर बागद्वारबाट उत्पन्न भई बग्दै आएको पवित्र वाग्मती दक्षिणबाट उत्तरतर्फ फर्केर बगेको हुनाले यस ठाउालाई 'उत्तरवाहिनी' भनिन्छ। यो उत्तरवाहिनी क्षेत्र धार्मिक, सांस्कृतिक, एवम् ऐतिहासिक, पुरातात्विक महìवका वास्तुकला र कलाकृतिका नमुनाहरू यत्रतत्र छरिएर रहेका छन्।

गोकर्णेश्वर नित्य पूजाः गोकर्णेश्वर मन्दिरमा नित्य एवम् नैमित्तिक पूजा-पर्वहरू आˆनै किसिमका छन्। यस मन्दिरमा बिहान नित्य पूजा र बेलुकी पख आरती गर्ने परम्परा छ। यहाको नित्य पूजा तथा आरती वैदिक र तान्त्रिक विधिबाट गरिन्छ। राजा जयस्थिति मल्लले नित्य पूजाको लागि गुठीको व्यवस्था गरी दक्षिणी भट्टद्वारा पूजा गर्ने परम्पराको थालनी गरिएको यो मन्दिर सोही समयदेखि हालसम्म गुठी संस्थानकै स्वामित्वमा रहिआएको छ।

नैमित्तिक पूजा: तिथिपर्व विशेषको महìवका कारण कतिपय अवसरहरूमा गोकर्णेश्वर मन्दिरमा भीडभाडसमेत हुने गर्दछ। यहा कुशेऔंसी, कृष्णाष्टमी, साउनको सबै सोमबार, पौसे औंासी, शिवरात्रि, अक्षय तृतीया आदि अवसरहरू विशेष उल्लेखनीय छन्। हाम्रो नेपाली संस्कृतिले माता-पितालाई 'मातृदेवो भवः' र 'पितृदेवो भवः' भनी साक्षात् जीवित देवताकै रूपमा मानेको छ। त्यसैले हामी नेपालीहरूले देवतुल्य आˆना माता-पिताको स्मृतिमा मातृ एवम् पितृदिवसका दिन जीवित पितालाई तिनका सन्तानले मिष्ठान्न, अनेकौ प्रकारका लत्ताकपडा आदि चढाइ ढोग गर्ने चलन छ। माता-पिताले पनि आˆना प्यारा सन्तानलाई सुख, शान्ति, समृद्धि तथा दीर्घायुको आशीर्वादसहित सुरक्षाको अनुभूति गराउछन्। भाद्रकृष्ण औसी अत्यन्त विशिष्ट धार्मिक पर्व मात्र नभएर यो पितृसम्मानको पर्व र पारिवारिक पुनर्मिलनको सामाजिक पर्व पनि हो। कुशेऔासी, पितृभक्तिको प्रतीक र मोतीजयन्ती यी तीनै पर्वको त्रिवेणीसमेत बनेको यस पर्वले हामीलाई आफूभन्दा ठूलाको मान सम्मान र मर्यादा कायम गर्न सिकाउादछ पितृ स्मृतिमा यहा श्राद्ध पनि गरिन्छ।

गोकर्णमा पितृश्राद्धको महिमाः गोकर्ण क्षेत्रको महìव उत्तरगया महाक्षेत्र एवम् पितामहमहातीर्थका रूपमा आदिकालदेखि नै रहादै आएको विश्वास गरिन्छ। त्यसमा पनि विशेष गरेर भाद्रकृष्ण औासीमा उत्तरगया गोकर्ण पितृतीर्थमा जसले श्राद्ध गरी पिण्डदानसमेत गर्दछ त्यसले मातृकुल, पितृकुल, बन्धु-ससुराली कुलादि सय कुलको उद्धार गरी स्वयम् पनि पितृलोकमा बास गर्न पाउाछ भनी भनिएको छ। देवमाला वंशावली, नेपाल माहात्म्यमा र भाषावंशावलीमा गोकर्णको महìवमाथि प्रकाश पारिएको छ। भारतको काशीको गया गएर श्राद्ध गर्नु र यस उत्तरगयामा गएर श्राद्ध गर्नु उतिकै फलदायी हुन्छ भन्ने विश्वास गरिन्छ। त्यसैले गयाश्राद्ध गर्न भारत जान नसक्नेहरू यहा आएर श्राद्ध गर्ने गर्दछन्। प्राणीको शरीरमा शिरलाई उत्तमाङ्ग भनिएझै चन्द्रमती, सूर्यमती र वाग्मतीको सङ्गम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी देवाधिदेव भगवान् गोकर्णेश्वर महादेव र भगवान् गदाधरको दर्शन गर्नाले पितृहरू मुक्त हुन्छन्।

कुशेऔासीका दिन आˆना मृत पिताको सम्झना र शान्तिका लागि 'गोकर्णेश्वर'को मन्दिरमा गई महादेवको पूजा गरेर मृत पितालाई पिण्डदान गरिने हुदा यो दिन 'गोकर्णे औसी'को नाउले पनि प्रसिद्ध छ। गोकर्णे औसीले पिताहरूको स्मरणमा मान सम्मान र मृतात्माको मङ्गलको कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन गोकर्णजस्तो पुत्रको कामना गरेको छ।

हिन्दु तीर्थ: भदौ महिनाको औासी तिथिमा गोकर्णेश्वर महादेव नजीकै पितृको लागि पिण्ड चढाएमा पितृहरूको उद्धार हुन्छ भनी नेपाल माहात्म्यमा भनिएको छ। अर्को नेपाली पुराण हिमवत्खण्डमा गोकर्णेश्वर महादेवको मन्दिर नजीकै उत्तम पितामह -ब्रहृमाजी)को क्षेत्र छ त्यो उत्तरगया महातीर्थ हो। त्यहा वाग्मती र चन्द्रभागा नदीको सङ्गम परेको तीर्थमा पिण्डदान गर्नाले २१ पुस्ता पुर्खाको उद्धार हुन्छ भनिएको छ। हिमवत्खण्डमै यो गोकर्ण तीर्थलाई भारतको प्रख्यात गयाजस्ता दसगया जतिको पवित्र छ भनेर पनि वर्णन गरिएको छ। नेपाल महात्म्यमा गोकर्णेश्वरको वाग्मती तीर्थमा स्नान गर्नाले मनुष्यलाई शिवजीको दिव्य अविनाशी कैलाशधाम प्राप्त हुन्छ भनिएको छ।

यो क्षेत्र हिन्दू धर्मावलम्बीहरूको लागि मात्र पवित्र तीर्थस्थल नभएर बौद्धहरूको लागि पनि प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ। ब्राहृमणहरूका लागि नेपाल पशुपतिको देश हो भने बौद्धका लागि नेपाल मत्स्येन्द्रनाथको देश हो नेपालका विभिन्न शैव तीर्थहरू मध्ये गोकर्ण तीर्थ पनि एक महìवपूर्ण र प्रसिद्ध तीर्थस्थल हो। यो गोकर्ण तीर्थ प्राचीन कालदेखि नै हिन्दू र बौद्धहरूको पनि पवित्र तीर्थस्थलका रूपमा रहेको छ। गोकर्ण तीर्थ हिन्दुहरूका लागि मात्र नभएर बौद्ध महायानीहरूले पनि गोकर्णलाई द्वादश तीर्थहरूमध्ये एक जेठो र पुण्य तीर्थका रूपमा मानेका छन्। गोकर्णेश्वर महादेवलाई अष्टवैतरागमध्ये एक मानेर चौसठ्ठी शिवलिङ्गका रूपमा मानिआएका छन्।

बौद्ध महायानीहरूको धार्मिक संस्कृतिक परम्परामा गोकर्ण तीर्थको महìव मानिने विभिन्न तिथिहरू मानिएका छन्। भाद्रकृष्ण आवास्या तिथिमा गोकर्णेश्वर निकट वाग्मतीको पुण्यतीर्थमा स्नान र श्राद्ध गर्ने ठूलो मेला लाग्दछ। कुशेऔसी वास्तवमा हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीहरूका लागि पितृ स्मरण गर्ने महìवपूर्ण दिवस हो। यस दिन गोकर्ण तीर्थमा हिन्दू तथा बौद्ध दुवै भक्तहरूको पितृलाई श्राद्धतर्पण आदि दिन विशेष भीड लाग्दछ। धार्मिक सहिष्णुतामा विश्वास गर्ने सम्पूर्ण नेपाली चाहे हिन्दू होस् अथवा बौद्ध सागसागै बसी पूजा गर्ने गर्दछन्। हिन्दुहरू यस मन्दिरमा रहेको लिङ्गलाई महादेव र बौद्धहरू गगनगञ्ज बोधिसत्वको रूपमा पूजाआजा गर्दछन्।

उपसंहार: समग्रमा नेपाल प्राचीन कालदेखि नै धार्मिक स्थलका रूपमा प्रख्यात छ। यी विभिन्न धार्मिक महìवका स्थलहरूमध्ये गोकर्णेश्वर क्षेत्र पनि एक हो। यो क्षेत्र धार्मिक, सांस्कृतिक स्थलका रूपमा मात्र नभएर कला, वास्तुकला, पुरातात्विक र ऐतिहासिक स्थलका रूपमा समेत प्रसिद्ध छ। नेपालको धार्मिक, सांस्कृतिक, राजनीतिक इतिहासबारे प्रकाश पार्ने केही अभिलेखहरू यहा रहेका छन्। हिन्दुका साथै बौद्ध अनुयायीको पनि महìवपूर्ण पवित्र धार्मिक तीर्थस्थल तथा सांस्कृतिक पुरातात्विक दृष्टिले खुला सङ्ग्रहालयको रूपमा शताब्दीऔदेखि महत्त्वपूर्ण स्थान राख्दै आएको छ। कला र संस्कृति भनेको राष्ट्रको ढृकढुकी हो। यस्ता धार्मिक, सांस्कृतिक महत्त्वका वस्तुहरू राष्ट्रका अमूल्य निधि र राष्ट्रको मौलिकता एवम् संस्कृतिका मूर्त रूपहरू हुन्। तसर्थ यो गोकर्ण क्षेत्रका सांस्कृतिक सम्पदाहरूको योजनाबद्ध स्याहार, सम्भार, संरक्षण, सुरक्षा, सम्बर्द्धनमा अनुकूल वातावरणको तयारी, योजनाहरूको तर्जुमा र कार्यान्वयन आवश्यक छ। तब मात्र हाम्रा पुर्खाहरूले नासोका रूपमा सुम्पेका यी अमूल्य सम्पदाहरू भोलिका पुस्तामा हस्तान्तरण गर्न सकिनेछ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्