दुई देश वा समूह बिचको यस्तो सङ्घर्षलाई छद्मयुद्ध (proxy war/प्रोक्सी वार) भनिन्छ जुनमा ती कुनै पक्ष सिधा अर्को पक्षसँग सङ्घर्ष गर्दैन तर अर्को तेश्रो शक्ति को उपयोग गरेर दोश्रो पक्षलाई हानी पुर्याउछ।[१] द्वितीय विश्वयुद्ध पश्चात विश्वमा छद्मयुद्ध निकै साधारण बन्यो। यति मात्र होइन, २० औँ शताब्दीको उत्तरार्धको अधिकांश संघर्ष, छद्म युद्ध नै थिए।

उदाहरणसम्पादन

Caption text
युद्ध/संकट पहिलो पक्ष दोश्रो पक्ष
२००६ लेबनान युद्ध अमेरिका समर्थित इजरायल इरान समर्थित हिजबुल्लाह
सिरियाली गृहयुद्ध रुस समर्थित सिरियाली सेना अमेरिका समर्थित बिद्रोही
युक्रेन सङ्कट रसिया समर्थित पूर्वी युक्रेनी विद्रोही अमेरिका र पश्चिम समर्थित युक्रेन
भियतनाम युद्ध सोभियत र चीन समर्थित उत्तर भियतनाम अमेरिका र पश्चिम समर्थित दक्षिण भियतनाम
कोरियाली युद्ध सोभियत र चीन समर्थित उत्तर कोरिया अमेरिका र पश्चिम समर्थित दक्षिण कोरिया

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भसम्पादन

  1. Osmańczyk, Jan Edmund (२००२), Encyclopedia of the United Nations and International Agreements, Abingdon: Routledge Books, पृ: १८६९, आइएसबिएन 978-0415939201