चिनियाँ गृहयुद्ध
चिनियाँ गृहयुद्ध चीनमा कुमिन्ताङ नेतृत्वको चिनियाँ गणतन्त्र र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बिच १९२७ देखी १९४९ सम्म भएको एक गृहयुद्ध थियो। युद्ध सामान्यतया दुई चरणमा विभाजित हुन्छ: अगस्ट १९२७ देखि १९३७ सम्म पहिलो चरण। १९३७ मा जापानले चीनमाथी आक्रमण गरे पछी कुमिन्ताङ र कम्युनिस्ट बिच जापान बिरुद्ध सहकार्य भयो। १९४५ मा जापानको पराजयसँगै कम्युनिस्ट र कुमिन्ताङ बिच फेरी लडाइ सुरु भयो र यसलाई गृहयुद्धको दोश्रो चरण मानिन्छ। गृहयुद्ध फेरि सुरु भयो र १९४५ देखि १९४९ सम्मको अन्तिम चरणमा चीन कम्युनिष्ट पार्टी (सीपीसी)ले विजय हात पार्यो, जसलाई सामान्यतया चिनियाँ कम्युनिष्ट क्रान्ति भनिन्छ ।