खानसामा उपजिल्ला
खानसामा (बङ्गाली: খানসামা) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]
खानसामा
খানসামা | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २५°५५.७′उ॰ ८८°४४′पू॰ / २५.९२८३°N ८८.७३३°Eनिर्देशाङ्कहरू: २५°५५.७′उ॰ ८८°४४′पू॰ / २५.९२८३°N ८८.७३३°E | |
देश | बङ्गलादेश |
विभाग | रङ्पुर विभाग |
जिल्ला | दिनाजपुर |
क्षेत्रफल | |
• जम्मा | १७९.७२ किमी२ (६९.३९ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | १२३,७८२ |
• घनत्व | ६९०/किमी२ (१८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
हुलाक अङ्क | ५२४० |
वेबसाइट | khansama |
भूगोल
सम्पादन गर्नुहोस्खानसामा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४७' देखि २६°०१' उत्तर अक्षांश र ८८°४२' देखि ८८°५१' पूर्वी देशान्तरणमा अवस्थित छ। खानसामा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७९.७२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई देविगञ्ज र नीलफामारी सदर उपजिल्लाले उत्तर,चिरिरबन्दर र दिनाजपुर सदर उपजिल्लाले दक्षिण, नीलफामारी सदर उपजिल्लाले पूर्व, वीरगञ्ज र काहारोल उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र आत्राई यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[२]
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लामा प्रत्यक्ष गोली हानाहान तथा युद्ध हुँदा २ बङ्गलादेशी लडाकुको ज्यान गएको थियो। यसै उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशका लडाकु बीच घाटमारा पुलमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध हुँदा दुवै पक्षका थुप्रै लडाकुहरू मारिएका थिए भने यसै युद्धमा सुब्दार मजिदको पनि मृत्यु भएको थियो। यस उपजिल्ला १४ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १५०७९२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७७५३९ छ भने महिलाको जनसङ्ख्या ७३२५३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०७३८८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४२९११, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २६२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २३१ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लाका ८९.८७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२३% ले पोखरी, ०.२३% ले टुटी र ९.६७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये ७१.१४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। खानसामा उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ५ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, उखु, लसुन, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, श मिल, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, बिडी तथा खैनी कारखाना, ईट्टा भट्टी तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया खरबुजा, केरा, उखु, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, तोरी, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा धेरै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा, कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७४.४८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.५७% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.४४% वाणिज्यमा ९.४३%, सञ्चार तथा यातायातमा २.०५%, निर्माण क्षेत्रमा ०.७४%, सुविधामा ३.८९%, धार्मिक सेवामा ०.१४%, वैदेशिक रोजगारी तथा भाडामा ०.१४% र अन्यमा ४.५६% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय खानसामा थानाको स्थापना सन् १९८१ भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। खानसामा उपजिल्ला खानसामा नगरपालिका सहित ६ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्;आलोकझारी सङ्घ परिषद्, भेरभेरी सङ्घ परिषद्, आङ्गरपाडा सङ्घ परिषद्, खामारपाडा सङ्घ परिषद्, भविकी सङ्घ परिषद्, गोलदिही सङ्घ परिषद्। हाल यस उपजिल्लालाई ६ सङ्घ परिषद्/वडा, ५७ मौजा/महल्ला र ५७ गाउँहरू रहेका छन्।
शिक्षा
सम्पादन गर्नुहोस्यस उपजिल्लाको कुल साक्षरता दर २३.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३२.४% छ भने महिलाको साक्षरता दर १३.६% रहेको छ। यस उपजिल्लामा ११ क्याम्पस, ६३ माध्यमिक विद्यालय, १२९ प्राथमिक विद्यालय र २६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; खानसामा डिग्री क्याम्पस, खानसामा महिला क्याम्पस, कचिनिया उच्च विद्यालय तथा क्याम्पस (सन् १९६७), जामिर उद्दिन शाह कन्या उच्च विद्यालय तथा क्याम्पस (सन् १९८३), न्यु पाकेरहाट उच्च विद्यालय (सन् १९५९), आलोकझारी उच्च विद्यालय (सन् १९५९), अङ्गरपाडा उच्च विद्यालय (सन् १९६३), अकबर आली शाह उच्च विद्यालय (सन् १९८८), खानसामा बहुभाषिक फजिल मदरसा आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ मम्ताजुर आलम (सन् २०१२), "खानसामा उपजिल्ला", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २००६।