वीरगञ्ज उपजिल्ला
वीरगञ्ज (बङ्गाली: বীরগঞ্জ) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]
वीरगञ्ज
বীরগঞ্জ | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २६°०′०″उ॰ ८८°३५′०″पू॰ / २६.०००००°N ८८.५८३३३°Eनिर्देशाङ्कहरू: २६°०′०″उ॰ ८८°३५′०″पू॰ / २६.०००००°N ८८.५८३३३°E | |
देश | बङ्गलादेश |
विभाग | रङ्पुर विभाग |
जिल्ला | दिनाजपुर |
क्षेत्रफल | |
• जम्मा | ४१३ किमी२ (१५९ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | २३१,३०५ |
• घनत्व | ५६०/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
भूगोल
सम्पादन गर्नुहोस्वीरगञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४८' देखि २६°०४' उत्तर अक्षांश र ८८°२९' देखि ८८°४४' पूर्वी देशान्तरणमा अवस्थित छ। वीरगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४१३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई ठाकुरगाउँ सदर र देवीगञ्ज उपजिल्लाले उत्तर, कहारोल उपजिल्लाले दक्षिण, खानसामा उपजिल्लाले र आत्राई नदीले पूर्व, बोचागञ्ज, पिरगञ्ज र ठाकुरगाउँ उपजिल्लाले पश्चिमबाट घेरेको छ। पुनर्भाह र आत्राई यस उपजिल्लाका प्रमुख नदिहरू हुन्। [२]
इतिहास
सम्पादन गर्नुहोस्यस उपजिल्ला तेबहा आन्दोलन र सन्थल आन्दोलनको प्रमुख केन्द्र थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा सुरु भएको थियो भने १९७१ डिसेम्बरको पहिलो हप्ता पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच भातगाउँ पुलमा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ ५० पाकिस्तानी सेनाको मृत्यु भएको थियो।[३] बङ्गलादेशी लडाकुहरूको एक समूहले पाकिस्तानी सेनाको दुई सवारीसाधनलाई आक्रमण गरी ध्वस्त पारेका थिए भने उक्त गोली हानाहानमा केही लडाकुहरूको मृत्यु भएको थियो।[४] [५]
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २६९८९३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३८२६९ छ भने महिलाको जनसङ्ख्या १३१६२४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १८६७७२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७६५८३, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३०२३, इसाई धर्मवलम्बीको जनसङ्ख्या १२१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३३९४ रहेको छ।यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ३१२ मस्जिद, ४५ हिन्दु मन्दिर, ५ गिर्जाघर र २ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ९१.३७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२२% ले पोखरी, ०.१७% ले टुटी र ८.२४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। वीरगञ्ज उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, १० सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।[६]
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, उखु, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, खरबुजा, लिची, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका जुट, आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा १२ माछापालन केन्द्र, १५ दुग्ध सङ्कलन केन्द्र तथा १५ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७४.०४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.७१% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.६७% वाणिज्यमा ९.८१%, सञ्चार तथा यातायातमा २.६१%, निर्माण क्षेत्रमा ०.६९%, सुविधामा ३.३८%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगारी तथा भाडामा ०.१४% र अन्यमा ४.८२% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्वीरगञ्ज थानको स्थापना सन् १९८० मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ११ सङ्घ परिषद्/वडा, १८७ मौजा/महल्ला र १८६ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; शिवरामपुर सङ्घ परिषद्, पलाशबाडी सङ्घ परिषद्, शतग्राम सङ्घ परिषद्, पल्टापुर सङ्घ परिषद्, सुजानपुर सङ्घ परिषद्, निजपाडा सङ्घ परिषद्, मोहाम्मदपुर सङ्घ परिषद्, भोगनगर सङ्घ परिषद्, सातोर सङ्घ परिषद्, मोहनपुर सङ्घ परिषद्, मरिचा सङ्घ परिषद्।[७]
शिक्षा
सम्पादन गर्नुहोस्यस उपजिल्लाको कुल साक्षरता दर ३८.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.६% छ भने महिलाको साक्षरता दर ३१.८% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, ७३ माध्यमिक विद्यालय, २१० प्राथमिक विद्यालय, ८ बाल उद्धान केन्द्र र २६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; वीरगञ्ज डिग्री क्याम्प, वीरगञ्ज महिला क्याम्पस, गोपालगञ्ज क्याम्पस, वीरगञ्ज प्राबिधिक शिक्षण संस्था, चौधरी हट प्राबिधिक शिक्षण संस्था, पलाशबाडी युएससी उच्च विद्यालय (सन् १९४२), राहिमबक्स उच्च विद्यालय (सन् १९४४), झारबाडी उच्च विद्यालय (सन् १९५७), वीरगञ्ज सरकारी उच्च विद्यालय (सन् १९६२), गोपालगञ्ज उच्च विद्यालय (सन् १९६९) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ सिराजुल इसलाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "वीरगञ्ज उपजिल्ला", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন, ২০১৪), "গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার", मूलबाट ২১ সেপ্টেম্বর-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति
- ↑ ধনঞ্জয় রায়, দিনাজপুর জেলার ইতিহাস, কে পি বাগচী অ্যান্ড কোম্পানি কলকাতা, প্রথম প্রকাশ ২০০৬, পৃষ্ঠা ২১১
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৩ মার্চ ২০১৬), "এক নজরে বীরগঞ্জ পৌরসভা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट
|archiveurl=
|archivedate=
आवश्यक (सहायता)-मा सङ्ग्रहित, अन्तिम पहुँच ২৩ অক্টোবর ২০১৬। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२३ मिति - ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৩ মার্চ ২০১৬), "এক নজরে বীরগঞ্জ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২৩ অক্টোবর ২০১-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२३ मिति
- ↑ "बङ्गलादेश राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন, ২০১৪), "ইউনিয়নসমূহ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২১ সেপ্টেম্বর ২০১৩-मा सङ्ग्रहित, अन्तिम पहुँच ৯ জুলাই ২০১৪। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति