काहारोल उपजिल्ला
काहारोल (बङ्गाली: কাহারোল) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]
काहारोल
কাহারোল | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २५°४७.५′उ॰ ८८°३६′पू॰ / २५.७९१७°N ८८.६००°Eनिर्देशाङ्कहरू: २५°४७.५′उ॰ ८८°३६′पू॰ / २५.७९१७°N ८८.६००°E | |
देश | बङ्गलादेश |
विभाग | रङ्पुर विभाग |
जिल्ला | दिनाजपुर |
क्षेत्रफल | |
• जम्मा | २०५.५४ किमी२ (७९.३६ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | ११८,३७९ |
• घनत्व | ५७६/किमी२ (१४९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | काहारोलको आधिकारिक नक्सा |
भूगोल
सम्पादन गर्नुहोस्काहारोल बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४४' देखि २५°५३' उत्तर अक्षांश र ८८°३०' देखि ८९°४३' पूर्वी देशान्तरणमा अवस्थित छ। काहारोल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २०५.५४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई नवावगञ्ज उपजिल्लाले उत्तर, दिनाजपुर सदर र गोविन्दगञ्ज उपजिल्लाले दक्षिण,खानसामा र दिनाजपुर सदर उपजिल्लाले पूर्व र बोचागञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। पुनर्भाह, आत्राई, हानसा बिल आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस उपजिल्लाको मदनपुर भन्ने स्थानमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच युद्ध र प्रत्यक्ष गोली हानाहान हुँदा १ बङ्गलादेशी लडाकु र केही पाकिस्तानी सेनाको मृत्यु भएको थियो।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १३७३१५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७००८८ छ भने महिलाको जनसङ्ख्या ६७२२७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ७३३०९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६०६४१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १२८०, इसाई धर्मवलम्बीको जनसङ्ख्या ४६ अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २०३९ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लाका ९७.५२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०३% ले पोखरी, ०.१५% ले टुटी र २.३०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७२.३९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। काहारोल उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ५ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, जुट, उखु, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, आलु, केरा, जुट लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका कोदो, आलसको तेल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७७.२२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.०५% मजदुरीमा, वाणिज्यमा ९.४९%, सञ्चार तथा यातायातमा ३.१०%, निर्माण क्षेत्रमा ०.९२%, सुविधामा ३.०८%, धार्मिक सेवामा ०.१६%, वैदेशिक रोजगारी तथा भाडामा ०.२७% र अन्यमा ३.७१% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्काहारोल थानको स्थापना सन् १९०४ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ६ सङ्घ परिषद्/वडा, १५३ मौजा/महल्ला र १५२ गाउँहरू रहेका छन्।
शिक्षा
सम्पादन गर्नुहोस्यस उपजिल्लाको कुल साक्षरता दर ४०.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८.३% छ भने महिलाको साक्षरता दर ३३.१% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, ४६ माध्यमिक विद्यालय, १४३ प्राथमिक विद्यालय र २० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; काहारोल क्याम्पस (सन् १९८३), काहारोल महिला डिग्री क्याम्पस (सन् १९९७), पूर्व मालिकपुर एचएम क्याम्पस (सन् १९९०), काहारोल उच्च विद्यालय (सन् १९४०), इसानपुर क्याम्पस (सन् १९५३), रनमचन्द्रपुर विद्यालय (सन् १९६२), काहारोल बाजार मदरसा (सन् १९८५) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ आलि हुसेन (सन् २०१२), "কাহারোল উপজেলা", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।