नीलफामारी सदर उपजिल्ला

नीलफामारी सदर (बङ्गाली: নীলফামারী সদর) बङ्गलादेशको नीलफामारी जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[]

नीलफामारी उपजिल्ला
নীলফামারী সদর
नीलफामारी उपजिल्ला is located in बङ्गलादेश
नीलफामारी उपजिल्ला
नीलफामारी उपजिल्ला
बाङ्लादेशको नक्शामा नीलफामारी उपजिल्लाको उपस्थिति
निर्देशाङ्क: २५°५६.५′उ॰ ८८°५०.७′पू॰ / २५.९४१७°N ८८.८४५०°E / 25.9417; 88.8450निर्देशाङ्कहरू: २५°५६.५′उ॰ ८८°५०.७′पू॰ / २५.९४१७°N ८८.८४५०°E / 25.9417; 88.8450
देश बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लानीलफामारी जिल्ला
क्षेत्रफल
 • जम्मा३७३.०९ किमी (१४४.०५ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१[])
 • जम्मा३०६,०५१
 • घनत्व८२०/किमी (२१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटhttp://www.nilphamari.org[१]

नीलफामारी सदर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २५°४६' देखि २६°००' उत्तर अक्षांश र ८९°२०' देखि ८९°३६' पूर्वी देशान्तरणमा अवस्थित छ। नीलफामारी सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५९.५४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको पश्चिम बङ्गाल राज्य र आदितमारी उपजिल्लाले उत्तर, काउनियाराजारहाट उपजिल्लाले दक्षिण,फुलबाडीराजारहाट उपजिल्लाले पूर्व, आदितमारीगङ्गाचडम उपजिल्लाले पश्चिमबाट घेरेको छ। धरला र टिष्टा यस जिल्लाका प्रमुख नदीहरू हुन्।

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा शुरू भएको थियो भने तात्कालिक समयमा नीलफामारी सदर उपजिल्ला क्षेत्र ६ मा अवस्थित थियो। ४ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले लालमनिरहाट विमानस्थलको सम्पत्तिमा अतिक्रमण गरेका थिए। ५ अप्रिल १९७१ का दिन पाकिस्तानी र स्थानीय राजाकारको समूहले यस उपजिल्लामा कब्जा जमाएका थिए। ९ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले लालमनिरहाट सदर उपजिल्लाका केही स्थानीय मानिसहरूको अपहरण गरी आइरखामार डाकाबाङ्ला भन्ने स्थानमा हत्या गरेका थिए। बङ्गलादेशी मुक्ति अभियानका बेला पाकिस्तानी सेनाले बङ्गाली रेलवेका केही अधिकारी र कर्मचारीहरूको हत्या गरेका थिए। लालमनिरहाट सदर ६ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।[]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २८९२७२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १४८६२५ छ भने महिलाको जनसङ्ख्या १४०६४७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २४३४८६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४५११७ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ४४८, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १८७ रहेको छ। यस जिल्लामा ६०७ मस्जिद, १२१ हिन्दु मन्दिर र ३ चिहानहरू रहेका छन्।[] निदाडिया मस्जिद, केन्द्रीय जामे मस्जिद, थानापनडा जामे मस्जिद, बायतुल मजुद जामे मस्जिद, तेलीपाडा कालीमन्दिर, श्री श्री बृद्देश्वरी मन्दिर, पुबान बाजार गिर्जाघर, खातापाडा बड दरगाह, सिन्दुबमति तीर्थ, बानियार दीधि तीर्थ आदि यस उपजिल्लाका लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९४.४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१७% ले पोखरी, ०.८४% ले टुटी र ४.६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ३६.२४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु, प्याज, खैनी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, नरिवल, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया खैनी, उखु, मेवा, आलु, मकै लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तिल र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १९ माछापालन केन्द्र, ३६ दुग्ध सङ्कलन केन्द्र तथा ७ कुखुरापालन केन्द्रहरू रहेका छन्।[]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६२.४५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.४६% मजदुरीमा, वाणिज्यमा १३.५७%, सञ्चार र यातायातमा ३.०६%, निर्माण क्षेत्रमा १.०८%, सुविधामा ८.१८%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.३५% र अन्यमा ७.१३% रहेका छन्।

प्रशासकीय लालमनिरहाट थानाको स्थापना सन् १९०१ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। लालमनिरहाट नगरपालिकाको स्थापन सन् १८७३ मा भएको थियो। लालमनिरहाट ब्रिटिस शासन काल देखि पश्चिम रेलवेको सदरमुकाम बनेको थियो। हाल यस उपजिल्लामा १८ सङ्घ/वडा, ११५ मौजा/महल्ला र १०८ गाउँहरू रहेका छन्।[]

यस जिल्लाको कुल साक्षरता दर ४५.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१९% छ भने महिलाको साक्षरता दर ३८.८% रहेको छ। यस उपजिल्लामा १० क्याम्पस, ६० माध्यमिक विद्यालय, १३३ प्राथमिक विद्यालय, ५९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्था यस प्रकार छन्; लालमनिरहाट सरकारी क्याम्पस (सन् १९६४), माजिदा खातन सरकारी महिला क्याम्पस (सन् १९८८), शेख शाली उद्दिन व्यवसायीक क्याम्पस (सन् १९९१), लालमनिरहाट सरकारी नमुना डिग्री क्याम्पस (सन् १९९४), सरकारी प्राविधिक विद्यालय तथा क्याम्पस (सन् १९७८), लालमनिरहाट सरकारी उच्च विद्यालय (सन् १९१९), लालमनिरहाट सरकारी कन्षा उच्च विद्यालय (सन् १९३०), चर्च अफ गड उच्च विद्यालय (सन् १९४६), काशीपुर बहुमुखी उच्च विद्यालय (सन् १९५९), रेलवे बालबालिका सरकनरी उच्च विद्यालष (सन् १९६०), कवि शेख फजलुल कारिम कन्या उच्च विद्यालय (सन् १९८६), नरडिया आलिया मदरसा (सन् १९६५) आदि।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৩১ ডিসেম্বর ২০১৪), "এক নজরে নীলফামারী সদর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. इसलाम, सिराजुल; जामाल, अमहद, सम्पादकहरू (सन् २०१२), "नीलफामारी सदर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "নীলফামারী সদর উপজেলার ইতিহাস", nilphamari.gov.bd [स्थायी मृत कडी]
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  5. "প্রাকৃতিক সম্পদ সমূহ", http://nilphamarisadar.nilphamari.gov.bd [स्थायी मृत कडी]
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्