खरसाङ भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा रहेको एउटा नगरपालिका हो। यो खरसाङ उपविभागको सदरमुकाम हो। खरसाङ दार्जिलिङ देखि ३२ किलोमिटर (२० माइल) टाढा छ र यो सहर सिलिगुडी देखि ३४ किलोमिटर (२१ माइल) टाढा छ।

खरसाङ
खरसाङ
खरसाङ
खरसाङ is located in पश्चिम बङ्गाल
खरसाङ
खरसाङ
पश्चिम बङ्गाल, भारतमा स्थान
खरसाङ is located in भारत
खरसाङ
खरसाङ
खरसाङ (भारत)
निर्देशाङ्क: २६°५२′४०″उ॰ ८८°१६′३८″पू॰ / २६.८७७७८°N ८८.२७७२२°E / 26.87778; 88.27722निर्देशाङ्कहरू: २६°५२′४०″उ॰ ८८°१६′३८″पू॰ / २६.८७७७८°N ८८.२७७२२°E / 26.87778; 88.27722
देश भारत
राज्यपश्चिम बङ्गाल
जिल्लादार्जिलिङ
सरकार
 • प्रकारनगरपालिका
 • अङ्गखरसाङ नगरपालिका
क्षेत्रफल
 • जम्मा७.५० किमी (२.९० वर्ग माइल)
उन्नतांश
१५०० मिटर (४९०० फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा४२४४६[१]
भाषाहरू
 • आधिकारिकनेपाली[३]
समय क्षेत्रयुटिसी०५:३० (भारतीय मानक समय)
वेबसाइटआधिकारिक वेबसाइट

नामकरण सम्पादन गर्नुहोस्

खरसाङको नामको उत्पत्ति अस्पष्ट छ; कथाहरूले सुझाव दिन्छ कि यो लेप्चा भाषाको शब्द कर्सन-रिप (सानो सुनगाभा) बाट आएको हो किनभने यस उपत्यकाभरि सेता सुनगाभाहरू (कोलोजीन क्रिस्टाटा) फूल्छन। यसको अर्को अर्थ एक प्रकार को लौरोको नामबाट पनि हुनसक्ने अनुमान लगाइएको छ।[४]

इतिहास सम्पादन गर्नुहोस्

खरसाङको मूल बासिन्दाहरू लेप्चाहरू थिए, जसले आफ्नो घरको नाम "कर्सियाङ" राखेका थिए, किनभने हरेक वसन्तमा यस ठाउँमा कर्सन-रिप सुनगाभाहरू फूल्ने गर्थे। सुदूर विगतमा, अङ्ग्रेजहरू भारतमा आउनुभन्दा अघि पनि खरसाङ सिक्किम राज्यको हिस्सा थियो। यद्यपि, लगभग १७८० मा नेपाल अधिराज्यले खरसाङ र यसको वरपरका क्षेत्रहरूलाई कब्जा गर्‍यो। त्यसपछि गोर्खा युद्ध आयो, जसमा नेपालीले पराजित भए। १८१७ को टाइटलिया सन्धिले खरसाङलाई सिक्किममा पुनर्स्थापित गर्‍यो।[५]

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

सन् २०११ २०११ मा खरसाङ नगरपालिकाको जनसङ्ख्या ४२,४४६ थियो। खरसाङ ब्लक मा ग्रामीण क्षेत्रको जनसङ्ख्या ९४,३४७ थियो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "District Census Handbook, Darjiling", Directorate of Census Operations, West Bengal, २०११, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१५ 
  2. "Kurseong City", अन्तिम पहुँच २६ नोभेम्बर २०२० 
  3. "Report of the Commissioner for Linguistic Minorities in India: 50th report (delivered to the Lokh Sabha in 2014)", National Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: ९५, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१५, "The Official Language of the State is Bengali. Nepali has also been declared as Official Languages in Darjeeling and Kurseong"  वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१६ मिति
  4. SNS (२०१७-०८-२१), "Bask in the Land of White Orchids", The Statesman (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-१६ 
  5. "History", kurseongmunicipality.org, अन्तिम पहुँच २०२३-०७-१६