कौडा नृत्य

(कौडाहबाट अनुप्रेषित)

चुड्का/कौडा नृत्य नेपाल मा गुरुङ,मगर र दुरा समुदाय को पपम्परा अनुसारको लोकप्रिय नाच हो । यो नाच तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन , नवलपरासी आदि जिल्लाहरूका गुरुङ,मगर र दुरा समुदायमा माघे सक्रान्तीदेखी बैशाख पुर्णिमा सम्म नचाउने गर्दछ । यो नाचमा केटाहरूले गित गाएर खैजडि,मुजुरा बजाएर केटीहरूलाई नचाउने गर्दछन् । गुरुङ,मगर र दुरा समुदाय मा प्रचलित प्रमुख लोकनाच मध्य चुड्का/कौडा पर्दछ।

चुड्का/कौडा नृत्य गुरुङ,मगर र दुरा समुदाय मा प्रचलित लोकनृत्य हो
न्यूयोर्कमा "एभरेस्ट डे २०१९" मा कौडा नृत्य प्रस्तुत गर्दै युवतीहरू
विधालोकनृत्य
उत्पतितनहुँ,नेपाल

कौडा नाचमा पहिले श्री कृष्णचरित्र र रामायणका गीतहरू गाइन्थियो भने हाल ति श्रीकृष्ण र रामायाणका कथा सम्बन्धी धार्मिक गीतहरू प्राय: लोपन्मुख हुँदै गएको पाइन्छ। तापनी कौडा नाचको बन्धन लिदा आकाश पातलदेखीका सम्पूर्ण देबी देवताहरूको नाममा बन्धन गीत गाइन्छ। बन्धन गीत गाइसकेपछि माया पिरतीका गीतहरू गाउने प्रचलन छ। यो कौडा नाच धार्मिक र सामाजिक लोकनाच हो।

यि पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्