कोशी प्रदेश सभा निर्वाचन, २०७४

कोशी प्रदेश सभा निर्वाचनको ९३ सदस्य चयनको लागि दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको हो।[७][८]यस निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत ३६ र समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत १५ सिट जितेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सबैभन्दा ठूलो दल बनेको थियो। वि.सं. २०७४ फागुन २ गते यस प्रदेशको प्रदेश प्रमुख गोविन्द सुब्बाले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।[९] राईले सोही दिन मुख्यमन्त्रीको रूपमा सपथग्रहण गरेका थिए।[१०][११]

कोशी प्रदेश सभा निर्वाचन, २०७४

वि.सं. २०७४ मङ्सिर १०
मङ्सिर २१
२०७९ →

कोशी प्रदेश सभाको सम्पूर्ण ९३ सिट[१]
बहुमतको लागि ४७ सिट[२]
दर्तावाल मतदाता२९,९३,६६९[३]
कुल मतदान२,०२०,४३५
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
Sherdhan Rai.jpg
नेता शेरधन राई[५] केदार कार्की[६] टङ्क आङ्बुहाङ लिम्बु[४]
दल नेकपा (एमाले) नेपाली कांग्रेस नेकपा (माके)
शीर्ष नेता घोषित वि.सं. २०७४ माघ २६ वि.सं. २०७४ चैत्र ६ वि.सं. २०७४ माघ २५
नेताको सिट भोजपुर १(ख) मोरङ ६ (ख) ताप्लेजुङ १ (ख)
प्राप्त सिट ५१ २१
प्राप्त सिट १५


निर्वाचित मुख्यमन्त्री

शेरधन राई
नेकपा (एमाले)

पृष्ठभूमि सम्पादन गर्नुहोस्

आयोजन सम्पादन गर्नुहोस्

खर्च सीमा सम्पादन गर्नुहोस्

प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो। यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि ३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको थियो।[१२]

निर्वाचन कार्यक्रम सम्पादन गर्नुहोस्

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको थियो।[१३]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन भएको थियो भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको थियो।[१४][१५]प्रदेश नं. १ को १४ जिल्लाहरू मध्ये पहिलो चरणमा ७ जिल्ला र दोस्रो चरण अन्तर्गत ७ जिल्लामा निर्वाचन सम्पन्न भएको थियो।

निर्वाचन प्रणाली सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभाका ९३ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; ५६ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ३७ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[१७] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन्। सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।[१८]

नतिजाहरू सम्पादन गर्नुहोस्

 
राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ७२०,३३९ ३७.३० ३६ ६७३,७०९ ३८.७९ १५ ५१
नेपाली कांग्रेस ७३९,९३७ ३८.३१ ५८६,२४६ ३३.७६ १३ २१
नेकपा (माओवादी केन्द्र) २५९,०२५ १३.४१ १० २०६,७८१ ११.९१ १५
सङ्घीय समाजवादी फोरम, नेपाल ९१,७७१ ४.७५ ७०,४७६ ४.०६
राष्ट्रिय प्रजातन्त्र पार्टी ४,८६७ ०.२५ ५७,३४२ ३.३०
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २२,४९३ १.१६ २६,१२३ १.५०
अन्य ७८,७४८ ४.०८ ११५,९४५ ६.६८
स्वतन्त्र १४,२५७ ०.७४
अमान्य/बदर मत ८८,९९८ २७६,४०९
जम्मा २,०२०,४३५ १०० ५६ २,०१३,०३१ १०० ३७ ९३
दर्तावाल मतदाता/मतदान २,९९३,७७४ ६७.४९ २,९९३,७७४ ६७.२४
स्रोत: नेपाल निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सुवेदी, ईश्वरी, "प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  2. "यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार", http://hamrakura.com/ (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  3. "प्रतिनिधिसभा र प्रदेशसभा चुनावः  कुन जिल्लामा कति मतदाता ? (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  4. "माओवादी केन्द्रको प्रदेश १ को संसदीय दलको नेतामा टंक आङबुहाङ", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  5. बुढाथोकी, किशोर, "प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  6. "काँग्रेसको प्रमुख सचेतकमा कार्की", पहिलो अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  7. "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  8. "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४ 
  9. "शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त, भोलि सपथ", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  10. "शंकर पोखरेल र शेरधन राईले मुख्यमन्त्रीको सपथ लिँदै", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  11. "प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भाेलि सपथ ग्रहण", देशको न्युज (नेपालीमा), २०१८-०२-१४, अन्तिम पहुँच २०२३-०१-१७ 
  12. "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ [dead link]
  13. "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२७ मिति
  14. "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७ 
  15. "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७ [dead link]
  16. "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४ 
  17. Article 84 Constitution of Nepal
  18. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्