कैलोटाउके हाँस नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा कमन पोकर्ड (Common Pochard) भनिन्छ।

कैलोटाउके हाँस
Common pochard
भाले
पोथी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
A. ferina
वैज्ञानिक नाम
Aythya ferina
(Linnaeus, 1758)

विबरण सम्पादन गर्नुहोस्

कैलोटाउके हाँसको ठूलो नाप र गुम्बज आकारको टाउको हुन्छ। उडानको अवस्थामा यसको पङ्खाहरू फिक्का पुस्रो र फुस्रो अग्रपङ्खले गर्दा यसको माथिल्लो पखेटाको बनावट अरू उपजाति भन्दा भिन्न हुन्छ। यसको भालेको कटुस रङको टाउको, कालो छाती र फुस्रो माथिल्लो भाग तथा कोखा, सेतो नभएको तल्लो पुच्छर ढकनी, गाढा आँखा र ठोँडका बीचमा फुस्रो पेटी हुन्छ। यसको लम्बाई ४२ देखि ४९ सेन्टिमिटरसम्म रहेको हुन्छ।

 
कैलोटाउके हाँसको भाले

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

कैलोटाउके हाँस नेपाल लगायत एसिया तथा युरोपका अधिकांश देशहरूमा पाइने गर्छ। यसको प्रजाति उपयुक्त हावापानी र आहारका लागि हिँउदमा पश्चिमी युरोपदेखि पुर्वि एसियासम्म बसाइ सराइ गर्दछन्। नेपालको सन्दर्भमा पश्चिममा शुक्लाफाटा वन्यजन्तु आरक्षदेखि पूर्वमा कन्चनजङ्गा संरक्षण क्षेत्रसम्म पाइएको छ। ठूला तालतलैयाहरूमा हिउँदे आगन्तुकका रूपमा आउने गर्दछन्। यो ओसिलो दलदले क्षेत्रहरु, ताल तथा मन्द बग्ने खोलानालाहरु र वनस्पतियुक्त सिमसार मन पराउने प्रजाति हो। यस पन्छीले आफ्नो गुँड सतही पानीमा थुप्रिएको झारपातमा बनाउँछ। यसको प्रजातिले उत्तरी गोलार्धमा बच्चा कोरल्छ।

 
कैलोटाउके हाँसको अण्डा

खतरा तथा संरक्षण अवस्था सम्पादन गर्नुहोस्

अवैध शिकार र प्रजनन् स्थानको विनाशले गर्दा विश्वमा यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपालको सन्दर्भमा यो सङ्कटको नजिक अवस्थामा रहेको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्