कालीगण्डकी करिडोर वा रा४८ तानसेनबाट सुरु भएर चीनको सीमा नजिकैको उत्तरी भाग कोरलामा समाप्त हुने नेपालको २५४ किलोमिटर (१५८ माइल) लामो राजमार्ग हो। यो राष्ट्रिय गौरवका आयोजनाहरू मध्येको एक हो। निर्माण सम्पन्न भएपछि १० जिल्लाका करिब १० लाख जनताले यस सडकमा सिधा पहुँच पाउनेछन्। यो सडक नेपाल, भारतचीनबीचको व्यापारिक मार्ग पनि हुने अनुमान गरिएको छ।[१] बाटो मध्य पहाडी र हिमाली क्षेत्र हुँदै जान्छ। मुख्य इलाकामा पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ र मुक्तिनाथ पर्दछन्।[२]

कालीगण्डकी करिडोर
नक्सा
रातो लाइनले प्रस्तुत गरिएको
राजमार्गको विवरण
को भाग
लम्बाइ२५४ किमी (१५८ माइल)
अवस्थानिर्माणाधीन–हाल
इतिहासनिर्माणाधीन
प्रमुख चोकहरू
उत्तर endकोरला
 कागबेनी, बेनी, कुश्मा,कालीगण्डकी, सत्यवती रिडी बजार
दक्षिण endतानसेन
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
चित्र:NPL H47.svg H47H49 चित्र:NPL H49.svg

नेपाली सेनाको सडक निर्माण महाशाखालगायत विभिन्न ठेकेदारले सडक निर्माण गरिरहेको छ।[३][४] परियोजना ३ डिसेम्बर २०१८ मा सुरु भएको थियो र डिसेम्बर, २०२१ सम्ममा सम्पन्न गर्ने तालिका थियो।[२]

यो राजमार्ग तानसेनमा सिद्धार्थ राजमार्गमा समाप्त हुन्छ र सिद्धार्थ राजमार्ग बेलहिया सम्म भारत-नेपाल सीमाना जान्छ।

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Kaligandaki corridor becomes operational", अन्तिम पहुँच २०२२-०२-१३ 
  2. २.० २.१ "Kaligandaki Corridor project gains momentum", GorakhaPatra, अन्तिम पहुँच २०२२-०२-१३ 
  3. Mausam (२०१६-०५-२०), "Kaligandaki link road becomes operational", The Himalayan Times, अन्तिम पहुँच २०२२-०२-१३ 
  4. Mausam (२०१६-०५-१९), "CoAS inaugurates Kaligandaki corridor", The Himalayan Times, अन्तिम पहुँच २०२२-०२-१३