कान्तिपुरको युद्ध
यो लेख अङ्ग्रेजीबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
कान्तिपुरको युद्ध जसलाई काठमाडौँको युद्ध वा कान्तिपुरको घेराबन्दी तथा काठमाडौँको घेराबन्दी समेत भन्ने गरिन्छ, नेपाल एकीकरण अभियानको क्रममा गोर्खाली सैनिकद्वारा गरिएको थियो।[१] गोर्खाली फौजले विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाह कान्तिपुरको राजसिंहासनमा बिराजमान भएका थिए भने राजा जयप्रकाश मल्ल पाटन राज्यमा शरण लिन पुगेका थिए।
कान्तिपुरको युद्ध | |||||||
---|---|---|---|---|---|---|---|
नेपाल एकीकरण अभियानको भाग | |||||||
सन् १८११ मा काठमाडौँको प्यागोडा शैलीका भवनहरू | |||||||
| |||||||
योद्धा | |||||||
नेवारी | गोर्खाली | ||||||
सेनापतिहरू | |||||||
जयन्त राना | |||||||
शक्ति | |||||||
अज्ञात | २०,००० |
नाकाबन्दी
सम्पादन गर्नुहोस्आखिरी आक्रमण/ लडाइँ
सम्पादन गर्नुहोस्वि.स. १८२५ आश्विन १३ गते राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरे। काजी वंशराज पाण्डे, तुलाराम पाण्डे, केहरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले १००० गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवीतिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोका तर्फ अघि बढे। राजा जयप्रकाश मल्ल खुसीसाथ इन्द्रजात्र मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भए। अत: ४ घण्टासम्म अव्यवस्थित युद्ध लडि ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागे। गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गर्दा बारुद जल्दा तुलाराम पाण्डे केही सिपाही साथ पिल्सिएर मरे। उता पृथ्वीनारायण शाह कान्तिपुर राजदरबार हनुमानढोका राजगद्दीमा बसे।[२][३]
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Hamilton, Francis Buchanan (१८१९), An Account of the Kingdom Of Nepal and of the Territories Annexed to This Dominion by the House of Gorkha, Edinburgh: Longman, अन्तिम पहुँच ११ नोभेम्बर २०१२। Page 7.
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७८, आइएसबिएन 99933-2-406-X।
- ↑ बाबुराम आचार्य, पृथ्वीनारायण शाहको जीवनी भाग ३, पृ: ४९९-५०२।