काठमाडौँ महानगरपालिका निर्वाचन, २०७९

नेपालको राजधानी काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचन वि.सं २०७९ बैशाख ३० मा सम्पन्न भएको थियो। यो निर्वाचनमा एक मेयर, एक उपमेयर, ३२ वडाका वडा-अध्यक्ष र वडा सदस्यका लागि निर्वाचन भएको थियो। सबै पदहरूको कार्यकाल ५ वर्षको अवधिका हुन्छ। [२]

काठमाडौँ महानगरपालिका निर्वाचन २०७९

← २०७४ ३० वैशाख २०७९[१] २०८४ →
 
Balen Shah3-cropped.png
Blank portrait, male (rectangular).png
Keshab Sthapit by Mahalaxmi-cropped.png
दल स्वतन्त्र नेपाली काङ्ग्रेस+ नेकपा एमाले

 
दल राष्ट्रिय प्रजातन्त्र पार्टी विवेकशील साझा पार्टी

वडा अध्यक्षको नतिजा

अघिल्लो निर्वाचनमा निर्वाचित नगरप्रमुख

विद्यासुन्दर शाक्य (नेकपा (एमाले))
नेकपा (एमाले)

निर्वाचित नगरप्रमुख

बालेन शाह
स्वतन्त्र

नगर कार्यपालिकाका लागि दोस्रो चरणको निर्वाचन हुने छ। यसमा महिला सदस्यबाट ५ जना र दलित र अल्पसंख्यक समुदायबाट ३ जना निर्वाचित हुनेछन् । यस निर्वाचनका लागि निर्वाचित १ सय ५९ सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्। [३]

उम्मेदवार सम्पादन गर्नुहोस्

केशव स्थापित सम्पादन गर्नुहोस्

केशव स्थापित बि.सं २०५३ को स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए । २०६१ को शाही कदम पछी, उनी एक राजतन्त्रवादी बने र राजा द्वारा मेयर नियुक्त गरे। २०६३ संसद पुनर्स्थापना र राजनैतिक परिवर्तन पछी स्थापित एकीकृत नेकपा माओवादीमा प्रवेश गरेपछि उनी काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा नियुक्त भए पनि नौ महिनामा नै पदमुक्त गरिएको थियो । [४] उनी २०७४ को बागमती प्रदेश सभा सदस्य निर्वाचनमा एमालेको तर्फाबाट काठमान्डौ बाट निर्वाचित भए । नेकपा एमालेमा फर्केर प्रदेश मन्त्री भए पनि मन्त्रिपरिषद् बैठकमा दुर्व्यवहार गरेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए । [५] स्थापितमाथि यौन दुव्र्यवहारको धेरै आरोप लागेका छन् । [६][७]

सिर्जना सिंह सम्पादन गर्नुहोस्

सिर्जना सिंह नेपाली कांग्रेसबाट उम्मेदवार हुन् । सिंहलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ । उनी गणेशमान सिंहकी बुहारी र पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहकी श्रीमती हुन् ।

बालेन शाह सम्पादन गर्नुहोस्

बालेन शाह मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने संगीतकार र्‍यापर हुन्। उनी पेसाले स्ट्रक्चरल इन्जिनियर हुन्।

नतिजा सम्पादन गर्नुहोस्

काठमाडौँ
दल उम्मेदवार मतदान प्रतिशत
स्वतन्त्र बालेन शाह ६१, ७६७ ३८.६%
नेपाली कांग्रेस सिर्जना सिंह ३८, ३४१ २४.०%
नेकपा एमाले केशव स्थापित ३८, ११७ २३.८%
स्वतन्त्र सुमन सायमी १३, ७७० ८.६%
राष्ट्रिय प्रजातन्त्र पार्टी मदनदास श्रेष्ठ ५, ७७० ३.६%
अरू २, १४१ १.३%
नतिजा बालेन शाह निर्वाचित
दर्ता भएका मतदाताहरू ३००,२४२[८]
कुल मतदान १९१,१८६ ६३.६८
कुल मान्य मतहरू १५९, ९०६
अस्वीकृत मतपत्रहरू ३१, २८०
स्रोत : निर्वाचन आयोग

मत सर्वेक्षण सम्पादन गर्नुहोस्

मिति पोलस्टर नमूना आकार ) शाह सिंह स्थापित सायमी श्रेष्ठ बास्कोटा खुलासा नगरिएको नेतृत्व
स्वतन्त्र कांग्रेस एमाले स्वतन्त्र राप्रपा विवेकशिल साझा
१३ मे २०२२ सेतोपाटी [९] १३५० (६६%) ४२% २५% २६% ४% 2.14% ०.५१८% ३३% १६%

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहको चुनाव ५ चैतभित्र गर्न आयोगको सुझाव", हिमालखबर 
  2. "Nepal Election Commission proposes local level polls in March next year", India News (News Reader) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३० [dead link]
  3. "यसरी चुनिँदै छन् स्थानीय प्रतिनिधि, कार्यपालिकाभन्दा व्यवस्थापिका ठूलो", सेतोपाटी, अन्तिम पहुँच २ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण ९ मे २०१७ मिति
  4. "नेपाल कानून पत्रिका", nkp.gov.np, अन्तिम पहुँच २०२२-०४-२५ 
  5. Republica, "Keshav Sthapit sacked from Cabinet of Province 3", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-२५ 
  6. Setopati, शोभा शर्मा, "यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई 'एमालेको मेयर पुरस्कार'", Setopati (हिन्दीमा), अन्तिम पहुँच २०२२-०४-२५ 
  7. "UML’s pick of Keshav Sthapit, a #MeToo accused, for Kathmandu mayor raises moral questions - OnlineKhabar English News" (en-GBमा), २०२२-०४-२४, अन्तिम पहुँच २०२२-०४-२५ 
  8. "प्रेस विज्ञप्ति", निर्वाचन आयोग, मूलबाट १२ जेष्ठ २०७९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जेष्ठ २०७९ 
  9. Setopati, सेतोपाटी टिम ::, "सेतोपाटी प्रक्षेपण: बालेन शाह चुनिने छन् काठमाडौंका मेयर", Setopati (en-USमा), अन्तिम पहुँच २०२२-०५-१३