काउसो
काउसो नेपाल तथा भारतको विभिन्न भू-भागहरूमा पाइने एक प्रकारको ओखतीय गुण भएको जंगली वनस्पति हो । काउसोको लहरा हुन्छ । यसको पात सिमीको पात जस्तै तिन पाते हुन्छ भने आकारमा सिमिको पात भन्दा ठुलो हुन्छ । यसको कोसा पनि सिमीकै कोसा जस्तो हुन्छ । यसको कोसामा एक प्रकारको झुसहरू हुन्छन् । काउसो पाकेर कोसा सुकेको बेला कोसामा भएका झुसहरू हावामा उड्दछन् । यदी यी झुसहरू मान्छे अथवा जनावरको शरिरमा पर्न गएमा निकै चिलाउँछ । यसको गेडा र जरालाई विभिन्न रोगको ओखती बनाउन प्रयोग गरिन्छ ।
Mucuna pruriens | |
---|---|
काउसोको कोसा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | M. pruriens
|
वैज्ञानिक नाम | |
Mucuna pruriens (L.) DC. | |
पर्याय[१] | |
|
चित्र दिर्घा
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच ८ मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २०१९ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा काउसो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।