कर्णाली प्रदेशको मुख्यमन्त्री

कर्णाली प्रदेशको मुख्यमन्त्री कर्णाली प्रदेशको सरकार प्रमुख हो। नेपालको संविधान २०७२को धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्त गर्ने व्यवस्था छ।[] मुख्यमन्त्री पाँच वर्ष वा प्रदेश सभा विघटन नभएसम्म पदमा रहन्छन्।

कर्णाली प्रदेशको मुख्यमन्त्री
बहालवाला
यमलाल कँडेल
२०८० चैत २८ देखि
कर्णाली प्रदेश सरकार
सम्बोधनमाननीय
स्थितिसरकार प्रमुख
सदस्य
नियुक्तिकर्ताप्रदेश प्रमुख
अवधिप्रदेश सभाको पदावधिमा बहुमतको हासिल गरेमा
५ वर्ष नहुञ्जेल सम्म वा पहिले विघटन नगरेसम्म
कुनै सीमा छैन
गठनवि.सं २०७४
प्रथम धारकमहेन्द्रबहादुर शाही
तलबरु - ६१,०००
वेबसाइटआधिकारिक वेबसाइट

कर्णाली प्रदेशका वर्तमान मुख्यमन्त्री नेकपा (एमाले)का यमलाल कँडेल हुन्। उनी २०८० चैत २८ मा, मुख्यमन्त्रीमा नियुक्त भएका थिए।[]

नेपालको संविधान २०७२ले मुख्यमन्त्रीपदका लागि योग्य हुनका लागि आवश्यक योग्यता निर्धारण गरेको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य बन्नका लागि योग्यता पूरा गरेको हुनुपर्दछ।[]

प्रदेश सभाको सदस्य हुनु पर्दछ:

  • एक नेपाली नागरिक
  • सम्बन्धित प्रदेशको मतदाता
  • २५ वर्ष वा सो भन्दा बढी उमेरका
  • कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको
  • कुनै पनि कानूनद्वारा अयोग्य घोषित नभएको र

कुनै पनि लाभको पद धारण नगरेको

यसका साथै मुख्यमन्त्री प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता हुनुपर्नेछ। यदि कुनै दलसँग बहुमत छैन भने अन्य दलको समर्थनमा मुख्यमन्त्रीसँग प्रदेश सभामा बहुमत हुनैपर्छ। निर्वाचन भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त नभएमा वा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिन्छ। यदि यसरी नियुक्त गरिएको मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएमा, कुनै पनि प्रदेश सभा सदस्यले दलगत निष्ठाको बावजूद संसदमा बहुमत प्राप्त गर्न सक्दछ, उसलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यदि यी मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले सभा भङ्ग गर्छन् र नयाँ चुनावको आह्वान गरिन्छ।[]


कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूको सूची

सम्पादन गर्नुहोस्
क्रम तस्वीर नाम
निर्वाचन क्षेत्र
(जन्म)
कार्यकाल सभा
(निर्वाचन)
राजनीतिक दल मन्त्रिपरिषद् स्रोत
पदभार सम्हालेको पदभार छोडेको अवधि
 
महेन्द्रबहादुर शाही
कालिकोट १ (ख)
(जन्म २०३३)
२०७४ फागुन ४ २०७८ कात्तिक १५ ३ वर्ष, २५८ दिन पहिलो
(२०७४)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् [][]
 
जीवनबहादुर शाही
हुम्ला १ (ख)
(जन्म २०२१)
२०७८ कात्तिक १६ २०७९ पुस २८ १ वर्ष, ७१ दिन नेपाली काङ्ग्रेस जीवनबहादुर शाही मन्त्रिपरिषद् []
 
राजकुमार शर्मा
पश्चिम रुकुम १ (ख)
(जन्म २०२७)
२०७९ पुस २८ २०८० चैत २१ १ वर्ष, ८२ दिन दोस्रो
(२०७९)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजकुमार शर्मा मन्त्रिपरिषद् [][]
 
यमलाल कँडेल
सुर्खेत २ (क)
(जन्म २०१७)
२०८० चैत २८ बहालवाला १९२ दिन नेकपा (एमाले) यमलाल कँडेल मन्त्रिपरिषद् [१०]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपालको संविधान २०७२ – धारा १६७", नेपाल कानुन आयोग (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३ 
  2. "अन्ततः मुख्यमन्त्री बने यामलाल कँडेल", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  3. नेपालको संविधानको धारा १७८ को बमोजिम (२०७२ असोज ३)
  4. नेपालको संविधानको धारा १६८ को बमोजिम (२०७१ असोज ३)
  5. "Shahi appointed Province 6 CM", The Himalayan Times (अङ्ग्रेजीमा), १६ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  6. Upadhyaya, Nagendra, "Chief Minister Shahi resigns from the post, NC to form new govt", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-०२ मिति
  7. "Province 1, Karnali get new chief ministers", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०३ 
  8. "Maoist Centre's Raj Kumar Sharma appointed Karnali Province chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-११ 
  9. "Karnali CM Sharma resigns", गोरखापत्र, अन्तिम पहुँच २०२४-०४-२९ 
  10. "Karnali Chief Minister Kandel sworn in", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९