कनकाई नदी
भारतका नदी
(कन्काईबाट अनुप्रेषित)
कनकाई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कनकाई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल बर्दियाको कोठीयाघाट पुल पछिको नेपालको दोस्रो लामो पूल हो।[१] [२]सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कनकाई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्याइएको छ ।
कनकाई नदी | |
---|---|
स्थान | |
Country | नेपाल |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | दलखोला नजिक |
चित्र सङ्ग्रह
सम्पादन गर्नुहोस्-
कन्काइ नदीले कटान गरेर जिर्ण बन्दै गरेको पुल र किनारको फोहोर
-
कन्काइ नदी
-
कनकाई नदी पुलबाट
-
कनकाई नदीको पुल
-
कनकाई नदीको पुलमा सवारी साधन
-
कनकाई नदीको पुलको विवरण एक बोर्डमा
-
कनकाईको साझ पख
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "जिल्ला जनसङ्ख्या पार्श्वचित्र झापा" (PDF), जिल्ला जनस्वास्थ्य कार्यालय, झापा, अन्तिम पहुँच १८ जनवरी २०२०।[स्थायी मृत कडी]
- ↑ https://ekantipur.com/ampnews/2014-09-25/396258.html?is_ifooter=1