पुवामाई नदी (पूवा खोला) इलाम जिल्लाको चार प्रमुख नदी मध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ । इलाम जिल्लाको प्रसिद्ध ताल माईपोखरीको उत्तर पश्चिमबाट यो नदी बगेको छ । यसलाई पुष्पमाई पनि भनिन्छ । इलाम जिल्लाको सदरमुकाम देखि उत्तर पश्चिम हुँदै दक्षिणतिर बग्ने यस नदीले धेरै धान खेतलाई सिचाइ गरेको छ । राजदुवालीको पुलभन्दा केही दक्षिणतिर यो नदी माई नदीमा समाहित भएपछि यसको अस्तित्व समाप्त हुन्छ । लुतो निस्किएका मानिसले पुवामाईमा स्नान गर्यो भने उसको लुतो निको हुन्छ भन्ने जनविश्वास छ ।