एभरेष्ट प्रिमियर लिग २०७४

एभरेष्ट प्रिमियर लिग २०७४ नेपाली घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करण थियो। यसको प्रायोजक टिभिएस भएका कारण यसको नाम टिभिएस एभरेष्ट प्रिमियर लिग राखिएको थियो। यो नेपालमा व्यावसायिक पुरुष घरेलु ट्वान्टी–२० क्रिकेट प्रतियोगिता थियो। यो प्रतियोगिता २०७४ पुष ३ देखि २०७४ पुष १५ सम्म आयोजना गरिएको थियो। [२]प्रतियोगितामा ६ टोलीहरूले प्रतिस्पर्धा गरेका थिए र तिनीहरूको नाम नेपालका प्रमुख सहरहरूमा आधारित थियो।

एभरेष्ट प्रिमियर लिग २०७४
मिति३ पुष २०७४ – १५ पुष २०७४
प्रशासक(हरू)इपिएल प्रालि
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिन र प्लेअफ
आयोजक(हरू) नेपाल
विजेताविराटनगर वरियर्स [१](प्रथम उपाधि)
सहभागीहरू
खेल संख्या१९
म्यान अफ द सिरिज
अधिक रन
अधिक विकेट
आधिकारिक वेबसाइटeplt20.com.np

प्रतियोगिता अवधिभर विराटनगर वारियर्स अपराजित रहेको थियो। फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १ रनले पराजित गरेपछि टोली विजेता बनेको थियो। बाबर हयात सर्वाधिक रन बनाउने र प्रतियोगिताको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका थिए। भैरहवा ग्लाडियटर्सका लागि केही खेलमा राम्रो प्रदर्शन गरेकोमा रोहितकुमार पौडेल सर्वाधिक मूल्यवान खेलाडीका रुपमा पुरस्कृत भएका थिए। प्रतियोगितामा इसरारुल्लाह र वसन्त रेग्मीले १२ विकेट लिएका थिए।

पृष्ठभूमि सम्पादन गर्नुहोस्

इपिएल प्रालिले २०७४ साउन १५ मा काठमाडौँको दरबारमार्ग स्थित एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करणको घोषणा गरेको थियो। एभरेष्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तरले प्रतियोगिताको विजेतालाई २ लाख १० हजार रुपैयाँ पुरस्कार राशिको खुलासा गरेका थिए। उनले भाग लिने टोलीको नाम सहरहरूमा आधारित हुने घोषणा पनि गरेका थिए। प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटाले समारोहमा अनावरण गरेका थिए।

खेलाडी छनोट सम्पादन गर्नुहोस्

दिपेन्द्र सिंह ऐरी, शक्ति गौचन, सोमपाल कामी, पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेसावकरलाई प्रत्येक टिमले छनोट अघि नै प्रमुख खेलाडीका रूपमा नामित गरेका थिए। प्रत्येक टोलीले १ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था मिलाइएको थियो। लिलामी २०७४ कात्तिक १७ मा सम्पन्न भएको थियो र ६० खेलाडी (प्रत्येक टोलीलाई १०) को रूपमा वर्गीकरण गरिएको थियो। सर्वाधिक रु.१,७५,००० बोली रहेको लिलामीमा बिनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने र आरिफ शेख महँगा खेलाडीको रूपमा रहेका थिए।[३]

स्थान सम्पादन गर्नुहोस्

टोली सम्पादन गर्नुहोस्

प्रत्येक टोलीमा १५ जना खेलाडीहरू थिए। प्रत्येक टोलीले १० खेलाडीलाई लिलामी मार्फत खरिद गरेका थिए। आ-आफ्नो सहरका प्रत्येक टोलीले आफ्नो टोलीमा एक युवा खेलाडी प्राप्त गर्नका लागि प्रतिभाको खोजी गरेका थिए। त्यसैगरी टोलीमा कम्तिमा तीन जना विदेशी खेलाडी आ–आफ्नो पक्षमा परेका थिए।

भैरहपा ग्ल्याडियटर्स विराटनगर वारियर्स चितवन टाइगर्स काठमाडौं किङ्स ११ ललितपुर प्याट्रिओट्स पोखरा राइनोज
  • विदेशी खेलाडी गाढा अक्षरमा।
  • प्रतिभाको खोजीबाट छानिएका खेलाडीहरू छड्केअक्षरमा।

अङ्क तालिका सम्पादन गर्नुहोस्

टोली खेलेको खेल जित हार बराबर नतिजा छैन अङ्क कुल रन दर
विराटनगर वरियर्स १० १.२३५
भैरहवा ग्लाडिटियर्स ०.२०८
ललितपुर प्याट्रिएट्स ०.१२८
पोखरा राइनोज ०.०६२
काठमाडौँ किङ्स ११ -०.६८२
चितवन टाइगर्स -०.९९८
  • शीर्ष ४ टोली प्लेअफको लागि छनोट हुन्छन्।
  •   प्रथम चरणमा प्रवेश पाएका
  •   अन्तिम चरणमा प्रवेश पाएका
  •   बाहिरिएको

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "इपिएल दोस्रो संस्करणको उपाधि विराटनगरलाई"लिगलिग खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  2. "खेल्ने हो ईपीएल ? ललितपुर प्याट्रियट्सले खेलाडी चुन्न ट्यालेन्ट हन्ट गर्दै", विकेट नेपाल, मूलबाट ४ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१८ मिति
  3. "Everest Premier League’s auction held", Myrepublica.com, अन्तिम पहुँच २१ नोभेम्बर २०१७ 
  4. http://narayanionline.com/np/?p=93519
  5. http://www.news24nepal.tv/2017/12/08/215835 वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१० मिति
  6. http://www.news24nepal.tv/2017/12/08/215835 वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१० मिति
  7. http://www.espncricinfo.com/ci/content/player/1130543.html

बाह्य कडीहरू सम्पादन गर्नुहोस्