कप्तान (क्रिकेट)

क्रिकेट टिमको कप्तान एउटा मुखिया हुन्छन् जो सँग एउटा सामान्य खेलाडी भन्दा बढी दायित्व र जिम्मेवारीहरू हुन्छन् । अन्य खेल जस्तै, कप्तान सामान्यतः एउटा अनुभवी क्रिकेट खेलाडी हुन्छन जसको कुरा गर्ने कौशल राम्रो हुन्छ र उ टिमको एउटा स्थायी सदस्य हुन्छ । क्रिकेट खेल प्रारम्भ हुनु पूर्व टस हुन्छ जसको अगुवाई कप्तानले गर्छ साथै खेल चालु अवस्थामा उसले टिमको ब्याटिङ क्रम तथा बलिङ क्रम कुन खेलाडीले सम्हालनेछ भनी निर्धारित गर्दछ ।

एन्ड्रयु स्ट्रस, इङ्गल्यान्डका भुतपूर्व कप्तान
रिकी पोन्टिङ,अस्ट्रेलियाका भुतपूर्व कप्तान

कप्तानी जिम्मेवारीहरूसम्पादन

खेल चालु अवस्थामासम्पादन

टस
खेल प्रारम्भमा कुनै एउटा कप्तानले सिक्कालाई आकाश तिर स्पीन गर्छ त्यसै समय सिक्का झर्नु भन्दा अगावै अर्को कप्तानले हेड वा टेल छानेर भन्नु पर्छ । जुन कप्तानले टस जित्छ उसले बलिङ अथवा ब्याटिङ मध्ये एउटा छान्नुपर्छ ।