उर्मिला मातोन्डकर

भारतीय चलचित्र अभिनेत्री

उर्मिला मातोन्डकर (जन्म ४ फेब्रुअरी १९७४) एक भारतीय अभिनेत्री र राजनीतिज्ञ हुन्।[२] उनको जन्म फेब्रुअरी ४ सन् १९७४ मा भारतको मुम्बईमा भएको थियो। उनले पहिलो पटक बाल कलाकारको रूपमा चलचित्र 'कलयुग'मा सन् १९८० मा अभिनय गरेकी थिइन र त्यस पछि सन् १९९१ मा पूर्ण अभिनेत्रीको रूपमा चलचित्र 'नरसिम्हा'बाट आफ्नो चलचित्र जीवनको सुरुवात गरेकी थिइन्। आफ्नो पहिलो चलचित्रबाट उनी लोकप्रिय बन्दै गएकी थिइन्। उनले निकै चलचित्रमा राम्रो अभिनय गरे बापत फिल्मफेयर पुरस्कार पनि प्राप्त गरेकी छिन्।

उर्मिला मातोन्डकर
सन् २०१० मा मातोन्डकर
जन्म (1974-02-04) ४ फेब्रुअरी १९७४ (उमेर ५०)[१]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशा
  • अभिनेत्री
  • राजनीतिज्ञ
कार्यकालसन् १९८०–हालसम्म
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
(मार्च २०१९–सेप्टेम्बर २०१९)
शिव सेना
(डिसेम्बर २०२०–वर्तमान)
जीवनसाथी
मोहसिन अख्तर मीर
(
वि २०१६)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Urmila Matondkar birthday: You will be surprised to know these facts about the 'Rangeela' actress; see pics", Times Now, ४ फेब्रुअरी २०१९, अन्तिम पहुँच ३० मार्च २०१९ 
  2. "Urmila Matondkar goes underwater for her birthday", Thaindian.com, ४ फेब्रुअरी २००९, अन्तिम पहुँच २६ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण १६ जुलाई २०११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्