उत्तरकाशी भारतको उत्तराखण्ड राज्य अन्तरगत पर्ने उत्तरकाशी जिल्लाको एक शहर हो । उत्तरकाशी हिमालयको सुरम्य घाँटीमा अवस्थित छ । उत्तरकाशी एक यस्तो मनोरम स्थल हो, जहाँ देवादिदेव शंकरको निवास छ। भगवती भागीरथी असी र वरुणा नदी सँग अङ्कमाल गर्छिन्। यहाँको शान्त निश्छल वातावरणमा मानव मन सर्वज्ञ अनिर्वचनीयताको अनुभव गर्छ। यसको प्रचीन नाम बाडाहाट थियो। सन्तहरू यसलाई सौम्यकाशी पनि भन्दछन् । उत्तरकाशी ऋषिकेशबाट १५५ किलोमीटरको दूरीमा स्थित एक शहर हो । यो शहर उत्तरकाशी जिल्लाको सदरमुकाम हो । यो शहर भागीरथी नदीको तटमा बसेको छ । उत्तरकाशी धार्मिक तथा पर्यटन दृष्‍िटले महत्‍वपूर्ण शहर हो । यहाँ भगवान विश्‍वनाथको प्रसिद्ध मन्दिर छ । यो शहर प्राकृतिक सौन्दर्यले भरपूर छ । यहाँ एक तर्फ पहाडहरूको बीचमा बग्ने नदीहरू देखिन्छन् भने अर्को तर्फ पहाडमा घना जंगलहरू पनि देख्न पाइन्छ । यो स्थान पर्वतारोहीहरूका लागि पनि फाइदा जनक छ ।

उत्तरकाशी
देश भारत
राज्यउत्तराखण्ड
जिल्लाउत्तरकाशी
उन्नतांश
१,३५२ मिटर (४४३६ फिट)
भाषा
 • अधिकृतहिन्दी
समय क्षेत्रयुटिसी+५:३० (आईएसटि)
पिन
२४९१९३
टेलीफोन कोड१०३७४
सवारी दर्ताuk10

पर्वतारोहण सम्पादन गर्नुहोस्

उत्तरकाशीको एक अन्‍य आकर्षण पर्वतारोहण हो । यहाँ तपाईँ पर्वतारोहणको मजा लिन सक्नु हुन्छ । हर-की-दून, दोदीतल, यमुनोत्री तथा गोमुखबाट पर्वतारोहण गर्न सकिन्छ ।

खानपान सम्पादन गर्नुहोस्

 
उत्तरकाशिका एक वृद्ध गढ़वाली दम्पतीको चित्र

उत्तरकाशीका अधिकांश रेस्‍टोरेन्टहरूमा शाकाहारी खाना पाईन्छ । केही होटलहरूमा विशेष अनुरोधमा गढवाली भोजन बनाउन सकिन्छ । रोटी, भात, कोदोको रोटी आदी यहाँका प्रमुख भोजन हुन् । यसका साथै राइता तथा रोटी पनि यहाँका मान्छेहरू खान्छन् ।

स्थिति सम्पादन गर्नुहोस्

प्रमुख स्‍थानहरूबाट दूरी
  • ऋषिकेशबाट १४८ किलोमीटर उत्तर,
  • दिल्‍लीबाट ३७२ किलोमीटर उत्तर दक्षिणमा ।

प्रमुख आकर्षण सम्पादन गर्नुहोस्

विश्‍वनाथ मन्दिर सम्पादन गर्नुहोस्

चित्र:Vishvanathmain2.jpg
विश्वनाथ मन्दिर

प्राचीन विश्‍वनाथ मन्दिर भगवान शिवमा समर्पित छ । यो मन्दिर उत्तरकाशीको बस स्‍टैण्‍डबाट ३०० मीटरको दूरीमा अवस्थित छ । भनिन्छ यस मन्दिरको स्‍थापना भगवान परशुराम द्वारा गरिएको थियो तथा महारानी कान्तिले १८५७ ई.मा यस मन्दिरको मरम्‍मत गराइन् । महारानी कान्ति सुदर्शन शाहकी पत्‍नी थिइन्। यस मन्दिरमा एक शिवलिङ्ग स्‍थापित छ। उत्तरकाशी जाने पर्यटक यस मन्दिरलाई हेर्न अवस्य जान्छन् ।

शक्‍ित मन्दिर सम्पादन गर्नुहोस्

चित्र:Kuteti Devi Uttarkashi.JPG
देवी मन्दिर

विश्‍वनाथ मन्दिरको दायाँ पट्टी शक्‍ित मन्दिर छ। यस मन्दिरमा ६ मीटर अग्लो तथा ९० सेन्टीमीटर परिधिको एक ठुलो त्रिशूल स्‍थापित छ । यस त्रिशूलको माथिल्लो भाग फलामको तथा तल्लो भाग तामाको छ । पौराणिक कथा अनुसार देवी दुर्गा (शक्‍ित) ले यसै त्रिशूलले दानवहरूलाई मारेकी थिइन् । पछी उनैको नाममा यहाँ यस मन्दिरको स्‍थापना गरियो ।

मनीरी सम्पादन गर्नुहोस्

यो स्‍थान उत्तरकाशीबाट १३ किलोमीटरको दूरीमा अवस्थित छ । यहाँ एक ताल बनाइएको छ । ताल भएका कारण यो स्‍थान पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनेको छ । यो ताल भागीरथी नदीमा बनाइएको छ । यहाँ बिजुली उत्‍पादन गरिन्छ ।

गंगनानी सम्पादन गर्नुहोस्

यो स्‍थान मनेरीबाट गंगोत्री जाने बाटोमा अवस्थित छ । यहाँ एक तातो पानीको झरना छ । यहाँ वास बस्ने सीमित व्यवस्था छ ।

दोदीताल सम्पादन गर्नुहोस्

चित्र:DODITAL.GIF
दोदीताल

यो ताल समुद्र सतह बाट ३३०७ मीटरको ऊचाईंमा अवस्थित छ । यो ताल चारै तर्फ घना जंगलहरूले घेरिएको छ । यहाँ पर्यटकहरूको सधैं भीड लागी रहन्छ । यस तालमा माछा मार्नको लागी मण्डल वन अधिकारी,उत्तरकाशी बाट अनुमति लिनु पर्छ ।

दायरा बुग्‍याल सम्पादन गर्नुहोस्

यो बुग्‍याल समुद्र सतह देखी १०,००० फुटको ऊचाईंमा अवस्थित छ । यहाँबाट हिमालयको अति सुन्दर नजारा देखिन्छ । यहाँ एक सानो ताल पनि छ ।

सात ताल सम्पादन गर्नुहोस्

सात तालको अर्थ सातवटा तालहरू हो । यो धाराली बाट २ किलोमीटर माथी हरसिल नजिक अवस्थित छ । यो स्‍थान प्राकृतिक सौन्दर्यले भरपूर छ ।

केदार ताल सम्पादन गर्नुहोस्

यो ताल समुद्र सतहबाट १५,००० फूटको ऊचाईंमा अवस्थित छ । थाल्‍यासागर चुचुराको यसमा स्‍पष्‍ट प्रतिबिम्ब देखिन्छ । केदार ताल जाने बाटोमा कुनै सुविधा छैन । यसैले यहाँ पूरा तैयारीको साथ जानुपर्छ ।

नचिकेता ताल सम्पादन गर्नुहोस्

यस तालको चारै तर्फ हरियाली नै हरियाली छ । तालको तटमा एक सानो मन्दिर पनि छ । भनिन्छ जाता जो सन्त उदाकका पुत्र नचिकेता थिए उनैले नै यस तालको निर्माण गरेका थिए । यसै कारण यस तालको नाम नचिकेता ताल रहन गयो । यस तालको नजिकै वास बस्न र खानको कुनै सुविधा छैन ।

गोमुख सम्पादन गर्नुहोस्

चित्र:GAUKUKH1.JPG
गौमुख: गंगाको उद्गम‎

गोमुख हिमनदी नै भागीरथी (गंगा) नदीको मुहान हो । यो हिन्दुहरूको लागि निकै पवित्र स्‍थान हो । यहाँ आउने प्रत्‍येक यात्रीले यहाँ अवस्य स्‍नान गर्नु पर्छ । यो गंगोत्री बाट १८ किलोमीटरको दूरीमा अवस्थित छ । यहाँ बाट १४ किलोमीटर पहिले भोजबासामा एक पर्यटक बंगला छ । भोजबासामा पर्यटकहरूलाई बस्न र भोजनको व्‍यवस्‍था गरिन्छ ।

नंदन-वन-तपोवन सम्पादन गर्नुहोस्

यो स्‍थान गंगोत्री हिमनदी बाट ६ किलोमीटरको दूरीमा अवस्थित छ । यहाँ बाट आसपासका पहाडहरूको निकै सुन्दर नजारा देखिन्छ।

सेममुखेम नागराज सम्पादन गर्नुहोस्

सेममुखेम नागराज एक प्रसिद्ध नागतीर्थ हो । यो स्थान श्रद्धालुहरूमा सेम नागराजाको नामले प्रसिद्ध छ । प्राकृतिक सौन्दर्य युक्त यस स्थानमा नागराजको सिद्ध मन्दिर छ ।

नेहरु पर्वतारोही संस्‍थान सम्पादन गर्नुहोस्

चित्र:UKI EVEN.JPG
उत्तरकाशीको साँझ

यस संस्‍थानको स्‍थापना १९६५ ई.मा भएको हो । यस संस्‍थानमा पर्वतारोहण सिखाइन्छ । यहाँ एक हिमालयन संग्रहालय पनि छ । यस संग्रहालयमा पर्वतारोहण सम्बन्धित पुस्‍तकहरू, फिल्‍म्‍ा तथा स्‍लाइडस राखिएका छन् । यहाँ पसलहरू पनि छन् । यसमा पर्वतारोहण सम्बन्धित सामानहरू पाइन्छन् ।

भ्रमण समय सम्पादन गर्नुहोस्

मार्च देखी अप्रैल तथा जुलाई देखी अक्‍टूबर सम्म यहाँ जानको लागि सबै भन्दा उत्तम समय हो ।

भ्रमण साधन सम्पादन गर्नुहोस्

भ्रमण साधन सम्पादन गर्नुहोस्

हवाई मार्ग

यहाँको सबै भन्दा निकटतभ विमानस्थल देहरादुनमा जौली ग्रान्ट छ । यहाँ दिल्‍लीबाट एयर डक्‍कनका प्रतिदिन दुईवटा उडान जान्छन् ।

रेल मार्ग

देहरादुन यहाँको सबैभन्दा निकटतम रेल स्‍टेशन हो । दिल्‍ली, मुंबई तथा जयपुर बाट यहाँको लागि सिधै रेल सेवा छ ।

सडक मार्ग

उत्तरकाशी सडक मार्ग द्वारा भारतका प्रमुख शहरहरूसँग जोडिएको छ । दिल्‍लीको कश्‍मीरी गेटबाट उत्तरकाशीको लागी बसहरू चल्छन् । यसको अलावा देहरादुनबाट पनि उत्तरकाशीको लागि सिधा बस सेवा छ । ऋषिकेशबाट पनि यहाँको लागि बसहरू चल्छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्