इमराती गैरआवासीले (अरबी: الإماراتيون المغتربون‎) संयुक्त अरब इमिरेट्सका नागरिकहरूको समावेश गर्दछ जसले संयुक्त अरब एमिरेट्सबाट अन्य देशहरूमा बसाइसराई गरेका छन् जसमा इमराती मूलमा जन्मिएका मानिसहरू वा अन्य देशका बासिन्दाहरू पर्दछन्।

इमराती गैरआवासी
الإماراتيون المغتربون
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
१,८५०,२००
Cooperation Council for the Arab States of the Gulf अन्य खाडी मुलुकभिन्नता
 क्यानडा२०,९९०[१]
 संयुक्त अधिराज्य१७,१६१ [२][३]
 भारत१२,४७०[४]
 संयुक्त राज्य अमेरिका९,१९७ [४][५]
 अस्ट्रेलिया४,४१५[४][६]
 जोर्डन१,७२०[४]
 जर्मनी१,१५२ [४][७]
 फिनल्यान्ड१,४२४[८]
 डेनमार्क२२०[९]
भाषाहरू
अरबी (खाडी अरबी वा मानक)
धर्महरू
इस्लाम
सम्बन्धित जातीय समूह
इमराती मानिस

पृष्ठभूमि सम्पादन गर्नुहोस्

संयुक्त अरब इमिरेट्समा नागरिकहरूलाई पर्याप्त अवसरहरू प्रदान गर्ने र धेरै नागरिकहरूलाई जीवनयापन गर्न र अन्य देशहरूमा काम गर्ने आवश्यकतालाई प्रतिस्थापन गरेका कारण विश्वव्यापी अरबी गैरआवासीको एक भागमा इमराती गैरआवासीहरूको सङ्ख्या धेरै सानो छ। संयुक्त अरब इमिरेट्सका धेरै स्थानीयहरू राम्रो रोजगारी पाएका कारण नोकरको जागिर गर्न रुचाउँदैनन्। तथापि, केही कुशल इमराती नागरिकहरू राम्रो कामको अवसर वा बहुमूल्य अनुभव प्राप्त गर्न विदेश जान्छन्। एउटा प्रतिवेदनकोे अनुसार दक्षताको प्रमाणपत्र भएका तीन भागका नागरिकहरू मध्ये दुई भागका नागरिकहरू विदेश जाने गरेका छन्।[१०] यसको प्रति उत्तरमा, संयुक्त अरब इमिरेट्समा विगतका केही वर्षहरूमा दुबै सार्वजनिक र निजी क्षेत्रहरूको बढ्दो सङ्ख्याको साथ, संयुक्त अरब इमिरेट्स सरकारले बसाइसराइलाई बढावा दिएको थियो र यसको विपरीत रूपमा विदेश पलायन भएका र प्रवासी इमरातीहरूलाई स्वदेशमा फिर्ता बोलाउँदै रोजगारीका अवसरहरूलाई प्रोत्साहित गर्दै "घर फर्क" भनिने पहलको सुरुवात गरिएको थियो।[११][१२][१३]

यसको अतिरिक्त, धेरै इमीरातीहरू विदेशी विश्वविद्यालयहरूमा शिक्षा लिन, पर्यटन, चिकित्सा उपचार वा व्यापार सञ्चालन गर्ने जस्ता उद्देश्यका लागि विदेश जान्छन्। धेरै इमराती विद्यार्थीहरूको लागि, विदेशमा अध्ययन गर्नु भनेको उनीहरूको क्षितिज, अन्तर्राष्ट्रिय अनुभव र कामका अवसरहरू विस्तार गर्नु हो।[१४] प्रायः साना इमराती गैरआवासीहरू मध्य पूर्व (मुख्यतया खाडि सहयोग परिषद् ), उत्तर अमेरिका, युरोप र अष्ट्रेलियामा केन्द्रित छन्। संयुक्त अरब इमिरेट्सले विश्वभरि कूटनीतिक उपस्थिति र दूतावासहरूको सञ्जाल कायम राखेको छ।[१५][१६] [१७] इमराती राष्ट्रियता कानूनले दोहोरो नागरिकता प्रदान गर्दैन, त्यसैले जो अन्य देशका नागरिक बन्छन् उनीहरूले संयुक्त अरब इमिरेट्सको नागरिकता त्याग्नु पर्लछ। संयुक्त अरब इमिरेट्सको नागरिकता छोडेका व्यक्तिहरूलाई सामान्यतया एमिराती समाजमा देखि रूचाउँदैनन्। [१८]

सन् १९९० देखि २०१२ सम्मको बीचमा करिब २५० इमिरातीहरूले बेलायती नागरिक भएको एक सरकारी तथ्याङ्कले देखाएको छ। जबकि केहि अरुले पनि वर्षौंमा अमेरिकी र पश्चिमी नागरिकता प्राप्त गरेका थिए।[१८]

जनसङ्ख्या वितरण सम्पादन गर्नुहोस्

मध्य पूर्व सम्पादन गर्नुहोस्

धेरै संयुक्त अरब इमिरेट्सका नागरिकहरू खाडी सहयोग परिषद् गठन गर्ने फारसी खाडीको अरब राज्यहरूमा अध्ययन वा बसोबास गर्ने गर्दछन् वा काम गर्छन्। खाडी सहयोग परिषद् राज्यका नागरिकहरू सबै खाडी सहयोग परिषद् सदस्य देशहरूमा आवागमनको स्वतन्त्रता उपभोग गर्दछन् जसमा बसोबास गर्ने र काम गर्ने अधिकार सहित, कुनै पनि प्रतिबन्ध लगाइएको छैन।[१९][२०]

दक्षिण एसिया सम्पादन गर्नुहोस्

दक्षिण एसियामा मुख्यतया पाकिस्तानभारतमा संयुक्त अरब इमिरेट्सका थोरै सङ्ख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको छन्। [११][२१][२२][२३]

दक्षिण पूर्वी एसिया सम्पादन गर्नुहोस्

सन् २०१२ सम्म करीव २०० एमरती विद्यार्थीहरू मलेसियामा अध्ययन गरिरहेका थिए। सन् २००९ सम्म इन्डोनेसिया संयुक्त अरब इमिरेट्सका करीव सय नागरिकहरू थिए।[२४]

उत्तर अमेरिका सम्पादन गर्नुहोस्

इमराती अमेरिकीको जनसङ्ख्या केहि हजार रहेको अनुमान गरिएको छ। [२५][२६] अमेरिकामा प्राय जसो संयुक्त अरब इमिरेट्सका नागरिकहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुन्। क्यानडामा पनि एक सानो इमराती जनसङ्ख्या रहेको छ, जसमा विद्यार्थीहरू समावेश छन्।[२७]

युरोप सम्पादन गर्नुहोस्

संयुक्त अधिराज्यमा ५,४०० भन्दा बढी इमरातीहरू छन्। बेलायत इमराती विद्यार्थीहरूको लागि सबै भन्दा लोकप्रिय गन्तव्य हो।[३] संयुक्त अरब इमिरेट्सका करिब ३,४०० विद्यार्थीहरू बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका थिए।[२८] बेलायतको लण्डनमा इमराती जनसङ्ख्याको सबैभन्दा महत्त्वपूर्ण एकाग्रता छ।[२९] यसको अतिरिक्त, यूरोपभरि अन्य विभिन्न देशहरूमा इमरातीहरू छन् जसमा मुख्यतया विद्यार्थीहरू समावेश छन्।[३०][३१][३२]

ओसिनिया सम्पादन गर्नुहोस्

सन् २०१० मा अष्ट्रेलियामा, १,७०० भन्दा बढी इमराती विद्यार्थीहरू रहेका थिए। न्युजिल्याण्डमा पनि इमराती विद्यार्थीहरू रहेका छन्।[३३][३४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. क्यानडा, क्यानडा सरकार (२५ अक्टोबर २०१७), "Immigration and Ethnocultural Diversity Highlight Tables – Immigrant population by place of birth, period of immigration, 2016 counts, both sexes, age (total), Canada, 2016 Census – 25% Sample data", 12.statcan.gc.ca, अन्तिम पहुँच २७ मे २०१८ 
  2. "peoplemovin - A visualization of migration flows" 
  3. ३.० ३.१ "Country-of-birth database", विकास तथा सहकार्यका लागि सङ्गठन, मूलबाट १७ जुन २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१० 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ "Emiratis Migrating from UAE" 
  5. "UAE students contribute AED243m to US economy", Bilateral US-Arab Chamber of Commerce, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २७ फेब्रुअरी २०१५ मिति
  6. "Australia is keen to promote Islamic finance", खलिज टाइम्स Times, १८ जुन २०१०, अन्तिम पहुँच २२ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
  7. "Bevölkerung und Erwerbstätigkeit Ausländische Bevölkerung Ergebnisse des Ausländerzentralregisters", Statistisches Bundesamt, अन्तिम पहुँच २०१४-०७-२८ 
  8. http://pxnet2.stat.fi/PXWeb/pxweb/fi/StatFin/StatFin__vrm__muutl/statfin_muutl_pxt_11a9.px/table/tableViewLayout2/?rxid=726cd24d-d0f1-416a-8eec-7ce9b82fd5a4[dead link]
  9. "Population at the first day of the quarter by municipality, sex, age, marital status, ancestry, country of origin and citizenship", तथ्याङ्क डेनमार्क, अन्तिम पहुँच २०१४-०९-२६ 
  10. Arafah, Adel (२७ अक्टोबर २००५), "Brain drain hits UAE", खलिज टाइम्स, अन्तिम पहुँच ८ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ नोभेम्बर २०१४ मिति
  11. ११.० ११.१ Maceda, Cleofe (२५ जुन २०११), "Region enjoys reverse brain-drain", गल्फ न्युज, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  12. "Monster initiative for expat Emiratis", इमिरेट्स २४/७, १९ जुन २०११, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  13. अल बिनाली, सबह् (१० अगस्ट २०१५), "What Emiratis could learn by becoming expats", द नेसनल, अन्तिम पहुँच २ सेप्टेम्बर २०१५ 
  14. अन्डर उड, मित्य (९ अगस्ट २००९), "Most would go abroad for medical treatment", द नेसनेल, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  15. "'I never singled her out for scarf'", गल्फ न्युज, ९ अगस्ट २००७, अन्तिम पहुँच ९ मार्च २०१५ 
  16. अल हदद, अम्ना (२० अगस्ट २०१०), "Stint overseas boosts Emirati identity: study", द नेसनल, अन्तिम पहुँच ९ मार्च २०१५ 
  17. "युएई दूतावास", परराष्ट्र मन्त्रालय, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  18. १८.० १८.१ स्वान, मिनेली (२२ मे २०१४), "More than 250 Emiratis have switched to become British citizens in 22 years, UK figures show", द नेसनल, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  19. "खाडी सहयोग परिषदका देशहरू", अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  20. "U.A.E. ambassador receives Emirati students in Oman", जवाया, १२ नोभेम्बर २०१३, अन्तिम पहुँच १ अप्रिल २०१५ 
  21. "UAE citizens in Pakistan, India urged to report to the embassies", युएई इन्टरएक्ट, २७ डिसेम्बर २००८, अन्तिम पहुँच ११ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १८ नोभेम्बर २०१९ मिति
  22. "Panel meets 32 kids of Emiratis in India", खलिज टाइम्स, १४ जुन २०१२, अन्तिम पहुँच ११ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  23. "Shaikh Khalifa meets Pakistani Prime Minister", खलिज टाइम्स, ११ जनवरी २०१४, अन्तिम पहुँच ८ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ नोभेम्बर २०१४ मिति
  24. "UAE Citizens Safe", खलिज टाइम्स, अक्टोबर २००९, अन्तिम पहुँच १ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  25. "US top choice of Emirati students", खलिज टाइम्स, १८ सेप्टेम्बर २०१३, अन्तिम पहुँच ८ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १६ डिसेम्बर २०१३ मिति
  26. "Helping Emirati Students Prepare for Academic Success in the U.S.", संयुक्त राज्य अमेरिकाको दूतावास (अबु धाबी), ३ सेप्टेम्बर २०१०, अन्तिम पहुँच ८ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०११ मिति
  27. "Abdullah bin Zayed meets Emirati students in Canada", वाम, ११ जुलाई २०१४, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  28. Ahmed, Afshan (११ अक्टोबर २००९), "US, UK universities still first preference for UAE students", खलिज टाइम्स, अन्तिम पहुँच १८ नोभेम्बर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०१२ मिति
  29. "Numbers of UAE Students Studying Abroad Doubled Within a Decade", Ministry of Education and Scientific Research (United Arab Emirates), २५ सेप्टेम्बर २०१३, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  30. हुसेन, अब्दुल घाफर (१० अक्टोबर २००८), "Emiratis feel at home in London", गल्फ न्युज, अन्तिम पहुँच १८ नोभेम्बर २०१० 
  31. "Emirati students feel safe in London but urge caution", द नेसनल, २८ अप्रिल २०१४, अन्तिम पहुँच २२ अगस्ट २०१४ 
  32. अल हसिमी, बुरसा अलकाफा (३१ अक्टोबर २०१२), "Emirati expats: Living abroad to better serve those at home", द नेसनल, अन्तिम पहुँच ९ नोभेम्बर २०१४ 
  33. "UAE students in New Zealand implement first phase of "Iftar" program", युएई इन्टरर्‍याक्ट, २४ अगस्ट २०१०, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १८ नोभेम्बर २०१९ मिति
  34. "Australia is keen to promote Islamic finance", खलिज टाइम्स, १८ जुन २०१०, अन्तिम पहुँच ८ नोभेम्बर २०१४