आचार्य (थर)

नेपाली हिन्दु थर

आचार्यलाई अचार्ज पनि भनिएको सुन्न पाइन्छ यो नेपालमा बसोबास गर्ने ब्राह्मण र क्षेत्रीजातिको एक थर विशेषको संज्ञा हो यसको एक गोत्र कौडिन्य गोत्र र गर्गगोत्र हुन्छ खास गरी आचार्य संस्कृतमा डिग्री गर्नु एक पद पनि हो त्यस अतिरिक्त आचार्य हिन्दू धर्ममा प्रसिद्ध शास्त्रवेत्ताहरू आचार्य चाणक्य जगद्गुरु आद्य शङ्कराचार्य रामानुजाचार्य आदिलाई तथा समान्य पण्डित पुरोहितलाई पनि सम्मानार्थ आचार्य भनिएको छ । आचार्य थर भएका नेपाली साहित्यिक क्षेत्रमा प्रसिद्ध आदिकवि भानुभक्त आचार्य भएका थिए भने संगीत जगतका प्रसिद्ध संगीतकार भक्तराज आचार्य भएका थिए तथा राजनितिक क्षेत्रमा १७ औ प्रधानमन्त्री रहेका टंकप्रसाद आचार्य भएका थिए । आचार्य थर भएका अन्य प्रसिद्ध कलाकारहरू पनि थुप्रै सुनिएका छन् ।

भानुभक्त आचार्य

आचार्य शब्दको संस्कृतमा यस्तो अर्थ गरिएको छ । आचिनोति च शास्त्रार्थान् आचारे स्थापयत्यपि । स्वयमप्याचरेद् यस्तु स आचार्य इति स्मृतः॥ शास्त्रलाई शुद्ध वास्तविक अर्थ गरेर नियममा स्थापना गरी जो आफू स्वयं पनि सो नियमको पालन गर्ने हुनाले आचार्य भनिएको हो ।

इतिहास सम्पादन गर्नुहोस्

नेपालका कौडिन्य गोत्रिय आचार्यबंशीहरू १५००बर्ष आगाडि देखि नेपालमा बसोबास गरेको इतिहास भेटिन्छ। आचार्य कुनै जातिविशेष नभएर पदवीबाट बनेको थर हो।जुम्ला राज्यका तत्कालीन राजाले अरणी मन्थन नगरीकन अग्नी उत्पादन गर्न सक्ने कोही छ भन्दा त्यहाका स्थानिय सच्चिदानन्द नाम गरेका एक पुरुषले आचार्य पद बाट सम्मान दिने भए सक्छौ भनेपछि उनको थर आचार्य रहन गयो। अहिले उनै साच्चिदानन्दका सन्तानहरु नेपालभरी कोैडिन्य गोत्रिय आचार्य रहेका छन। कोेैडिन्य आचार्यको कुलदेवता दाह्रे मष्ट हो। [१]

सगोत्रीहरू सम्पादन गर्नुहोस्

यसका प्याकुरेल, पनेरु, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बाँसकोटा, त्रिताल, न्यौपाने, भुवाबंग, कामत, पल्याल भट्ट, भाट, काक्तेकर, गाग्ले, गैरे, अवस्थी, कमलकोटे, लकाई खड्का,काला भण्डारी, जोशी, खरेल, पाठक, बगाले थापा, गाम्ले थापा, लम्जेल, बन्जारा, बन्जाडे, रावल ,ऋद्दनाथी गिरि सगोत्री हुन्छन् ।

आचार्य थर भएका चर्चित व्यक्तिहरू सम्पादन गर्नुहोस्

चित्र सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्