आइसिफ्लिक्स[५] अरबी: آي سي فلكس‎ एक अनलाइन तथा माग भएका श्रव्य दृशहरूको प्रसारण गर्ने मञ्च हो जुन मध्य पूर्व र उत्तर अफ्रिकाको लागि समर्पित छ। यसले जजउड (अरबी सामग्री), बलिउडहलिउड चलचित्रहरूको प्रसारण गर्ने गर्दछ। आइसिफ्लिक्सका सामग्रीहरू तीनवटा भाषाहरू जस्तै अरबी, अङ्ग्रेजीफ्रान्सेलीमा उपलब्ध छ।

आइसिफ्लिक्स
उद्योगप्रवाह
स्थापितसन् १०१३[१][२][३]
केन्द्रीय कार्यालयदुबई, संयुक्त अरब इमिरेट्स
सेवा क्षेत्र
मध्य पूर्व
उत्तर अफ्रिका
मुख्य व्यक्ति
फदि मेहियो[४] (सह-संस्थापक, अध्यक्ष तथा प्रमुख)
कार्लस टिबि (संस्थापक, प्रमुख कार्यकारी अधिकृत & अध्यक्ष)
वेबसाइटwww.icflix.com

आइसिफ्लिक्सले प्रदान गर्ने प्रवाह सेवाहरू विश्वव्यापी रूपमा उपयोग गर्न सकिन्छ। तथापि, कम्पनीको प्रमुख बजारहरू मध्य पूर्व, उत्तर अफ्रिका र दक्षिण एसियाली मुलकहरू जस्तै मोरक्को, मिश्र, कुवेत, संयुक्त अरब इमिरेट्स, ट्युनिसिया, साउदी अरबपाकिस्तान हुन्। [५]

सन् २०१४ मा, सामसुङ र आइसिफ्लिक्सले एक सम्झौतामा हस्ताक्षर गरेका कारण आइसिफ्लिक्सले "आइसिफ्लिक्स किड्स" (अनुवाद - आइसिफ्लिक्स बालबालिका) सामसुङका उपकरणहरूमा प्रक्षेपण गर्ने घोषण गरेको थियो। [६]

फेब्रुअरी २०१५ मा, कम्पनीले यसको मोरक्कोका सदस्यहरूका लागि र पाठ सन्देश र ट्युनिसियाली ग्राहकहरूका लागि क्रेडिट कार्ड मार्फत भुक्तानी सेवाको सुरुवात गरेको थियो। कम्पनीले सोही महिना मध्य पूर्व र उत्तर अफ्रिकी क्षेत्रमा यसको ग्राहकहरूको सङ्ख्या २,५०,००० (शब्दमा - दुई लाख पचास हजार) नाघेको घोषण गरेको थियो।[७]

मार्च २०१५ मा, आइफ्लिक्सले गरीबी र मानव दु:ख कष्टमा कम गर्न, रोगहरूसँग लड्न, मानवीय सहायता प्रदान गर्न र विकासलाई प्रोत्साहित गर्नका लागि एक दूर्दशन श्रृङ्खलामा संयुक्त राष्ट्र सङ्घसँग सहकार्य गर्ने घोषणा गरेको थियो।[८]

फेब्रुअरी २०१७ मा, आइसिफ्लिक्सले पाकिस्तानको सूचना प्रविधि तथा मनोरञ्जन प्रदायक पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडसँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो जसले यसको पहुँच पाकिस्तान सम्म पुर्‍याएको थियो। [५]

यस प्रवाह वेबसाइट मध्य पूर्व र उत्तर अफ्रिकी क्षेत्रहरूमा लोकप्रिय कम्पनीहरूसँग सहकार्य गर्दछ र यसले उनीहरूका ग्राहकहरूलाई प्रवर्धन प्रस्तावहरूको प्रदान गर्दछ। जसमा सामसुङ, सौक डटकम (इ-वाणिज्य वेबसाइट); माइक्रोसफ्ट; डु (दूरसञ्चार कम्पनी), भिसा, ओरिडु (दूरसञ्चार कम्पनी), हेलोफुड र एलजी समावेश छ।

मूल उत्पादनहरू सम्पादन गर्नुहोस्

अक्टोबर २०१४ मा, आइसिफ्लिक्सले आफ्नै मूल उत्पादनहरूको निर्माण जारी गर्न सुरू गरेको थियो। अहिलेसम्म आइपुग्दा, एचआइभी र अल मकिडा नामक दुई मिश्री चलचित्रहरूको प्रक्षेपण भइसकेको छ।[९][१०][११]

एचआईभी एक नाटक हो जसले एक युवा मानिस, यूसुफको आँखा मार्फत एचआइभी संक्रमितहरूले अनुभव गरेका सामाजिक प्रतिक्रियाहरूको अन्वेषण गर्दछ। यसका निर्देशक मोहम्मद अदेल हुन् भने मोहम्मद अल सार्नोबी र आलिया असफ यसका प्रमुख कलाकारहरू हुन्।

अल मकिडा प्रहरीमा आधारित एक रोमाञ्चक चलचित्र हो जुन अहमद हसनद्वारा निर्देशित छ। यसमा अभिनय युवा कलाकारहरूको टोलीले गरेका छन् जसमा करीम अब्देल खलेक, नौर महमूद र मौस्ताफा अब्देल समावेश छन्।

समर्थित उपकरणहरू सम्पादन गर्नुहोस्

आइसिफ्लिक्ससँग सम्बन्धित उपकरणहरू यस पकारका छन्।:

  • सामसुङ : स्मार्टफोन, ट्याबलेट्स र दूर्दशन।
  • एलजी: स्मार्टफोन र दूर्दशन।
  • एप्पल : आइप्याड र आइफोन
  • माइक्रोसफ्ट : स्मार्टफोन, ट्याबलेट्स, एक्सबक्स र प्लेष्टेसन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Icflix has officially launched in the region", १० जुलाई २०१३।  वेब्याक मेसिन अभिलेखिकरण ११ जनवरी २०१७ मिति
  2. "Middle East ‘Netflix’ prepares summer launch", अप्रिल १६, २०१३। 
  3. "Start-ups put their hands up for web streaming", अप्रिल २४, २०१३। 
  4. "हाम्रो बारेमा", icflix.com  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२३ मिति
  5. ५.० ५.१ ५.२ "Icflix extends reach in Pakistan through PTCL deal", फेब्रुअरी १४, २०१७। [dead link]
  6. "ICFLIX Kids Application for Samsung Devices", नोभेम्बर २४, २०१४। 
  7. "Vidéo à la demande: Icflix contre Netflix" 
  8. "Icflix and UN partner for documentaries", मार्च १७, २०१५। 
  9. "एचआईभि (सन् २०१४)", imdb.com 
  10. "अल मकिडा (सन् २०१४)", imdb.com 
  11. "ICFLIX releases HIV, a first original production", नोभेम्बर २१, २०१४, मूलबाट जनवरी १९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १९, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १९, २०१५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२३ मिति