असिर हिमश्रृङ्खला
असिर हिमशृङ्खला[१] (अरबी: جِـبَـال ٱلْـعَـسِـيْـر) (असिर - नेपाली अनुवाद गाह्रो) दक्षिण पश्चिम साउदी अरबमा अवस्थित हिमाली क्षेत्र हो जून लाल सागरबाट समानान्तर हुँदै फैलिएको छ। यो साउदी अरबको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित असिर प्रदेशको क्षेत्र अन्तर्गत पर्दछ तथापि, यो सामान्यतया यमनको सीमाको नजिकका क्षेत्रहरू सम्म पनि फैलिएको छ। यस हिम शृङ्खला लगभग १,००,००० वर्ग किलोमिटर (४०,००० वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ जसमा विभिन्न हिमाल, समथल भूमि र अरबी उच्चभूमिका उपत्यहरू समावेश छन्। [२][३] यो सरावत हिम शृङ्खलाको भाग हो तर यसलाई हिम शृङ्खलाको रूपमा परिभाषित गरिँदै आइरहिएको छ जून अरबी प्रायद्वीपको पश्चिमी खण्डहुँदै तिहमाहबाट समानान्तर रूपमा जान्छ। यो प्राय साउदी अरब र यमनको पश्चिम भूभागमा पर्दछ।[४][५][६]
असिर हिमशृङ्खला | |
---|---|
सर्वोच्च विन्दु | |
निर्देशाङ्क | २१°३६′N ३९°४८′E / २१.६°N ३९.८°Eनिर्देशाङ्कहरू: २१°३६′N ३९°४८′E / २१.६°N ३९.८°E |
नामकरण | |
मूल नाम | جِبَال ٱلْعَسِيْر (Arabic) {{स्थानीय नामको परीक्षक}} त्रुटि: एकाधिक नामहरूको लागि सूचीबद्ध मार्कअप अपेक्षित छ (सहायता) |
भूगोल | |
देश | साउदी अरब |
असिर हिम शृङ्खला अरबी प्रायद्विपमा पर्ने सबै अग्लो स्थान हो जून पश्चिमदेखि पूर्व सम्म ढल्किएको छ। यस हिम शृङ्खलाको पूर्वी भूभागमा अवस्थित जमिनहरू अरबी खाडी तर्फ झुकेका छन्। भीर जस्ता हिमालहरू यहाँका मुख्य शीर्ष भौगोलिक विशेषता हुन्: लाल सागरबाट समानान्तरहुँदै हिमालहरू उत्तर-दक्षिण दिशामा फैलिएका छन्। यस ओरालो हिमाली क्षेत्रमा विभिन्न ३,००० मिटर भन्दा अग्ला हिमालहरू अवस्थित छन् जसमध्ये जेबल सुयाब पनि ३,७६० मिटर उचाईमा रहेको छ। यो हिमाल यमन र अरबी प्रायद्विपको सबैभन्दा अग्लो हिमाल हो।
भूगोल
सम्पादन गर्नुहोस्यस हिम शृङ्खलामा मुख्यतया चुनढुङ्गा, बालुवाढुङ्गा र शेल पाइन्छन्।[२]
जलवायु तथा कृषि
सम्पादन गर्नुहोस्अधिक मौसमी वर्षाका कारण सउदी अरबको यस क्षेत्रमा उच्चतम औसत वर्षा हुने गरेको छ। प्रत्येक वर्ष ओसिलो क्षेत्रमा, औसत वर्षा लगभग ६०० मिलिमिटर (२४ इञ्च) देखि १,००० मिलिमिटर (३९ इञ्च) सम्म हुने गरेको छ। पूर्वी समथल भूमि र उच्च समस्थलीहरू उच्च भूभाग भन्दा कम वर्षा हुने गरेको छ। यहाँ १०० मिलिमिटर (३.९ इञ्च) देखि ५०० मिलिमिटर (२० इञ्च) सम्म वर्षा हुने गर्दछ।[२]
यस क्षेत्रमा फलाइने अन्नहरू धेरैजसो उच्च पहाडी क्षेत्रहरूमा खेती गरिन्छ। यहाँ गहुँ, कफी, कपास, अदुवा, तरकारी र छोडकाहरू उत्पादन गरिन्छ। यस क्षेत्रमा गाई, भेडा, बाख्रा र उँट पालिन्छ।
जैविक विविधता
सम्पादन गर्नुहोस्क्षेत्रको कठिन भूभागले यस क्षेत्रलाई अद्वितीय जैविक विविधता संरक्षण गर्न मद्दत गरेको छ। यस क्षेत्रमा विभिन्न प्रकारका नयाँ ढुसीहरू पत्ता लगाइएको छ र यहाँ नयाँ नयाँ बोट बिरुवाहरूको पनि खोजी कार्य जारी छ।[७] असिर अरबी चितुवाको प्राकृतिक बासस्थान पनि हो।[२][५][६]
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
अब्हा नजिकैको एक हिमाल
-
अल-हबलाको दृश्य
-
अल सौदा
-
जबल अथर्व,
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Library of Congress Country Study: Saudi Arabia", द लाइब्रेरी अफ काङ्ग्रेस, मूलबाट २००८-०९-२३-मा सङ्ग्रहित।
- ↑ २.० २.१ २.२ २.३ "Southwestern Arabian montane woodlands", स्थलिय पारिस्थितिक क्षेत्र, विश्व वन्यजन्तु कोग।
- ↑ ओभरष्ट्रिट, विलियम कर्टिनी (१९७७), Tertiary laterite of the As Sarat Mountains, Asir Province, Kingdom of Saudi Arabia २, Directorate General of Mineral Resources, पृ: iii–2।
- ↑ नासर, सेइद Hossein (सन् २०१३), "1: The Holiest Cities of Islam", Mecca the Blessed, Medina the Radiant: The Holiest Cities of Islam, टटल पब्लिसिङ, आइएसबिएन 1-4629-1365-2।
- ↑ ५.० ५.१ जुडास, जे; पिलियाट, पि; खोजा ए,; बौग, ए (सन् १००६), "Status of the Arabian leopard in Saudi Arabia", क्याट न्युज, Special Issue 1: 11–19। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ ६.० ६.१ Spalton, J. A. & Al-Hikmani, H. M. (सन् २००६), "The Leopard in the Arabian Peninsula – Distribution and Subspecies Status", Cat News (Special Issue 1): ४–८। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-१६ मिति
- ↑ बौलोस, एल (सन् १९८५), "Myxomycetes from the Asir Mountains, Saudi Arabia (abstract)", A contribution of the flora of the Asir Mountains, Saudi Arabia ३ (1), Arab Gulf Journal of Scientific Research, पृ: ६७–९४, मूलबाट फेब्रुअरी २९, २०१२-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २९, २०१२ मिति