अन्तरिक्ष कलम (वा शुन्य गुरूत्व कलम), फिसर स्पेस पेन कम्पनीले बजारीकरण गरेको उत्पादन हो, जसको मद्दतले शुन्य गुरूत्वप्रवेग, जुनसुकै कोण, जुनसुकै तापक्रम र पानीमुनी पनि लेख्न सकिन्छ । साधारण कलम र सिसाकलम ले अन्तरिक्षमा काम गर्दैनन् । सिसाकलमले बाहिरी अन्तरिक्षमा काम त गर्छ तर यदि त्यसको टुँटो भाँचिएमा शुन्य गुरूत्व प्रवेगमा जताततै बहन थाल्छ र आँखा, नाक, कान आदि घोच्न सक्छ । साथै सिसाकलमको टुँटोमा Graphite नामक पदार्थ हुने र उक्त पदार्थले बिद्धुत प्रवाह गर्ने हुनाले पनि यसलाई प्रयोग गर्दा अफ्ट्यारो अवस्था आउन सक्छ। [१] पहिला सिसाकलमलाई नै अन्तरिक्षमा प्रयोग गरिन्थ्यो।[२] तर त्यसबाट हुनसक्ने खतराबाट बचनको लागि त्यस्तो कलमको आवश्यकता थियो जुन जस्तोसुकै अवस्थामा पनि बिना कुनै हानि काम गर्न सकोस्। त्यसैले अरबौँको लगानीमा यो कलमको आविष्कार गरिएको हो । यसको बल प्वाइन्ट टङ्स्टेन कार्बाइडबाट बनाइएको हुन्छ । फिसर स्पेस पेनको आविष्कार अमेरिकि उद्योगपति तथा कलम उत्पादक पल सी. फिसरले गरेका हुन् ।[३] अहिले अन्य कम्पनीले पनि यही कलम अन्य नाममा निकालीरहेका छन् ।[४]

एजी-७ अन्तरिक यात्री अन्तरिक्ष कलम
अन्तरिक्ष कलम

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "History of Space Pens", अन्तिम पहुँच ९/११/२०१७ 
  2. "The Fisher Space Pen", अन्तिम पहुँच ९/१२/२०१७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-११ मिति
  3. | title=फिसर स्पेस पेन कम्पनीको छोटो इतिहास| url=http://www.spacepen.com/ about-us.aspx| accessdate=September 23, 2013} }
  4. Sakpal, Nilesh J Space pen | Zero gravity pen | Astronaut's pen AG7 - Fisher Space Pen Co.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्